छुटेको भक्तपुरलाई समेट्दै सांसद बस्नेतको पहलमा आयो भक्तपुरमा मेलम्चीको पानी, अझै छुटेको ठाउँमा पानी पुर्याउने प्रतिबद्धता
एमाले युवा नेता बस्नेतले भन्नुभयो, “मेलम्ची खानेपानी आयोजना भक्तपुरमा छुटे पछि यहाँको जनताको भावना र माग बुझेर मैले मेलम्ची जसरी पनि भक्तपुरमा ल्याउनु पर्छ भनेर पहल गरेँ, तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे जानकारी गराउदै बजेट विनियोजना गराएर मेलम्ची भित्र भक्तपुरलाई पार्न सफल भएको हौ ।
==============================================
भक्तपुर, १३ जेठ । आम जनताको चासो र सरोकार बोकेको मेलम्ची खानेपानी आयोजना अन्तर्गत वितरण सुरु भएको मेलम्ची खानेपानी भक्तपुरका तीन नगरपालिकामा सफलतापूर्वक परीक्षण सम्पन्न भएको छ । एमालेका पोलिट व्यूरो सदस्य, प्रतिनिधि सभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, सूर्यसविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आज सूर्यविनायकको पाण्डु बजारबाट संयुक्त रुपमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्नु भयो ।
यसअघि भक्तपुर मै पहिलो पटक २०७८ बैशाख ८ गते मध्यपुरथिमिको बोडे ट्यांकीबाट एमालेका युवा नेता एवं सांसद महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका तत्कालिन मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा थिमिमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरेर पहिलो पटक सफल परीक्षण गरिएको थियो ।
आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को आयोजनामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरि भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण सम्पन्न गरिएको हो । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरुले सूर्यविनायक पाण्डु बजार स्थित मेलम्चीको खानेपानी ट्याङ्कीको साँचो खोलेर सूर्यविनायक नगरपालिका भित्रका २ हजार ५०० घरका धाराहरुमा सफलता पूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको हो ।
खानेपानीकोे पुरानो पाइपलाइन र नयाँ पाइप लाइन जडान गरिएको क्षेत्रहरु जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुबर्ण चोक, सल्लाघारीदेखी राधेराधे पुलसम्मका घरका धाराहरुमा सफलता पूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काडमाडौँ खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेत बहादुर ऐरले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका क्षेत्रका करिव चार हजार भन्दा बढी धाराहरुमा हिजो सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिदै उहाँले हिजो र आज गरि सात हजार धारामा पानी वितरण गरिएको र भक्तपुरका चारवटै पालिकामा मेलम्चीको खानेपानी वितरण गरिने उहाँले जानकारी दिनु भयो ।
सूर्यविनायकको पाण्डु बजार हाइटमा मेलम्चीको खानेपानी वितरणका लागि २० लाख लिटर क्षमताको पुरानो र ६० लाखको लिटर क्षमताको नयाँ गरि ८० लाख लिटरको क्षमताको दुई वटा ट्याङ्की निर्माण गरेकोमा अहिले २० लाख लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको केयूकेएल भक्तपुरका निमित्त प्रमुख ऐरले जानकारी दिनु भयो ।
