मध्यपुरथिमिमा मदन सुन्दर श्रेष्ठले के गर्यो ? केही गर्न सकेन भन्नेहरुका लागि पाँच वर्षको अबधीमा के के काम भए, अल्पमतमा हुँदा त यति धेरै काम गर्न सक्ने नगर प्रमुखले यति धेरै काम सफल भए भने फेरी पनि जनताको मन मनबाट सूर्यलाई मतदान गरि विजयी गराएमा मध्यपुरथिमिको बाँकी विकासलाई पूर्णता दिने घोषणा उहाँले गर्नु भएको छ ।
==================================================
भक्तपुर, २६ बैशाख । मध्यपुरथिमि नगरपालिकामा २०७४ साल जेठदेखि २०७८ बैशाख १२ गतेसम्म स्थानीय सरकारको नेतृत्व गर्नु भएका मध्यपुरथिमिका निवर्तमान नगर प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुरथिमिको बिकासमा दिलोज्यान लगाएर काम गर्नु भएको छ ।
अल्पमतको नेतृत्व सञ्चालन गरेर बहुमत प्रतिनिधिहरुसँगको असहयोगका बीचमा पनि नगर प्रमुख श्रेष्ठले मध्यपुरथिमि नगरपालिकालाई बाह्य तथा आन्तरिक पर्यटकको गन्तव्य मात्रै बनाएनन् विश्वमै मध्यपुरथिमिको पहिचानलाई पुर्याउन सफल भएर नेपालकै पहिलो शियन टाउनस्केप अवार्ड प्राप्त गर्ने नगरपालिका घोषित भए । मूर्त मात्रै नभई अमूर्त कला, संस्कृतिको संरक्षण गरेका श्रेष्ठले आफ्नो कार्यकालमा सम्पन्न गरेका बिभिन्न आयोजनाहरुको बिस्तृत विवरण यस प्रकार रहेको छ ।
मध्यपुरथिमिमा मदन सुन्दर श्रेष्ठले के गर्यो ? केही गर्न सकने भन्नेहरुका लागि पाँच वर्षको अबधीमा भएका कामका विवरण प्रस्तुत गरिएको छ । अल्पमतमा हुँदा त यति धेरै काम गर्न सक्ने नगर प्रमुखले फेरी पनि जनताको मन मनबाट सूर्यलाई मतदान गरि विजयी गराएमा मध्यपुरथिमिको बाँकी विकासलाई पूर्णता दिने घोषणा उहाँले गर्नु भएको छ ।
सुशासन, समृद्धि र समाजवादको आधार, मध्यपुर थिमि नगरपालिकामा एमालेको सरकार भन्ने नाराका साथ नगर प्रमुखमा पुनः उम्मेदवारी दिनु भएका निवर्तमान मेयर तथा हाल मेयर पदका उम्मेदवार मदनसुन्दर श्रेष्ठले विगत पाँच वर्षमा गरेको विकासका कामहरुको विवरण यस प्रकार रहेको छ । संस्कृति र पर्यटनको बिकासमा हरियाली पार्क निर्माण तर्फमा अतुलनीय काम गर्नु भएका उहाँले मध्यपुरििम क्षेत्रमा निर्माण गर्नु भएको हरियाली पार्कहरु यस प्रकार रहेका छन् ।
१) शंखधर पार्क, २) यमा पार्क, ३) आल्चको पार्क, ४) सिद्धिकाली कुतिगः डाँडा, ५) निलवर्ण चोडे पार्क, ६) तछुताँ पार्क, ७) गयर डोफो, नगदेश, ८) चिहान पार्क, बोडे, ९) लोकन्थली बाल उद्यान पार्क, १०) सानोठिमी पार्क, ११) कुमारी पार्क, बोडेको निर्माण सम्पन्न गरेर मध्यपुर थिमिलाई सुन्दर पार्कको सहरको नमूना दिन सफल हुनु भएको छ ।
त्यस्तै वर्षौदेखि पहिचान मेटिन खोजेको, पुरिएका पोखरीहरुलाई नयाँ जीवन दिएर मध्यपुरथिमि सम्पदामा पोखरीहरुको पनि सहर हो भनेर पहिचान थप्न सफल हुनु भएको छ । नगर प्रमुख हुँदा आफ्नो पाँच वर्षे कार्यकालमा मध्यपुरथिमि भित्रका पुनर्निर्माण सम्पन्न गरिएका पोखरीहरु यस प्रकार रहेका छन् ।
