भक्तपुर, ३१ बैशाख : भक्तपुरका चार नगरपालिका मध्ये तीन वटा नपामा नेपाली कांग्रेस र एकमा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ । नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नेपाली कांग्रेसले र भक्तपुर नगरपालिकामा नेमकिपाले अग्रता लिएको छ ।

राती १ बजेदेखि मतगणना भएको सूर्यविनायक नगरपालिकाको वडा नं. १ सिरुटारको मतगणनामा सूर्यविनायकको नगर प्रमुखमा काँग्रेसका निशान ढुंगेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार बासुदेव थापाको ४२८ मत आएको छ । उपप्रमुखमा एमालेको उम्मेदवार सरिता भट्टराईले ४३२ मत ल्याएर अग्रता कायम गर्नु भएको छभने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेत २२६ मतसहित प्रतिस्पर्धा गरिरहेका छन् । वडाध्यक्षमा एमाले ३९०, कांग्रेसले २७० र राप्रपाले ३०६ मत प्राप्त गरेका छन् ।

त्यसैगरि चाँगुनारायणमा धेरै बिवादकाबीच बिहान ११ः३० बजेबाट वडा नं. १ र २ बाट सुरु भएको मत गणना अनुसार नेपाली काँग्रेसले सुरुदेखिनै अग्रता लिएको छ । चाँगुनारायण नगरपालिको पछिल्लो मतगणना अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले १२९ ल्याउदा एमालेका बिणा बास्तोलाको १२० ल्याउनु भएको छ ।

उपप्रमुखमा एमालेको रमेश बुढाथोकीको १२९ मत आउँदा कांग्रेसका सुभद्रा काफ्लको ११४ मत प्राप्त गर्नु भएको छ । वडाध्यक्षमा तर्फ दुबै वडामा एमालेले अग्रता लिएको छ । निर्वाचन अधिकृतको व्यबस्थापनको कमजोरीका कारण हिजोनै मत गणना सुरु गर्ने भनिए पनि आज ढिलो गरि मतगणना सुरु भएको हो ।

त्यस्तै मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले एक हजार १४० ल्उादा एमालेका मदनसुन्दर श्रेष्ठले ८२२ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा एमालेको उत्तरा नेपालले ९५७ ल्याउँदा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ७६४ मत प्राप्त गर्नु भएको छ ।

वडाध्यक्षमा तर्फ वडा नं. १ का नेपाली कांग्रेसको १ हजार ७५ र नेकपा एमालेको ८२६ मत प्राप्त गर्नु भएको छ । यी तीनवटै नगरपालिकामा नेपाली कांग्रेस र एमालेको प्रतिस्पर्धा भइरहेको छभने मत गणना जारी रहेको छ ।

त्यस्तै नेमकिपाको पक्कड रहेको भक्तपुर नगरपालिकामा भने एकै पटक तीन वटा वडाबाट मत गणना सुरु भएको छ । जसमा नगर प्रमुखमा नेमकिपाको सुनिल प्रजापति २ हजार १५, एमालेका रबीन्द्र लाछिमस्युले १५९ मत तथा उपप्रमुखमा नेमकिपाको रजनी जोशीले २ हजार १७ मत र एमालेको रञ्जना खर्बुजाले १५७ मत प्राप्त गर्नु भएको छ । चार वटै पालिकामा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनु भयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0