काठमाडौं उपत्यका खानेपानी आयोजनामा परिणत हुँदा मेलम्ची खानेपानी आयोजनाले पानी वितरणका लागि उपत्यकाका सबै जिल्ला पालिकालाई आवेदन गरि शेयर भर्न आव्हान गर्दा भक्तपुरबाट त्यसप्रति बेवास्ता भई शेयर नभर्दा मेलम्ची आयोजनाबाट भक्तपुर जिल्ला छुटेको थियो ।
मेलम्चीको पानी नआउने भए पछि यहाँका जनताले बिभिन्न निकायमा धाएर मेलम्चीको पानी माग गरे पछि सांसद महेश बस्नेतले भक्तपुरमा मेलम्चीको खानेपानी ल्याउन पहल कदमी सुरु गर्नु भएको थियो । एमाले युवा नेता बस्नेतले भन्नुभयो, “मेलम्ची खानेपानी आयोजना भक्तपुरमा छुटे पछि यहाँको जनताको भावना र माग बुझेर मैले मेलम्ची जसरी पनि भक्तपुरमा ल्याउनु पर्छ भनेर पहल गरेँ, तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे जानकारी गराउदै बजेट विनियोजना गराएर मेलम्ची भित्र भक्तपुरलाई पार्न सफल भएको हौ ।
प्रतिनिधि सभाका सांसद बस्नेतको पहलमा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालिन सरकारको पालामा काठमाडौँसँगै भक्तपुरमा पनि खानेपानी वितरण गर्ने योजना थप भएको थियो । ओलीले सरकारको पालामा मेलम्चीको पानी भक्तपुर ल्याउन डिपिआर बनाएर पाइप लाइन बिछ्याउन चार करोड रुपियाँ विनियोजन समेत भएको थियो ।
मेलम्चीको पानी वितरण सुरु भए पछि नेपाली कांग्रेसदेखि नेमकिपासम्मले जस लिन खोजेको भन्दै भक्तपुरमा मेलम्चीको पानी नितान्त एमालेको पहलमा आएको सांसद बस्नेतले बताउनु भयो । उहाँले भक्तपुरमा पाइप लाइन बिस्तारमा ओली नेतृत्व सरकारकै पालामा डिपिआर बनाएको पाइप बिछ्याउने काम समेत भएको भन्दै प्रष्ट भएको यो कार्यक्रमलाई वर्तमान् सरकारले नीति तथा कार्यक्रममा समावेद गरकै भरमा कांग्रेसले मेलम्ची ल्यायो भनेर जस लिन खोज्नु हाँस्यास्पद भएको टिप्पणी गर्नु भयो ।
उहाँले अहिले पनि सूर्यविनायकको ७, ९ र १० वडा तथा चाँगुनारायण नगरपालिकामा मेलम्ची खानेपानी आयोजना छुटको भन्दै अग्लो ठाउँमा लिफ्टिङ् सिस्टमबाट मेलम्चीको पानी तिरण गर्न र चाँगुनारायण नगरपाकिलालाई समेत मेलम्ची खानेपानी आयोजना भित्र पारेर समान रुपमा पानी वितरण गर्न गराउन आफूले पहल गरिएको नेता बस्नेतले बताउनु भयो । उहाँले भक्तपुरका चार वटै नगरपालिकाको सबै क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न आफू लागिरहेको सांसद बस्नेतले बताउनु भयो ।
सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोट, सिरुटारलगायतका क्षेत्रहरुमा मेलम्ची खानेपानीको डिपीआर अघिल्लो आर्थिक वर्षमै सम्पन्न भैसकेकाले तत्काल मेलम्ची खानेपानीको पाइपलाई विस्तार गरी साविक पुरानै खानेपानीका ट्याङकीहरुमा मेलम्चीको खानेपानी खसाली समग्र सूर्यविनायक भित्र रहेका खानेपानीको समस्या सधैंको लागि अन्त्य गरिने उहाँले बताउनु भयो ।
कार्यक्रममा सांसद बस्नेत, नगरप्रमुख थापा, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. १० का शिवराम राउत, स्थानीय जनप्रतिनिधि, आयोजनाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सांसद बस्नेतले भन्नुभयो, “मेलम्चीको खानेपानी भक्तपुरमा पहिलो चरणमा नै ल्याउन मैले ठूलै संघर्ष गर्नु पर्यो, यो आयोजनाको लागि जग्गा अधिकरण र पाईप विस्तारलगायतको कार्यहरु एमाले सरकारको नेतृत्वमा भएको बेलामा गरेका हौ । यसअघि मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण गर्ने गरि सफल परीक्षण गरिएको थियो ।