भक्तपुर, २७ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले काँग्रेस माओवादीले अहिले एमाले बिरुद्ध भ्रम छरिरहेको बताउदै काँग्रेसले नजितेको ठाउँमा पैसा पठाउदिन भन्नु, रेणुले नजिते सबै सकिन्छ भन्नु गलत भएको टिप्पणी गर्नु भयो ।
एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले भन्नुभयो, “काँग्रेसले नजितेको ठाउँमा बजेट दिन्नौ भन्ने के यो देश आरजू देउवाको बाउको सम्पत्ति होइन, देउवाको ससुरालीको पेवा पनि होइन, अझै राणा शासनको झल्को दिन खोज्दैछन्, राणा शासन त सकिसक्यो, अझै चेत छैन ।”

एमालेबाट मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारदेखि केपी ओलीले नेतृत्व गरेको सरकारसम्म र नेपाली काँग्रेसले पटक पटक गरेको सरकारको नेतृत्वमा भएको बिकासलाई तुलना गरेर हेर्न जनतालाई आग्रह गर्दै उहाँले अहिलेसम्म गाउँको बिकास, देशको बिकास एमालेले मात्रै गरेको बताउनु भयो । गठबन्धनले देश ब्रम्हलुट मच्चाउन खोजेको भन्दै उहाँले आफ्नाले जिते हुने नजिते देश खत्तम हुने भन्नुले त्यसो पुष्टी हुने भन्दै उहाँले प्रचण्ड पुत्री रेणु दाहालले हारे पनि, काँग्रेसले हारे पनि बिकास नरोकिने बताउनु भयो ।

उहाँले भक्तपुरको मध्यपुरथिमि, चाँगुरनारायण र सूर्यविनायकलाई भ्रष्टाचार मुक्त राखेर बिकास गरेको बताउदै यो पाँच वर्षमा मध्यपुरमा एक अर्ब समपुरक शिर्षकमा आएको बजेट अब कसैले काट्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, “एमालेले नेतृत्व गरेको तीन वटै नगरपालिकाको बिकास हेर्नु्स उत्कृष्ठ नगरपालिकामा मध्यपुर देशभरकै तेश्रोमा आएको छ , यो कसले बनायो, एमालेको नेतृत्वले बनायो, मदन सुन्दरले बनायो, मध्यपुरका बासिन्दाले यसलाई देख्नु पर्दैन, महिला बिरोधी गठबन्धनलाई महिलाले भोट हाले पाप लाग्छ ।”

मध्यपुरथिमिमा गठबन्धनले महिलाो अपमान गरेको भन्दै उहाँले गठबन्धनले महिलाको उम्मेदवार नदिएर समग्र महिलाको अधिकार खोसे पनि एमालेले उत्तरा नेपाललाई उपमेयरमा महिला उम्मेदवार बनाएर महिलाको अधिकार सुनिश्चित गरेको बताउनु भयो ।
एमालेले भक्तपुरका तीन नगरपालिका र २ नम्बर क्षेत्रमा विजयी भएपछि भक्तपुरमा बिकासको बाढी आएको, शान्ति सुरक्षा, सुव्यबस्था कायम भएकोले यी तीन नगरमा बसाई सराई बढिरहेको बताउदै उहाँले मध्यपुरथिमिमा अब काँग्रेसले बनाउने र बिसका गर्ने ठाउँ नरहेको बताउनु भयो ।

उहाँले थिमिको हाइवे, पेप्सीकोटा निकोसेरा सडक, नेपाल कोरिया मैत्री सडक, निकोसेरा सिन्टिटार सडक, बोडेमूलपानी सडक, लोकन्थली सडक, सानोठिमी धुन्चेपाखा सडक, हुलाक सडक, बाहाखा बजार बोडे सडक, निलबाराही सडक सबै सडक एमालेकै पालामा बनिसकेको छ, यहाँका ठूला साना सडक कतिै कालो प भए, कतै ढलान भए, अब बाँकी भएका नयाँ बस्ती र अन्य केही सडक एमालेले सम्पन्न गर्छ, एमालेले काँग्रेसलाई गर्ने ठाउँ काही बाँकी राख्दैन, बिकास एमालेले गर्छ, काँग्रेस सुतिरहन्छ, पार्टीको अधिवेशन आउँदा र चुनाब आउँदा मात्रै उठ्छ ।”

मेलम्चीको खानेपानी मध्यपरथिमिमा झार्ने काम एमालेले गरेको बताउदै उहाँले अन्य खानेपानीको श्रोतसमेत समेटेर मध्यपुर थिमिको नयाँ पुरानो सबै बस्तीको घरघरमा खानेपानी पुर्याउने काम अबको कार्यकालमा गरिने नेता बस्नेतले बताउनु भयो ।