१) दक्षिण बराही पोखरी, दक्षिणबाराही, क्वाछेँ, २) वामुने पोखरी, थिमि, ३) बालकुमारी पोखरी, थिमि, ४) विष्णुकुण्ड पोखरी, थिमि, ५) कयेकू ताँ पोखरी, थिमि, ६) निगूपुखू, थिमि, ७) सिवा पोखरी, थिमि, ८) भुलांखेल पोखरी, थिमि, ९) गुंलापुखू, नगदेश, १०) पलेस्वाँ पुखू, बोडे, ११) खाँसी पोखरी, बोडे, १२) द्योबु पोखरी, बोडे, १३) कुमारी पोखरी, बोडे, १४) लाछि पोखरी, बोडे, १५) नछुटोल पोखरी, बोडे, १६) ख्वपलाँ पोखरी, बोडेको पुर्न निर्माण सम्पन्न भएका छन् अन्य पोखरीहरुको पुर्न निर्माण सम्पन्न गर्ने उहाँको लक्ष्य रहेको छ ।
त्यसैगरि जीर्ण बनेर पहिचान मेटिन खोजेका मध्यपुरथिमि नगरपालिका भित्रका ऐतिहासिक दरबार र बुद्धबिहारहरु पुर्न निर्माण सम्पन्न गर्न सफल भएका छन । श्रेष्ठ आफू नगर प्रमुख हुँदा पुर्ननिर्माण गराएका दरबारहरु मध्ये १) लाय्कू दरबार, बोडे, २) लाय्कू दरबार, थिमि, ३) लाय्कू दरबार, नगदेश रहेका छन् भने बुद्ध विहारहरु तर्फ १) पाटी बिहार, थिमि, २) गुणकीर्ति महाविहार, दिगुटोल, थिमि, ३) जेटवर्ण बिहार (दथु बहाः), चपाचो, ४) बुद्धविहार, नगदेश रहेका छन् । जसले मध्यपुरथिमिको पहिचानलाई उच्च बनाउन सफल भएका छन् ।
त्यसैगरि मध्यपुरथिमि भित्रका बिभिन्न ऐतिहासिक फल्चा अर्थात पाटीृहरुले पनि नयाँ जीवन पाएका छन् । यहाँका २५ वटा पाटी अर्थात फल्चाहरुको पुर्ननिर्माण यस प्रकार रहेका छन् ।
पाँच वर्षमा पुनर्निर्माण भएका फल्चाहरुमा १) तछुटोल पाटी, २) कयेकू ताँ फल्चा, ३) दथुटोल फल्चा– २ वटा, ४) वामुने फल्चा– २ वटा, ५) भुलांखेल फल्चा, ६) सिवा फल्चा– २ वटा, ७) भाः फल्चा, शंखधरचोक, ८) सुंगा फल्चा, ९) कय्कूतां फल्चा– २ वटा, १०) ताःद्यो फल्चा, ११) निगूपुखू फल्चा, १२) लाभाडोल फल्चा, १३) चोडे फल्चा, १४) कुम्हाननी फल्चा, १५) नासःननी फल्चा, १६) लाछि फल्चा, नगदेश, १७) वाः ननी फल्चा, नगदेश, १८) थिमि लाँ फल्चा, बोडे, १९) पाँचो फल्चा– २ वटा, बोडे, २०) कुमारी द्यो फल्चा– २ वटा, बोडे, २१) द्योबु फल्चा, बोडेको पुर्न निर्माणले मध्यपुरथिमि भित्रको ऐतिहासिक पहिचानलाई उच्च बनाएको छभने जेष्ठ नागरिकदेखि धार्मिक भजनखलका लागिसमेत निकै सहज र उपलब्धी बनेको छ ।
त्यस्तै मध्यपुरथिमि नगरपालिका भित्र कतिपय पुरिएका, कतिपय लोपोन्मुख अबस्थामा पुगेका र जीर्ण बनेका ढुङेधारा अर्थात हिटीहरुले पनि नयाँ जीवन पाएका छन् । मल्लकालिन शैलीमा पुर्न निर्माण भएका ल्वहंहिटी (ढुंगेधारा)हरु पुनर्निर्माण यस प्रकार रहेका छन् ।
१) क्वलाखू हिटी, २) कय्कूतां हिटी, ३) नाय् हिटी– २ वटा, ४) बप्पा हिटी, ५) स्वधाः हिटी, ६) पुं हिटी, ७) ब्रम्ह हिटी, चोडे, ८) थापा हिटी, लाभाडोल, ९) सिद्धिकाली हिटी, १०) न्हूहिटी, नगदेश, ११) बाघ धारा, धुंचोपाखा, १३) चिहान पार्क हिटी– ३ वटा, बोडे, १३) कुमारी हिटी– ३ वटा, बोडे, १४) विष्णुघाट हिटी, बोडे, १५) लाछिहिटी, बोडे, १६) नछुटोल हिटी, बोडे, १७) ख्वपलाँ हिटी, बोडे, १८) निलबाराही हिटी, १९) इनारहरुको पुनर्निर्माण सम्पन्न भएको छ ।’
