भक्तपुर, ८ साउन । भक्तपुर नगरपालिका–१ सल्लाघारी स्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडकमा सडक छेउको सल्लाको रुख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनको पहिचान खुलेको छ ।

दिउँसो काठमाण्डौंबाट यात्रु बोकेर दूधपाटीहुँदै कमलविनायक जादै गरेको बा. २ ख. ३५८४ नं. को यात्रु बाहक बस र दूधपाटीबाट सल्लाघारी तर्फ जाँदै गरेको बा. ६१ प. ३९७८ नं. स्कुटरलाई ढलेको रुखले किच्दा बसमा सवार दुई र स्कुटरमा सवार एक जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका १५ जना मध्ये बसमा सवार भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाही हरिवन नगरपालिका–४ घरभएका ४५ वर्षीय राजकुमार भुजेलको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

दुर्घटनामा घाइते भएका १२ जनाको मध्ये भनपा.–१० कमलविनायक बस्ने १९ वर्षीय रितिक बासुकला, चानपा– ४ चाँगु बस्ने १८ वर्षीया निशा लिगल, काठमान्डौ–१० बुद्धनगर बस्ने ६८ वर्षीय पदमप्रसाद योजु, रामेछाप दोरम्वा गा.पा.–७ घर भई हाल सूर्यविनायक न.पा–८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भई हाल सूर्यविनायक वस्ने १६ वर्षीय आकाश वाईवा र भक्तपुर नपा–७ बस्ने १८ वर्षीय सिम्रन लागेजुको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।

त्यसैगरि उदयपुर लिचुंगु गापा.–१ भई हाल काठमाण्डौ स्वयम्भु बस्ने बर्ष ४१ को निलबहादुर राई, पर्वत जलजला गा.पा.–७ घर भई हाल काठमान्डौ शंखमुल बस्ने १९ वर्षीय समिर आचार्य, पाँचथर याङ्गवरक गा.पा.३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बु, पाँचथर याङ्गवरक गा.पा.३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीया अप्सरा लिम्बु, पर्वत फलेवास न.पा.२ घर भई हाल काठमान्डौ वानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर न.पा.८ जेला बस्ने ४८ वर्षीया लक्ष्मी दुवालको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ ।

घट्नाको बारेमा भक्तपुरका सांसद प्रेस सुवालले संसदमा बोल्दै मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न सरकारसँग माग गर्नु भयो । त्यस्तै गृहमन्त्री बाल कृष्ण खाँडको घाइतेको उपचारको व्यबस्था तत्काल मिलाउन निर्देशन दिनु भएको छ । मन्त्रीको निर्देशन पछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलगायतको टोलीले घट्नास्थल, अस्पतालमा उपचार गराइरहेका अस्पतालमा पुगेर विरामीको अबस्थाकाबारेमा जानकारी लिनु भएको छ ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0