मध्यपुरमा अब हिलोमा हिड्न नपर्ने गरि मदन सुन्दरले बिकास गरेको बताउदै उहाँले सम्पदा बस्तीमा ढुङ्गा छापेको, सम्पदाको संरक्षण गरेको भन्दै उहाँले उपत्यकामा सम्पदा संरक्षण गर्ने एकमात्र थिमि रहेको भन्दै कोरोनाको महामारीमा मेयर श्रेष्ठले नेपाल कोरिया मैत्री अस्पतालले नमूनाको काम गरेको कसरी जनताले बिर्सनु उहाँले प्रश्न गर्नु भयो ।

काठमाडौंको रानी पोखरी मात्रै होइन थिमिको दुई पोखरी, काठमाडौंको धरहरा मात्रै होइन थिमिको मन्दिर, यहाँका दरबार, पाटी पौवा, एमालेकै पालामा बेनको भन्दै उहाँल् दोश्रो कार्यकालमा मध्यपुरमा एमालेले खानेपानी, ढल, र बाँकी रहेको काम गर्ने बताउनु भयो ।अहिलेको गठबन्धन काँग्रेस सिध्याउने गठबन्धन भएको बताउदै उहाँले काँग्रेसले ६० प्रतिशत लिएर ४० प्रतिशत गुमाइसकेको, प्रचण्डले र माधव नेपालले हारिसकेको भन्दै गठबन्धनका बिरुद्ध एमाले एक्लै पनि बलियो शक्ति रहेको उहाँको भनाइ थियो ।

यहाँले थिमिका युवालाई अब तीन दिन सचेत भएर रहन र चनाखो भएर रेकी गर्न निर्देशन दिदै भन्नुभयो, “धकारी भरि धान छ भनेर चुप लागेर बस्नु हुदैन, त्यो धानमा घुन, पुतली लाग्न दिनु हुदैन, राती आउँलान, प्रलोभन देलान, लोभलालच दिएर भड्काउलान्, त्यस्ता आए भने लखेट्नसु्, मतदानदेखि मतगणना सम्पन्न नभएसम्म चनाखो रहनुस् ।”

नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले मध्यपुरथिमिको समग्र विकासमा एमालेको बिकल्प नभएको भन्दै अबको पाँच वर्ष बहुमत सहित मध्यपुरमा एमालेलाई जनताले काम गर्न दिने अवसर प्रदान गर्न सूर्यमा मतदान गर्नु पर्ने बताउनु भयो ।

मेयरका प्रत्यासी मदन सुन्दर श्रेष्ठले अल्पमतमा हुँदा त थिमिको बिकासलाई नेपाल भरका नगरपालिका मध्ये उत्कृष्ठ तेश्रोमा पार्न सफल भएको बताउदै अब बहुमत सहित नगर पालिका चलाउँदा जनताको आवश्यकता पुरा गर्ने गरि विकास गर्न सकिने बताउनु भयो ।

एमालेबाट मेयर उम्मेदवार श्रेष्ठले भन्नुभयो, “मेरो पहिलो कार्यकाल सम्पदाको संरक्षणलाई उच्च प्राथमिकता दिए, अबको दोश्रो कार्यकाल सम्पदा बस्ती र सम्पदाको क्षेत्रका नगरदेशमा सिद्धि गणेशमा सुनको छानो हाल्ने, ज्यापू संग्रहालय बनाउने लगायतका बाँकी रहेको २० प्रतिशत कामलाई पूर्णता दिनेछु भने नयाँ बस्ती र शहरीकरुणा लागि ८० प्रतिशत लगानी गरेर नयाँ तथा पुराना बस्तीको बिकास, खानेपानी, ढल, सडक, पूर्वाधारका क्षेत्रमा जनचाहना र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
उहाँले विगत पाँच वर्ष सम्पदा संरक्षणमा अबको पाँच वर्ष १ देखि ९ वडासम्मका समग्र बिकास बाहेक अरुमा आफ्नो ध्यान नजाने बताउनु भयो ।

कार्यक्रममा उपमेयरको उम्मेदवार उत्तरा नेपालले मध्यपुरथिमिको नयाँ तथा पुराना बस्तीको बिकास र जनताको चाहना पुरा गर्न महिला नेतृत्वको रुपमा आफ्नो उम्मेदवारी रहेको भन्दै आफूले समग्र महिलाको प्रतिनिधित्व पनि गरिरहेको बताउनु भयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0