मध्यपुर थिमिमा रहेका दर्जनौं इनारहरुलाई परम्परागत शैलीमै पुनर्निर्माण गरिएका छन् भने बाँकी रहेको अरु हिटीहरुको पुर्ननिर्माण गर्ने योजना श्रेष्ठसँग रहेको छ । त्यस्तै मध्यपुरथिमिका पुराना बस्तीहरुलाई परम्परागत बस्तीको रुपमा पहिचान दिदै बिकास गर्ने उदेश्यले विगत पाँच वर्षमा सम्पदा बस्तीहरुमा ढुंगा छपाईका काम पनि भएको छन् । मध्यपुर थिमिको प्रमुख सांस्कृतिक एवं सम्पदा बस्तीहरुका साथै नयाँ बस्ति विकास भएको स्थानमा समेत ढुंगा छपाई गरिएको छ ।
त्यसैगरि पाँच वर्षको अन्तरालमा श्रेष्ठले विभिन्न मन्दिरहरुको पुनर्निर्माण समेत सम्पन्न गर्न भ्याएका छन् । परम्परागत शैलीमा पुर्न निर्माण गरिएका ऐतिहासिक मन्दिरहरु यस प्रकार रहेका छन् ।
१) सिद्धिगणेश मन्दिर, नगदेश २) कुमारी मन्दिर, बोडे, ३) निलबाराही मन्दिर, ४) सिद्धिकाली मन्दिर, ५) बालकुमारी मन्दिर, ६) भवानी शंकर (ताःद्यो) मन्दिर, ७) थासमां गणेश, ८) वामुने गणेश, ९) तछुटोल गणेश, १०) अजिमा द्यो, ११) कृष्ण मन्दिर, १२) महादेव मन्दिर, सिद्धिकाली, १३) सरस्वती मन्दिर, सिद्धिकाली, १४) भिमसेन मन्दिर, बहाखा, १५) महादेव मन्दिर बहाखा, १६) बप्पा महादेव, १७) ताःद्यो मन्दिर, बोडे, १८) सरस्वती मन्दिर, बोडे, १९) गणेश मन्दिर बोडेको पुर्ननिर्माण सम्पन्न भएको छ ।
त्यसैगरि मध्यपुरथिमिका बिभिन्न ऐतिहासिक बस्तीहरुको पहिचान दिन प्रवेशद्धार समेत निर्माण गरिएको छ । परम्परागत शैलीमा निर्माण भएका प्रवेशद्वारहरुमा नगदेश जाने १) नगदेश प्रवेशद्वार, २) निलबाराही प्रवेशद्वार, ३) थिमिलाँ प्रवेशद्वार, ४) ख्वपलाँ प्रवेशद्वार, ५) सिद्धिकाली प्रवेशद्वार रहेका छन् ।
मूर्त कला, संस्कृतिहरुको मात्रै नभई अमूर्त सम्पदाहरुको समेत संरक्षण गरेर यहाँका अमूर्त कलालाई पुर्न जीवन दिन सफल मदन सुन्दर श्रेष्ठले यहाँका लोप भइसकेको र बन्द भइसकेको ऐतिहासिक नाचहरुलाई पुर्न सञ्चालनमा ल्याउन सफल हुनु भएको छ । मध्यपुरथिमिमा पुर्नजीवन पाएका नाचहरु यस प्रकार रहेका छन् । १) लाय्कू भैलः २) महाकाली नाच, ३) निलबाराही नाच ४) नागाचा प्याखं, ५) पुलुकिसी नाच, ६) सलचा प्याचं रहेका छन् भने विभिन्न जात्रा एवं पर्वहरुलाई पनि पुर्नजीवन दिन सफल हुनु भएको छ ।
कला, संस्कृति, मठ मन्दिर, पोखरी पार्क बाहेक मदन सुन्दरले अरु केही बिकास गरेन भन्नेहरुलाई त्यस बाहेक अरु बिकासका काम पनि तिब गतिमा गरेको उदाहरण प्रशस्तै छन् । जसमध्ये खानेपानीतर्फ १) ट्रंक लाइन विस्तार, २) सडकको दुई साइडमा खानेपानी पाइपको विस्तार, ३) टिबी हस्पितल, लोकन्थली, इन्द्रकमलमा पानी ट्याङ्कीको निर्माण गरी थप ३० लाख लिटर क्षमतामा विस्तार, मेलम्ची खानेपानी आयोजनालाई समग्र भक्तपुर जिल्ला मै वितरण गर्न, पाइपलाइन विस्तारको काम सम्पन्न भएका छन् ।
