===========================================
आदरणीय नगरबासी
आमा–बुबा, दाजु–भाई तथा दिदी–बहिनीहरु !
नगरबासी जनसमुदायहरुलाई जगजाहेरै छ, गत स्थानीय तह निर्वाचन २०७४ मा यस मध्यपुर थिमि नगरपालिका (जम्मा ९ वटा वडा) बाट प्रत्यक्ष निर्वाचित हुनु पर्ने कूल ४७ जना जनप्रतिनिधि (नगर प्रमुखदेखि वडा सदस्यसम्म) मध्ये हाम्रो पार्टी नेकपा (एमाले) का तर्फबाट नेतृत्व (नगर प्रमुख) सहित १ जना वडाध्यक्ष र ६ जना वडा सदस्य गरी जम्मा ८ जना जनप्रतिनिधि मात्र निर्वाचित भएका थियौं । त्यसकारण पनि नगरसभाको व्यवस्थापिका तथा कार्यपालिका (कार्यकारिणी) मा हामीलाई स्वतः असुविधायुक्त अल्पमतको नेतृत्व गर्ने बाध्यता भयो । त्यस्तो असहज एवं असुविधायुक्त जनमतका अलावा अप्रत्यासित विश्वव्यापी रुपमा फैलिएको विल्कुलै नयाँ अपरिचित महामारी ‘कोभिड १९’ ले पनि हामीलाई थप प्रताडित बनायो । तथापी हरेक पिडादायीक परिवेशमा हामी सहासपूर्वक जुधि रह्यौं । विगत ५ बर्षे अल्पमतको नेतृत्व र महामारीको प्रतिकुलताका बीच हामीले यस नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नमुना नगरका रुपमा चिनाउन सफल भएका छौं । यस तथ्यलाई ‘एशियन टाउनस्केप अवार्ड’ तथा स्वतन्त्र सर्वेक्षणबाट मुलुककै तेश्रो उत्कृष्ट नगरका रुपमा पाएको सम्मानले पनि पुष्टि गर्दछ । आज हामीले हाम्रो नगर क्षेत्रमा गरेका थुप्रै गर्व गर्न लायक ऐतिहासिक कार्यहरुमध्ये केही महत्वपूर्ण उपलब्धिहरुलाई यस पुस्तिका मार्फत स्मरण गर्न खोजेका छौं ।
धन्यवाद ! अभिवादन !====================================================
कोरिया नेपाल मैत्री अस्पताललाई ३०० शैयामा बिस्तार गर्न
जापानी रिकिसी प्रबिधि मार्फत नगर भरीको फोहोर व्यबस्थापन गर्ने
एकतृत रुपमा तीन तहका अपाङ्ता भएका बालबालिकाहरुको विद्यालय सञ्चालन गर्ने
शिक्षा, स्वास्थ्य, सहकारीसहितको ऐन बनाइने
पर्यटन विकासको लागि नगर पर्यटन बोर्ड गठन गरि गन्तव्य मध्यपुरलाई पूर्णता दिन
बिज्ञ समूह सम्मिलिन नगर सहरी योजना गठन गरि व्यबस्थित शहर निर्माण गर्न
पुराना तथा नयाँ बस्तीमा खानेपानी सेवा बिस्तार गर्न
फूटबल, कराते सहित समग्र खेलकुदको बिकास गर्न
संस्कृति र सम्पदालाई पर्यटन व्यवसायसँग जोड्न
नगरपालिकामा पूर्ण रुपमा शुसासन कायम गर्न==================================================
भक्तपुर, २७ बैशाख । २०७४ जेठदेखि २०७८ बैशाख ११ गतेसम्म मध्यपुरथिमि नगरपालिकाको प्रमुखको रुपमा नगरपालिका सञ्चालन गरिरहदाँ अल्पमतमा रहदाँ पनि मध्यपुर थिमिलाई विवमा चिनाउने गरि बिकासका काम गर्ने नगर प्रमुख हुन मदन सुन्दर श्रेष्ठ । यो पाँच वर्षको अन्तरालमा यहाँका जनताले धेरै विकास देखे, धेरै परिवर्तन देखे । जनताको आँखाबाट, जनताको मनबाट भन्नु पर्दा मदन सुन्दरलाई भोट दिएर जिताएकोमा यहाँका जनतालाई कुनै पछुतो छैन, बरु खुसी छन् ।
