भक्तपुर, ७ असोज । ‘मध्यपुर ब्वाइज इभेन्ट’ले भक्तपुरको गठ्ठाघरमा यस वर्ष पनि भव्य श्रपमा ‘ओपन रोड शो कन्सर्ट’ आयोजना गर्ने भएको छ । कन्सर्टको आवश्यक तयारी पुरा गरेको आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

विजयादशमी तथा दिपावलीको अवसर पारेर कलाकार तथा गायक स्वर्गीय जयनन्द लामाको सम्झनामा आयोजना हुने कन्सर्ट आउँदो १० गते घटस्थापनाको दिन स्व. लामाप्रति समर्पित गर्दै आयोजना गर्न इभेन्टले आज गठ्ठाघर वर्गर हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिनु भयो ।

गठ्ठाघरमा विगत १९ वर्षदेखि हुदै आएको ‘ओपन रोड शो कन्सर्ट’ आयोजना गर्दै आएको इभेन्टले यस वर्ष पनि अपरान्ह ४ः३० बजेदेखि सुरु गरि राती ८: ३० बजे सम्पन्न गर्ने गरि कन्सर्टको आयोजना गर्ने भएको उहाँले जानकारी दिनु भयो । कोरोना भाइरस महामारीको कारण दुई वर्ष रोकिएको कन्सर्ट यस वर्ष भव्य रुपमा मनाउने भएको हो ।

कन्सर्टमा चर्चित युवा गायक राजु लामाको मुख्य आकर्षण हुनेछ भने युवापुस्ताको ढुकढुकी बनिसकेका छेवाङ लामा, रोज मोक्तान, ब्रम्हास्त्र र मध्यपुर ब्वाइज ब्याण्डका सुनिल बज्राचार्य कन्सर्टमा बिशेष प्रस्तुती रहने भएको छ । स्व.जयनन्दका दुई छोराहरुले बाबुका चर्चित गीतको प्रस्तुति पनि कन्सर्टमा रहने छ ।

अत्याधिक दर्शकले सहभागिता जनाउने यस ‘रोड शो कन्सर्ट’मा भक्तपुरबाट मात्र नभइ काठमाडौं उपत्यकाभरीबाटै दर्शकको सहभागिता हुने गरेको छ ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0