त्यस्तै ढल ब्यवस्थापनतर्फ विगतमा ढलको समस्या भएको स्थानमा नयाँ ढल राखि ब्यवस्थापन गरिएको छभने ढल नपुगेको नयाँ बस्तीहरुमा ढल, खानेपानीसमेतको ब्यवस्था गरी बाटो तथा सडक सुधार गरिएको छ । त्यस्तै नगरपालिका भित्रका सडक बिस्तारको काम पनि सम्पन्न भएका छन् । जसमा १) पेप्सीकोला–निकोसेरा सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, २) बहाखाबजार–मुलपानी सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ३) सुन्दरनगर–सिद्धिकाली सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ४) गठ्ठाघर–सानोठिमी सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र, गर्ने कार्य, ५) निकोसेरा–गाखु सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ६) शंखधरचोक–हनुमन्ते पुल सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ७) शंखधरचोक–बाय्रिलाँ दक्षिणबाराही जाने हनुमन्ते पुल सडक निर्माण र कालोपत्र गर्ने कार्य, ८) नगरपालिका कार्यालय जाने सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य सम्पन्न गरिएको छ । आगामी पाँच वर्ष भित्र बाँकी खानेपानी, ढल र सडकको काम सम्पन्न गर्ने योजना बनाएकोमा कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको सबै सडक कालेपत्र गर्ने गरि सुरु भएको छ ।
नगर पालिकामा स्वास्थ्य सेवाले निकै फड्को मारेको छ । स्वास्थ्य बिमादेखि उपचारसम्ममा नगरपालिकाले ठूलो र प्रभावकारी कदम चाल्न सफल भएको छ । कोरोना महामारीमा आफै निकै खटिएर जनताको स्वास्थ्य सुरक्षाका लागि नेपालमै पहिलो पटक पीसीआर मेशिन सञ्चालन गर्न, अक्सिजन प्लान्ट सञ्चालन गर्न, कोरोनाको उपचार सफल रुपमा सम्पन्न गर्न आईसियू र एनआइसियूलगायतका बिभिन्न सेवाहरु संकटका बाबबजुत पनि सम्पन्न गर्न सफल हुनु भएको छ ।
स्वास्थ्यतर्फ विगतमा कोरिया–नेपाल अस्पताल नामांकरण भै रहेकोलाई नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल नाम परिवर्तन गरी विधिवत रुपमा नगरपालिका अन्तरगत ल्याएर ब्यवस्थित रुपमा नगरवासीलाई स्वास्थ्य सेवा पु¥याउन उहाँ सफल हुनु भएको छ ।
त्यस्तै स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा विस्तार गरी संचालन गरेको, सरकारले स्वास्थ्य बिमाको रकम भुक्तानी नदिंदा केहि समय बिमा स्थगित गरी नगरपालिका आफैले नगरबासीलाई सहुलियतमा सेवा प्रदान गरेको, स्वास्थ्य बिमा सेवा बन्द गरी भुक्तानीको लागि सरकारलाई दबाब दिएपछि ७ करोड भुक्तानी प्राप्ति पछि पुनः स्वास्थ्य बिमालाई निरन्तर संचालन गरेको, गम्भीर प्रकृतिको रोग लागेका नगरबासीहरुलाई घरघरमा अक्सिजन सेवा दिदै आएको, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई ३०० बेडको क्षमता विस्तार गर्न कोरिया सरकारबाट करिब १ अर्ब ५ करोड रुपैंया अनुदान सहयोग सुनिश्चित गरेको, पालिकाहरु मध्ये नेपाल–कोरिया नगरपालिका अस्पतालमा कोभिड– १९ महामारीको समयमा पीसिआर ल्याब स्थापना गरी पीसिआर परीक्षण गरेको, आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी एचडियू, आइसियू संचालन गरी विरामीको उपचार गर्न सफल भएको थियो ।