नगरपालिकाबाट गलत काम गराएर फाइदा लिन नसक्ने एकाधको चित्त देखेको होला तर समग्र विकासमा उनको ध्यान गइरहयो । मध्यपुरमा मेयरले केही गरेन भन्नेहरु त्यहीँ जनताको आँखामा खै कसरी छारो हाल्न सक्छन् । पाँच वर्ष अघि यहीँ मध्यपुरथिमि नगरपालिका भ्रष्टाचारमा दोस्रो नम्बरमा रहेको यो नगरपालिका थियो । अहिले भ्रष्टाचार मुक्त नगरपालिका बनेको छ । नगरवासीले यसमा गर्व गर्ने ठाउँ छ ।
सम्पदा संरक्षणमा मध्यपुर थिमि अग्रणी नगरपालिकाको रुपमा रहन सफल भयो । विगतदेखि नै काठमाडौं, भक्तपुर, ललितपुर सम्पदा शहरको रुपमा स्थापित थियो । पछिल्लो कालखण्डमा स्थानीय तह आइसकेपछि मध्यपुर थिमी नगरपालिका सम्पदा पुनर्निर्माणमा, सम्पदा संरक्षण, मुर्तअमुर्त कला संरक्षणका कारण उत्कृष्ठ नगरपालिकाको रुपमा स्थापित भएको छ ।
स्वास्थ्य क्षेत्रमा अरु नगरपालिकाहरु १५ बेडको अस्पताल सञ्चालन गर्न नै गाह्रो भइरहेको अबस्थामा मध्यपुर थिमि नगरपालिकाले रुपमा १०० बेडको अस्पताल सञ्चालन गर्न सफल भयो । कोभिडको बेलामा नगर प्रमुख एक दिन घरमा नबसी जनताको उपचारका लागि अस्पतालमा बेड थप्नेदेखि आइसियू तयार गर्ने र अक्सिजन प्लान्ट सञ्चालनसम्मको काम गरेकै हुन् । हामीले अक्सिजन प्लान्ट, एचडीयू, आईसीयू, अक्सिजन कन्सेन्ट्रेटर र पीसीआर ल्याब समेत अहिलेसम्म सञ्चालनमा ल्यायौं । यसको आधारमा स्वास्थ्य क्षेत्रमा पनि नमुना र उत्कृष्ट रहेको छ ।
अहिले पनि कोरियन सरकारबाट १ अर्ब ५ करोड भन्दा बढी रकमले अस्पतालका लागि ल्याउन सफल भएका छन् । के यो उनले गरेका प्रशंसनीय काम होइन र ? यो अस्पताललाई ३०० बेडको सुविधा सम्पन्न अत्याधुनिक अस्पताल बनाउने उनको योजना सफल पार्न उनको नेतृत्व आवश्यक छैन र ?
फेहोर मैला व्यवस्थापनको सन्दर्भमा मेयर मदन सुन्दरले जापानिज प्रविधिलाइ भित्र्याएर रिकीसी कम्पोष्ट मल बनाउन सुरु गरेकै हुन् । नगरपालिकको एउटा वडामा मात्रै भएपनि नमुनाको रुपमा सुरु भएको यो काम अरु वडामा पनि बिस्तार गर्ने र देभरी नै यो नमूना पस्कन सक्ने आधार खडा गरेका छन् । कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाएर नमूना देखाउन उनी सफल भएका छन् । राष्ट्रपति कार्यालयको प्राङ्गणलगायत विशिष्ट व्यक्तिहरुको घर करेसामा फल्ने तरकारमिा यही मल प्रयोग भइरहेको छ ।
मध्यपुर थिमि पुरानो र नयाँ बस्तीको फ्युजन नगरपालिकाको रुपमा रहेको छ । मदन सुन्दरले मेयर भएर आए पछि पुराना बस्तीको सम्पदा संरक्षणका साथसाथ नयाँ बस्ती व्यवस्थित शहरीकरण अभियान सञ्चालन गरेका छन् । यस अन्तर्गत चार वटा जग्गा एकीकरण आयोजना सञ्चालनमा ल्याएका छन् । यो वर्ष थप ७ वटा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय गरेका छन् । यसको लागि नेपालमै पहिलो पटक हामीले नगरपालिकाकाट वस्ती विकास र जग्गा एकीकरण ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् । अबको पाँच वर्षमा यसलाई पूर्णता दिने योजना छदैछ ।
