भक्तपुर, २३ बैशाख । एमाले चाँगुनारायण नगर कमिटीको कार्यालयमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एकीकृत) समाजवादी चाँगुनारायण नगरपालिका वडा १ का अध्यक्ष लीला बहादुर रोक्का नेकपा समाजवादी परित्याग गरि एमाले प्रवेश गर्नु भएको हो ।

उहाँलाई नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, जिल्ला समिन्वय समितिका प्रमुख नवराज गेलाललगायत जिल्ला कमिटीका पदाधिकारी, नगर कमिटीका पदाधिकारीहरुले स्वागत गर्नु भएको थियो ।

एमाले पार्टी प्रवेश गरे पछि बोल्दै रोक्काले नेकपा समाजवादी भ्रम छर्ने पार्टी रहेको र आफ्नो कम्युनिष्ट सिद्धान्त नै बेचेर काँग्र्सको शरणमा गएको बताउदै अब माधव नेपाल नेतृत्वको त्यो पार्टी न कम्युनिष्ट हुने न त कांग्रेस नै हुने अबस्थामा पुर्याए पछि पुरानै आफ्नै माउ पार्टीमा फर्केको बताए ।

नेकपा समाजवादीमा जानु आफ्नो भूल भएको भन्दै उहाँले भू र भ्रमलाई चिर्दै त्यो पार्टी छाडेर पुरानै मूल पाटीृमा फर्कन आव्हान गर्दै अन्यथा आफ्नै पहिचान समेत हराउने अबस्थामा पुग्ने बताएको युवा नेता जयराम बास्तोलाले जानकारी दिनु भयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0