त्यस्तै शिक्षातर्फ सामुदायिक विद्यालयको पुनर्निर्माण, भौतिक, कम्प्यृटर, प्रिन्टर सहयोग, पालिकास्तरिय आधारभूत तहको परीक्षा शुल्क विद्यार्थीहरुलाई निःशुल्क गरी संचालन गर्न सफल भएका छन् । खेलकूदको बिकासमा टेवा पुर्याउदै आउनु भएका नगर प्रमुखले मध्यपुरथिमि क्षेत्रभित्र ३ वटा फुटबल खेल मैदान ब्यवस्थित गरेको, कमेरोटार, भाँगु लगायतका स्थानमा फुटस्टल निर्माण गरेको, कराते एकेडेमीको स्थापना गरेको, भवन निर्माण, जिम्नाष्टिक कभर्ड हल निर्माण, बोडे, कराते, जिम्नाष्टिक, बडिबिल्डिङ्ग, भारातोलन, चेस, ब्याडमिन्टन, लफुडस्टल, फुटबल लगायत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहकार्य गर्दै आएको छ ।
त्यसै गरि मध्यपुरथिमि नगरपालिका भित्रका सार्वजनिक जग्गा संरक्षण गर्ने काम पनि गरिएको छ । भू–माफियाहरुले अतिक्रमण गरेको सार्वजनिक जग्गाहरु संरक्षणमा उल्लेख्य काम सम्पन्न गरेको छ । सामुदायिक भवनहरु निर्माण तर्फ भने नगरपालिकाले शंखधर साख्वाः सामुदायिक भवन निर्माण गरी नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानलाई हस्तान्तरण र सोही भवनमा पर्यटकीय सूचना केन्द्र समेत स्थापना गरेको छ । त्यस्तै मध्यपुर थिमि नगरका विभिन्न वडा कार्यालयहरुको भवन निर्माण सम्पन्न गरिएको छ । वडा कार्यालय भवनको निर्माण गर्ने क्रममा वडा नं. १ कार्यालय भवन, वडा नं. ३ कार्यालय भवन, वडा नं. ७ कार्यालय भवन निर्माण गर्न सफल भएको छ ।
नगरपालिकाले आफ्ना नगरवासीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको व्यबस्था गरेको छ । जसमध्ये नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा २५० भन्दा बढीलाई थप प्रत्यक्ष रोजगारी प्रदान गरिएको छभने नगर प्रहरीमा २५ जना, तीन जना दृष्टिविहिनलाई ब्यवस्था, फोहर मैला ब्यवस्थापनमा रोजजारीको अवसर प्रदान गर्नुका साथै दर्जनौं सम्पदा पुनर्निर्माणमा सयौं जना स्थानीय डकर्मी, कलाल्मक सिकर्मी, महिलाहरुलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।
त्यस्तै नगरवासीलाई सहज र सुलभ रुपमा सुशासनको प्रत्याभूति दिलाउदै बिभिन्न कामहरु गरेको छ । नगरपालिकाले हरेक वडालाई अधिकार सम्पन्न गर्नुका साथै नगरपालिकाले महाशाखा बनाई कार्य सम्पदान गरी सुशासन कायम गरेको छ । नक्सा पासलाई प्रविधि मैत्री बनाई अनलाइन नक्सा पासको नीति अबलम्बन गरेको, विगतमा ब्यापक भ्रष्टाचारको रुपमा बदनाम भएको नगरपालिकालाई भ्रष्टाचारको जालो तोडेर भ्रष्टाचार नियन्त्रण गरेको निवर्तमान् नगर प्रमुख एवं मेयरका उम्मेदवार मदन सुन्दर श्रेष्ठले जानकारी दिनु भयो ।