नगरपालिकामा अपाङ्गताको क्षेत्रमा पनि काम गरिरहेको यस नगरपालिकामा तीन तहका अपाङ्गता भएकाको लागि छुट्टाछुट्टै विद्यालयहरु सञ्चालन गरिरहेको छ । अबको पाँच वर्षमा एउटै छानामुनि ल्याएर एकीकृत अपाङ्ग बालबालिकाको एउटा समग्र विद्यालय नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने योजना बाँकी छ । समग्रमा यी कामहरु गर्दै हामीले मध्यपुर थिमीलाई समृद्ध थिमी बनाउने अभियान बाँकी नै रह्यो ।
नगरपालिकाले जेष्ठ नागरिकको लागि, बालबालीका र महिलाहरुको लागि पनि प्याकेजकै रुपमा कार्यक्रमहरु सञ्चालन गरि रहेको र अब थप गर्ने योजना उनीसँग छ । लघु उद्यमशीलता विकास तालिम सञ्चालनमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सडक कालोपत्रे गर्ने ढल निकास सामान्य प्रक्रियामा रहेपनि खानेपानी व्यवस्थापनमा मध्यपुर थिमी उपत्यकाका १८ वटा स्थानीय तहमध्यकै उत्कृष्ठ रहेको छ ।
पहिलो कार्यकालको पाँच वर्षमा यस्ता उपलब्धिहरु भए, यसलाई पूरा गर्न र यी उपलब्धिहरुलाई सम्पूर्ण नगरवासीको पहुँचमा पुर्याउदै नयाँ योजनाहरु कार्यान्वयना ल्याउन दोस्रो कार्यकालको लागि अब थप पाँच वर्षलाई मदन सुन्दर माथि विश्वास गर्ने यी धेरै आधारहरु छन् ।
सम्पदाको क्षेत्रमा मात्रै २५ वटा पोखरी महध्ये १७ वटा पोखरीहरु पुनर्निर्माण सम्पन्न गरेका छन् ।
अबको पाँच वर्षमा बाँकी ८ वटा पोखरी पुर्न निर्माण गर्ने, बालकुमारी मन्दिरमा दोस्रो तल्ला सुनौलो छाना छाउने, गणेश मन्दिरको पुनर्निर्माण शुन्यबाट सुरु गरिएकोमा यसलाई यसलाई पनि पूर्णता दिने, स्वास्थ्य क्षेत्रमा नेपाल कोरिया मैत्री नगर अस्पतालको स्तरोन्नतिको लागि कोरियाली संसदबाट १ अर्ब ५ करोडको सहयोग रकम स्वीकृत भएकाले अब त्यसलाई सदुपयोग गरेर अस्पताललाई ३०० बेडको सम्पुर्ण उपकरण सहितको अस्पताल बनाउने योजना पूरा गर्नुपर्न छ । यसको आधारमा नर्सिङ कलेज सञ्चालन गर्दै मेडिकल कलेज लागि तयार गरि मध्यपुरथिमिका छोराछोरीलाई यहीँबाट डाक्टर पढ्न पाउने अबसर दिलाउने अभियान पुरा गराउने उनको लक्ष्यलाई साकार पार्नु छ ।
सम्पदा र विकास निर्माणलाई पर्यटनसँग जोड्दै आर्थिक क्रियाकलापलाई गतिमान चलायमान बनाउन भाइब्रेट इकोनोमी बनाएर यहाँको जीवनस्तर उकास्ने उनको अभियान पनि बाँकी नै छ । पछिल्लो कालखण्डमा स्थानीय तह आइसकेपछि मध्यपुर थिमी नगरपालिका सम्पदा पुनर्निर्माणमा, सम्पदा संरक्षण, मुर्तअमुर्त कला संरक्षणका कारण उत्कृष्ठ नगरपालिकाको रुपमा यो नगरपालिका स्थापित भएको छ । यस्तै मैले फेहोर मैला व्यवस्थापनको सन्दर्भमा जापानिज प्रविधिलाइ भित्र्याएर रिकीसी कम्पोष्ट मल बनाउन सुरु गरेको छ ।
नगरपालिकको एउटा वडामा मात्रै भएपनि कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाउन नमुनाको रुपमा काम गर्न सफल भएको यो अभियानलाई सबै वडमा लैजानु नै पर्ने छ । कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाउन सकिन्छ र यो मल बिक्री समेत गर्ने योजना छ ।
