भक्तपुर, ५ जेठ । सूर्यविनायक नगरपालिका क्षेत्रमा बस्दै आउनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको प्रमुख, उपप्रमुखसहित विजयी हुने एमालेका सबै उम्मेदवारलाई बधाई तथा शुभकामना दिनु भएको छ । आज बिहान बालकोटस्थित आफ्नै निवासमा नवनिर्वाचित नगर प्रमुख बासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सििना भट्टराईलाई उहाँले टीका तथा खादा लगाइदिएर बधाई दिनु भएको हो ।

बिजयी भए पछि ओली निवास पुग्नु भएको प्रमुख थापा र उपप्रमुख भट्टराईलाई उहाँले बधाई तथा शुभकामना दिदै सूर्यविनायकको बिकास, समृद्धि र जनताको उन्नतीका लागि कुनै कसर नराखी काम गर्न सुझाब दिनु भयो । जनताको मन जित्दै जनचाहना र आवश्यकतालाई बुझेर एमालेको सान जोगाउदै काम गर्न उहाँले शुभकामना दिनु भयो ।

त्यसैगरि आजै नेकपा एमालेले दिउँसो ३ बजे सूर्यविनायकस्थित पार्टी कार्यालयबाट विजय र्याली आयोजना गर्ने भएको छ । सूर्यविनायक पार्टी कार्यालयबाट निस्कने विजय र्याली सूर्यविनायक नगरपालिकाको सुन्दरबस्ती, पाण्डुबजार, सल्लाघारी हुदै कटुञ्जेस्थित चक्रपाणाी चोकमा पुगेर सभामा परिणत हुने भएको छ ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0