फोहरमैलाको ब्यवस्थापनमा पनि उल्लेख्य काम गर्न सफल यस नगरपालिकामा जापानी ऋल्द्यल्ी प्रविधि भित्रयाई घरघरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल उत्पादन गरी मध्यपुर थिमिको फोहर मध्यपुर थिमिमै ब्यवस्थापन गर्ने कार्य थालनी गरेकोगरेको छ । यसलाई नगरपालिकाको सबै वडाको फोहोर व्यबस्थापन गर्ने गरि बिस्तार गर्ने योजना रहेको छ ।
त्यस्तै नगर विकास प्राधिकरणसँग एक्लै लड्दै आएका श्रेष्ठले दुई वटा आयोजना हस्तान्तरण गरी स्वामित्व ग्रहण गर्न सफल भएको छ । वर्षौदेखि सम्पन्न हुन नसकि रहेको कमेरोटार जग्गा एकीकरण आयोजना र दिब्यवरी जग्गा एकीकरण आयोजनालाई नगर पालिकाले आफ्नो मातहत ल्याएर छिटोभन्दा छिटो सम्पन्न गर्ने योजनाका साथ तिब्र काम गर्न सफल भएको छ ।
त्यस्तै नगरपालिकाले बस्ती विकास ऐनसमेत पारित गरेको छ । नेपालका पालिकाहरु मध्ये मध्यपुर थिमि नगरपालिकाले पहिलो पटक बस्ती विकास तथा जग्गा एकीकरण आयोजना संचालन ऐन २०७७ बनाएको हो ।
नगरपालिकामा चोरी बढेपछि सुरक्षा प्रबन्धसमेत मिलाइएको छ । मध्यपुर थिमिस्थित मठमन्दिर, पाटी पौवा आदिका मूर्ति चोरी हुनेक्रम रोक्न सम्पदानै कुरु हुने गरि राखिएको फलामे बार हटाएर त्यसको ठाउँमा सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरीसमेतको सहयोग र समन्वयमा सिसि क्यामेरा जडान गरी सुरक्षा प्रबन्ध मिलाएको छभने मध्यपुरथिमिको राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न सिसि क्यामेरा जडान गरी नेपाल प्रहरीको सहयोगमा अनुगमन तथा सुरक्षा ब्यवस्था मिलाएको छ ।
त्यस्तै नगरको विकास, संस्कृतिको सम्बद्र्धन र प्रबद्र्धन, प्रचारप्रसार लगायतको लागि स्थानीय रुपमा क्रियाशिल गैर सरकारी संस्थासंग सहकार्य गरी विभिन्न कार्यहरु सम्पन्न गरेको, मध्यपुर थिमि नगरलाई गन्तब्य मध्यपुरको रुपमा विकास गर्न यससंग सम्बन्धित संस्था, छापा, अनलाइन, टिभी लगायत संचार क्षेत्र तथा संचारकर्मीहरुको सहयोगबाट नगरलाई गौरब गर्न लायक बनाउन श्रेष्ठ सफल हुनु भएको छ । त्यस्तै कृषितर्फ आधुनिक कृषि खेती गर्न कृषकलाई तालिम तथा आधुनिक कृषि सामग्री वितरण गरेको र बढ्दो सहरीकरणलाई ध्यान दिएर कौशी खेतीको तालिम तथा प्रबद्र्धन गरेको छ ।
निवर्तमान नगर प्रमुख एवं स्थानीय तह निर्वाचन २०७९ को मेयर पदमाका प्रत्यासी मदन सुन्दर श्रेष्ठले आउँदो ३० गते हुने निर्वाचनमा सूर्य चिन्हमा छाप लगाई बिजयी गराएमा जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक हुने अनुभूति गर्ने गरि काम गर्ने, सामाजिक जागरण र विकासका अभियन्ता भएर काम गर्ने, हाम्रो नेतृत्वमा रहेका पालिकाहरु सुशासनमा नमूना बनाउने,सदाचारमा दृष्टान्त स्थापित गर्ने, आफूले कुनै भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने, भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारी, ब्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मध्यपुरथिमिका बासिन्दासँग अब पाँच वर्षका लागि आफूलाई मत दिई निर्वाचित गराइदिन हुन आव्हान गर्नु भएको छ ।