मध्यपुरथिमि–२ मा एमालेलेको बहुमत सदस्य विजयी

भक्तपुर, १ जेठ : मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले ९८८ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेको प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा भने नेकपा एमालेका रबिन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनु भएको छ । वडा सदस्यमा काग्रेसका शेखर थापामगर विजयी हुनु भएको छ ।

नेकपा एमालेले एक सदस्य समेत जित्न नसकेको यो वडामा यस पटकको निर्वाचनमा एमालेले तीन वटा सदस्य जीत हासिल गरेर बहुमत कायम गरेको छ । एमालेले थिमिका कांग्रेसको पक्कड मानिएको ठाउँहरुमा आफ्नो जीत हासि गर्दै आउन थालेको छ । मध्यपुरको १ वडामा एक सदस्य र २ वडामा तीन सदस्य जित हासिल गर्नु एमालेको लागि ठूलै उपलब्धी मान्दै एमालेबाट मेयरका उम्मेदवार मदन सुन्दर श्रेष्ठले मध्यपुरथिमिमा एमालेको मत धेरै सुधार भएको उहाँले बताउनु भयो । आफ्नो भने प्रतिस्पर्धात्मक मत आइरहेको बताउनु भयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0