भक्तपुुर । महाकालीस्थान, भक्तपुर स्थित गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलले यही २०७९ चैत्र ३ गते शुक्रवार “दोस्रो गोल्डेन गेट पीबिएल मेला २०७९” आयोजना गर्ने भएको छ । विद्यालय परिसरमै आयोजना हुने उक्त मेलामा शैक्षिक सत्र २०७९ को अवधीमा विद्यार्थीहरुले मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट बेस्ड लर्निङ अर्थात एमआई पीबिएल पद्दती अन्तर्गत सिक्ने क्रममा तयार पारेका विभिन्न पीबिएल प्रोजेक्टहरु मध्ये करीब ७० वटा चुनीएका प्रोजेक्टहरुलाई प्रस्तुतीमा राखी आफ्ना सिकाई अनुभवहरु सविस्तार प्रस्तुत गर्नेछन् ।

मेलामा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुको पूर्ण सहभागिता र कक्षा ९ को आंशिक सहभागिता रहनेछ । पिबिएलको क्षेत्रमा सम्भवत यो नेपालमै सबैभन्दा “अथेन्टिक अभ्यास”को प्रस्तुती हुने विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल तथा को–फाउण्डर सिङ्ग लामाले अमेरिकी शिक्षाविद डा. होवार्ड गार्नरको मल्टिपल ईन्टेलिजेन्सेज सिद्धान्त र शिक्षाविद जोन डिवी, विलियम किल्प्याट्रिक, जाँ पियाजे, विगोट्स्की, आदिको प्रोग्रेसिभ शिक्षाको सिद्धान्तमा आधारित प्राजेक्ट बेस्ड लर्निङ अर्थात पीबिएललाई उद्देश्यपरक संस्लेषण गरेर एमआई पीबिएल बिधी निर्माण भएको जनाउँदै यसले विद्यार्थीहरुको फरक–फरक इन्टेलजेन्स अनुसारका प्रोजेक्ट क्रियाकलापहरु गरेर सिकाईलाई वास्तविक जीवनसँग जोड्दै अनुभवमा आधारित गहिरो सिकाईको अवसर प्रदान गर्ने बताएका छन् ।

कार्यक्रममा विद्यालयले हरेक विद्यार्थीलाई पाठकबाट सर्जकमा रुपान्तरण गर्ने अभिप्रायले संचालन गरेको विशेष कार्यक्रम “मकै घर”मा प्रस्तुत भएका सिर्जनाहरु मध्येबाट छानिएका रचनाहरु संकलित “मकै घरको कोसेली –१” नामक पुस्तक पनि बिमोचन गरिने भएको छ ।

गहिरो सिकाईका पिबिएल प्रोजेक्टहरुका अलावा विद्यार्थीहरुले आगुन्तुकहरुको ल्बड ग्रुपिङ गर्ने, रोबोटिक, जलविद्युत, रेन डिटेक्टर, आदि जस्ता विभिन्न मोडेलहरु प्रस्तुत गर्ने, भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम “ख्वपको पहिचान”बाट नेवारी खाजा बनाएर आगन्तुकलाई खुवाउने, मिनि म्यूजियम बनाउने, प्रतिभा प्रस्तुत गर्ने, आदि जस्ता विभिन्न रमाइला गतिबिधीहरु पनि हुनेछन् । कार्यक्रम बिहान ११ः०० बजे उदघाटनबाट सुरु भएर दिउँसो ३ः०० बजेसम्म चल्नेछ ।

 

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0