नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलको प्रथम जिल्ला अधिवेशन भक्तपुरमा सुरु

भक्तपुर, १७ भदौ । नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनल ( Nepal District of Optimist International) को प्रथम जिल्ला अधिवेशनमा भक्तपुरमा शुक्रबारबाट सुरु भएको छ । भक्तपुरको गठ्ठाघरमा सुरु भएको दुई दिने अधिवेशनमा मानिसलाई जीवन जिउँने क्रममा आशावादी बनाएर लैजानेबारे व्यापक छलफल भएको छ ।

कार्यक्रमको पहिलो उद्घाटन सत्रमा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले बोल्दै आशाहरुले मान्छेलाई बचाउँने भएकाले मानिसको जीवन निराशा हुन नहुने बताउनु भया्े । उहाँले आशा नै नहुने हो भने जीवन सकिने भएकाले जीवनमा आशा जगाउनु पर्ने बताउनु भयो ।

समाचार लेख्न पत्रकारलाई पनि राम्रा कुराहरु देखाउनु पर्नेमा चर्चा गर्दै उहाँले भन्नुभयो, “पत्रकारले जे देख्छ, त्यहीँ लेख्छ, तपाईले पत्रकारलाई राम्रो देखाउनुहोस्, राम्रै लेख्छ, नराम्रो देखउनु भयो भने त नराम्रै लेख्छ नी, पत्रकारले सत्य पस्किने हो, तर सत्य पस्किने भन्दैमा पत्रकारले पनि कसैको जीवनप्रतिको मोहमा आक्रमण गर्नु हुदैन, भविश्यको आशामा आक्रमण गर्नु हुदैन ।”

समाजमा दुःख र पीडा छ भन्दैमा एउटा पत्रकारले दुःख र पीडा मात्रै पस्किने काम गर्नु हुदैन भन्दै उहाँले त्यसको समाधानको उपाय पनि पस्किनु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, “दुःख र पीडाको समाधानको उपाय पनि पत्रकारले खोज्नु पर्छ आजको पत्रकारितामा त्यो जरुरी छ, आशावादीका कुरा पनि पत्रकारिताले दिनु पर्छ । त्यो दिन सकेन भने निराशावादी मात्रै हुन्छ, त्यसले जीवनको मोह सकिन्छ ।”

म खुसी भए भने मात्रै म जस्ता अन्य व्यक्ति पनि खुसी हुन्छन् र समाज खुसी हुन्छ भन्ने मान्यता स्थापित गर्नुजरुरी रहेको औल्याउँदै उहाँले व्यक्ति आफ्नो स्वतन्त्र अधिकार प्रयोग गर्दै भएर खुसी भएर बाँच्ने मोह जगाउँने बताउनु भयो ।

आज मात्रै होइन भोलीका लागि पनि आशावादी हुनु पर्छ भन्दै उहाँले जबसम्म बाच्छौ सुखले बाँचौ, मरे पछि कसले देख्छ भन्नु भयो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका राससका अध्यक्ष झाले बुद्ध दर्शनको चर्चा गर्दै भन्नुभयो, “आउँदा न सम्पत्ति लिएर आएका थियौ, न लिएर जान्छौ, आफूले सञ्चय गरेको धन के हुन्छ, यदि छोरा छोरी सपुत छन् भने आफ्नो व्यबस्था आफै गर्छन्, कपुत छन् भने त सञ्चय गरिदिएको पनि सिध्याउछन् ।”

उहाँले २०६२ सालको बैशाख २ गते एकैदिन तीन वटा घट्ना भएको स्मरण गर्दै भन्नुभयो, “बैशाखमा एकैदिन तीन वटा घट्ना घट्यो, कोशीको बाँध टुट्यो, जनधनको क्षति भयो, त्यही दिन सरकार परिवर्तन भयो र नेपाल पत्रकार महासंघका अध्यक्ष म ठूलो सडक दुर्घटनामा परे । भोली पल्ट ३ गते होसमा आउँदा म आफू बाँचेकोमा धेरै खुसी भए, मलाई त्यसले ठूलो आशा जगायो ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आउँदो पुस्तालाई अझै सुन्दर कसरी बनाउने, आशा सहितको जीवन जिउँने सन्दर्भमा निराशाको बाटो बन्द गर्दै बालबालिका र किशोर किशोरीलाई आशा कार्यक्रमहरु व्यापक बनाउनु पर्नेमा जोड दिनु भयो । नीति राज्य बनाउदैमा सबै सफल हुदैन भन्दै उहाँले समुदायलाई संगठित गर्दै सही बाटोमा लगे मात्रै राज्यको नीति सहि मार्गमा कार्यान्वयन हुने बताउनु भयो ।

नेपालको सन्दर्भमा एउटा नागरिकले सबभन्दा पहिला पाउने नागरिकता हो, त्यो पाउन उसले व्यहोर्ने सास्ती, पैसा नखुवाई सवारी लाइसेन्स बन्दैन भन्ने मानसिकता र राज्यबाट पाउने सेवा सुविधा लिन व्यहोर्नु पर्ने झन्झट र पनि पैसा नखुवाइ हुदैन भन्ने गलत संस्कारको अन्त्य हुनु पर्ने बताउनु भयो ।

अहिलेका विद्यार्थीलाई कसरी यो मुलुक छाडेर विदेश जाने, नेपालका कुनै भविश्य छैन भन्ने पर्दा पनि उनीहरुमा आशा जगाउन नसक्नु दुर्भाग्य भएको चर्चा गर्दै अध्यक्ष पोखरेलले मानिसमा साना कुराले पनि आशा जगाउने भएकाले हरेक नागरिकमा आशा जगाउने कार्यक्रम ल्याउनु जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका गभर्नर उदय निरौलाले सामुदायीक विद्यालयहरुमा विद्यार्थीहरुसँग प्रतक्ष्य सम्पर्कमा रहेर किशोर स्वास्थ्य तथा कल्याण (ब्मयभिकअभलत ज्भबतिज बलम ध्भििलभकक) का विषयमा कार्यशाला गर्दै आएको बताउनु भयो ।

उहाँले किशोरकिशोरीमा निराशापनले डरलाग्दो रुपमा जरो गाडेको अबस्थामा बालबालिका र किशोरकिशोरीहरुमा सकारात्मक भावना तथा आशावादी आशावादी जीवन दर्शनको प्रवद्र्धन गर्ने उदेश्यका साथ संस्था अगाडि बढेको चर्चा गर्नुभयो । नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका महासचिव पृथ्वीराज थापाले ४१ वटा क्लबको १३० जना भन्दा बढीको सहभागिता रहेको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने बताउनु भयो ।

कार्यक्रममा हिसानका राष्ट्रिय अध्यक्ष रमेश सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, एन प्याब्सनका अध्यक्ष पाण्डव हमाल, एन प्याब्सनका पूर्व अध्यक्ष ऋतुराज सापकोटा, किवानिज नेपाल डिस्ट्रिक गर्भनर लक्ष्मण लम्साललगायतले जीवन र आशाको महत्व माथि प्रकाश पार्नु भएको थियो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0