मध्यपुर थिमि पुरानो र नयाँ बस्तीको फ्युजन नगरपालिकाको रुपमा रहेको छ । हामीले पुराना बस्तीको सम्पदा संरक्षणका साथसाथ नयाँ बस्ती व्यवस्थित शहरीकरण अभियान सञ्चालन गरेको छ । मध्यपुरमा ४ वटा जग्गा एकीकरण आयोजना सञ्चालनमा गरेकोमा यो वर्ष थप ७ वटा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा ल्याउनु छ । जग्गा एकीकरण आयोजना लागु गर्ने सन्दर्भमा नगरपालिकाले बनाएको ऐन सञ्चालनमा ल्याउनु छ ।
अपाङ्गताको क्षेत्रमा पनि काम गरिरहेकोमा मध्यपुर थिमि क्षेत्रमा ३ तहका अपाङ्गताको विद्यालयको छुट्टाछुट्टै विद्यालयहरु स्थापना गरेर सञ्चालन भइरहेकोमा मदन सुन्दर श्रेष्ठले तीन वटा विद्यालयलाई एउटै छानामुनि ल्याएर एकीकृत अपाङ्ग बालबालिकाको एउटा समग्र नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने योजना बाँकी नै छ । नगरपालिकाले जेष्ठ नागरिकको लागि, बालबालीका र महिलाहरुको लागि पनि प्याकेजकै रुपमा कार्यक्रमहरु सञ्चालन गरिराखेको छ ।
यो ५ वर्षमा लघु उद्यमशीलता विकास तालिम सञ्चालनमा विभिन्न कार्यक्रम गर्दै आर्थिक उन्नतीसँगै जोडने काम सुरु भएको छ । सडक कालोपत्रे गर्ने ढल निकास सामान्य प्रक्रियामा रहेपनि खानेपानी व्यवस्थापनमा मध्यपुर थिमी उपत्यकाका १८ वटा स्थानीय तहमध्यकै उत्कृष्ठ रहेको छ ।
सम्पदाको क्षेत्रमा मध्यपुरथिमि भित्र रहेका २५ वटा पोखरी मध्ये १७ वटा पोखरीहरु पुनर्निर्माण सम्पन्न भए भने ८ वटा पोखरी बाँकी नै छन् । बालकुमारी मन्दिरमा दोस्रो तल्ला सुनौलो छाना छाउन बाँकी छ भने गणेश मन्दिरको पुनर्निर्माण शुन्यबाट सुरु गरिएकाले यसलाई पनि पूर्णता दिन बाँकी छ । अबको पाँच वर्षमा यी काम सम्पन्न गर्नु पर्नेछ ।
यस्तै, स्वास्थ्य क्षेत्रमा काम गर्दा नेपाल कोरिया मैत्री नगर अस्पतालको स्तरोन्नतिको लागि अहोरात्र खटिएका मदन सुन्दरले कोरियाली संसदबाट १ अर्ब ५ करोडको सहयोग रकम स्वीकृत गर्न सफल भएका छन् । त्यसलाई सदुपयोग गरेर अस्पताललाई रुपान्तरण गरेर ३०० बेडको सम्पुर्ण उपकरण सहितको अस्पताल बनाउने योजना पूरा पुरा गर्ने उनको उदेश्य रहेको छ । यसको आधारमा नर्सिङ कलेज सञ्चालन गर्ने र मेडिकल कलेज समेत सञ्चालन गरेर मध्यपुरका छोराछोरीलाई आफ्नै अस्पतालमा डाक्टर पढ्न सक्ने अबस्थामा पुर्याउने उनको लक्ष्य पुरा गर्नै बाँकी छ ।
सम्पदा र विकास निर्माणलाई पर्यटनसँग जोड्दै आर्थिक क्रियाकलापलाई गतिमान चलायमान बनाउन भाइब्रेट इकोनोमी बनाएर यहाँका जनताको जीवनस्तर उकास्ने मदन सुन्दरको लक्ष्य र अभियान बाँकी नै छ । पहिलो कार्यकालमा यी जे जति उपलब्धिहरु भए, यसलाई पूरा गर्न र यी उपलब्धिहरुलाई सम्पूर्ण नगरवासीको पहुँचमा पुर्याउन समय अभाव भएकोले दोस्रंो दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएको मदन सुन्दर श्रेष्ठले बताएका छन् । समग्रमा यी कामहरु गर्दै मध्यपुर थिमीलाई समृद्ध थिमी बनाउने अभियान बाँकी नै रहेकोले अब एक कार्यकालका लागि सूर्य चिन्हमा मतदान गर्दै विजयी गराउन मदन सुन्दर श्रेष्ठले नगरवासीसँग आव्हान गर्नु भएको छ ।