मन्त्रीपरिषद् बिस्तारबारे छलफल गर्न बालकोटस्थित ओली निवास पुगे प्रधानमन्त्री प्रचण्ड

भक्तपुर, २७ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

आज साँझ करिब साडे ६ बजे बालकोटस्थित ओली निवास पुग्नु भएका प्रधानमन्त्री दाहाल र ओलीबीच करिब डेढ घण्टा भेटवार्ता पछि राती ८ बजे प्रधानमन्त्री दाहाल बालकोटबाट बालुवाटार फर्किनु भएको छ ।

प्रचण्ड र ओलीबीच सरकारलाई पूर्णता दिएर संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल भएको एमाले अध्यक्ष ओलीको प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिनुभयो ।

मंगलबार प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले दिएको विश्वासको मतकोबारेमा पनि भेटमा छलफलमा छलफल भएको बताइएको छ ।

छलफलमा मन्त्रीपरिषद विस्तार, मन्त्रालयको भागवण्डा, सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयन, सभामुखको निर्वाचन लगायतको समसामयीक राजनीतिक बिषयमा गहन छलफल भएको ओलीका प्रेस संयोजक बजगार्यले जानकारी दिनु भयो ।

आगामी शुक्रबारसम्म केही राज्यमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषद बिस्तार गर्ने र मन्त्री भएकाहरुलाई पनि मन्त्रालयको जिम्मेवारी दिनेबारेमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलहरुबीच छलफल र समन्वयमा मन्त्रालयको संख्या र विभाग बाँडफाँट गरिने बताइएको छ ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0