लेखापढी व्यवसायमा व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा राना निर्वाचित
भक्तपुर, ४ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा बालकोट निवासी रामशरण राना विजयी हुनुभएको छ । नेपालमा कोरोनाको महामारी र अन्य कारणले रोकिएका अधिवेशन अन्तर्गत सात वर्षमा आज सम्पन्न भएको निर्वाचनमा १७४ मत प्राप्त गरि राना नर्वाचित हुनुभएको हो ।
सुरुमा अध्यक्षमा उम्मेदवार घोषणा गरि उम्मेदवारी दर्ता गराउनु भएका राजेन्द्रकुमार दाहाल (राजकुमार), राजेन्द्र बस्नेत र सुरेशकुमार राउतले सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएपनि राना र उहाँका निकटम प्रतिष्पर्धी नवराज दाहाल ‘जुझारु’ चुनावी प्रतिस्पर्धामा जानु भएको थियो । निर्वाचनबाट दाहालले कूल ९१ मत प्राप्त गर्नुभयो ।
कूल १३ सदस्यीय कार्यसमितिका लागि दुई वटा प्यानल बनाएर भएको निर्वाचनमा सचिव र तीन सदस्य बाहेक सबै राना समूहका निर्वाचित भएका छन् । एशोसियसनको उपाध्यक्षमा १८० मतका साथ रामकाजी पाटी निर्वाचित हुनु भयो भने उहाँका प्रतिष्पर्धी नरेश खड्काले ८३ मत प्राप्त गर्नुभयो ।
सचिवमा १३१ मत प्राप्त गरि दिपक श्रेष्ठ निर्वाचित हुनुभयो भने पाँच मतले पछाडि पार्दै १२६ मत प्राप्त गर्नु भएका जयराम फोजूले १२६ मत प्राप्त गर्नु भएको थियो ।
सहसचिवमा रामभक्त किजुले ९९ मत प्राप्त गरि निर्वाचित हुनु भयो भने उहाँका निकटतम प्रतिद्धन्दी अशोक नायभारीले ८० मत र ऋषिराम के.सी.ले ७८ मत प्राप्त गरि पछाडि पर्नुभयो । कोषाध्यक्षमा राना समूहका रुपा भण्डारी १६५ मतका साथ निर्वाचित हुनुभयो भने सहकोषाध्यक्षमा ईश्वरमणी भट्टराई १०६ मतका साथ विजयी हुनुभयो ।
सदस्यहरुमा लक्ष्मण डोटेल (१०७), मनिता शर्मा (१११), अच्युत शिवाकोटी (९८), सुरोज कवाँ (१०२), विकास कुस्मा (१०३), श्यामसुन्दर सिलवाल (९६) र श्यामसुन्दर घटुवा (११५) निर्वाचित हुनुभयो । निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत प्रियकुमार थापाले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । निर्वाचनमा निर्वाचन अधिकृत रामबाबु फुँयाल र सुमन कार्कीले सहज रुपमा सम्पन्न गराउनु भएको थियो ।
अध्यक्षमा राना निर्वाचित भएपछि नेपाली काँग्रेसका जिल्ला सभापति एवं सांसद दूर्लभ थापाले बधाई दिनुभयो ।