नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन मार्च १० र ११ २०२३  का दिन निजगढ वारा मा सु–सम्मन्न भयो । उद्घाटन सत्रमा निजगढ नगरपालिका उपमेयर सोम माया थिङले पानसमा दिप प्रजवलित गरेर कार्यक्रमको उद्घाटन गर्नु भयो । उहाले सकारात्मक सोचका साथ अगाडि वढ्यौ भने सफलता प्रदान गर्न सकिन्छ र जिवन आशावादी भएर अगाडि वढ्छ र हरेक काम मा संभाव्यताहरु प्राप्त गरि लक्ष्यमा पुग्न सकिन्छ यो संस्थाको उदेश्यसंग पनि मेरा जिवन मेल खाने अवस्था रहेको र तपाईहरुले लिएको किशोरी स्वास्थ्य सचेतना कार्यक्रमलाई निजगढ कल्वलाई नगरपालीकाको तर्फवाट सहयोग गर्ने बचन बद्वतता दिनु भयो ।

नेपाल रेडक्रस सोसाईटिका जिल्ला सदस्य नारायण शमा र गौरी शंकर मा। ीब का प्र. अ. यादब कुमार तिम्सिना ले शुभकामना मन्तब्य राखेका थिए।

एनप्यावसनका केन्द्रीय उपाध्यक्ष प्रवोध प्रभाकर रिजालले उयकष्तष्खभ भमगअबतष्यल को वारेमा जानकारी गराउनु भयो सो सम्मेलन नेपाल रहेका क्लवका सदस्यहरुलाई नि वर्तमान गभर्नर उदय कुमार निरौलाले तालिम गराउनु का साथै कार्यक्रम संयोजक अप्टिमिष्ट कल्व निजगढका अध्यक्ष सागर तामाङ्गले स्वागत गन्तव्य राख्नु भयो र समुह विभाजन गरी संस्थालाई के कसरी स्थायित्व प्रदान गरि समाजमा के गर्न सकिन्छ भनेर छलफल गरि छलफछको निचोड लेफिटेन्ट गभर्नर ऋषिश्वर थपलिया, र सुरेन्द्र थापा ले प्रस्तुती गर्नु भयो ।

यस भेला वाट अप्टिमिष्ट एजुकेशन फन्ड स्थपना गरि गरिव तथा विद्यार्थीहरु लाई कक्षा ९ देखि १२ सम्म निशुल्क शिक्षाको लागि आर्थिक सहयोग गर्नु हुनेलाइ अप्टिमिष्ट एजुकेशन फन्डका संयोजक प्रदीब बहादुर थापाले धन्यवाद दिए । उक्त कार्यक्रममा संस्थाको स्वरुप बारे महासचिव प्रकाश घिमिरे ले जानकारी गराए। अप्टिमिष्ट कृीड रुपराम धिसीङ ले बाचन गरेकाथिए र धन्यबाद ज्ञापन अप्टिमिष्ट कल्वका सचिव तथा निजगढ नगरपालिका वडा न ८ का वडा अध्यक्ष स्वर्ण लामा ले गरे । कार्यक्रम संचालक रुद्र प्रसाद धितालले गरेका थिए ।

सो सम्मेलन को सभापत्तित्व संस्थाका गभर्नर पृथ्वी राज थापा को अध्यक्षता मा सु–सम्पन्न भयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0