वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला

भक्तपुर, २ असार । सूर्यविनायक नगरपालिका–७, गुण्डुमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार मञ्चको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम सूर्यविनायक नगरपालिका वडा नं. ७ को कार्यालय भवनको सभा हलमा आयोजना भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष रविन्द्र सापकोटाले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरेका थिए । प्रमुख अतिथिका रुपमा बोल्दै सापकोटाले वडामा हाल विकास निर्माणका काम सम्पन्न भएको र केहि भइरहेको बताउनुभयो । वडा अध्यक्ष सापकोटाले वडाले प्रवाह गर्दै आएका सेवा, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । वडाले अघि सारेका योजना र कार्यान्वयनको प्रगति पनि कार्यक्रममा छलफलको विषय बनेको थियो ।

विकास निर्माणको काम सुस्त भएका विभिन्न योजनाहरु पुर्व उद्योग मन्त्री महेश बस्नेतको पालामा नगरपालिकाको सिमित बजेट पुर्व मन्त्री बस्नेतले यस ठाउँ र समग्र भक्तपुरको लागि धेरै बजेट पारेकोले पनि अहिले गुण्डुमा जति विकासका काम भएको छन त्यो कुराले सम्भव भएको बताउनुभयो । हाल जहाँ विकासको काम हुन बाँकी छ, त्यो वडाले गर्न सम्भव छैन आउने बजेट पनि रोकिएकोले स्वीमिङ पुल र फुटसल लगाएतको विकासको काम पुरा हुन नसकेको बताउनुभयो । स्थानीयको प्रश्नको उत्तर दिदै अध्यक्ष सापकोटाले गुण्डुमा विकासले गति नलिएको कारण के होला आफैलाई प्रश्न गर्नुपर्ने बताउनुभयो ।

गण्डुको प्लटिङको अनुमति किन दिएको भन्ने प्रश्नमा वडा अध्यक्ष सापकोटाले ८ महिनासम्म अनुमति नदिएको पछि सहकारीमा राखेको पैसा बचत कर्ताहरुलाई फिर्ता गर्न नसक्दा जग्गा दिने सहमति अनुसार नियम पुर्वको पछि आएकोले वडाले हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पार्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव, वडा सदस्यहरू, खानेपानीका अध्यक्ष, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष सापकोटाले दिनुभएको थियो ।

आयोजक संस्था क्रियाशिल पत्रकार मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन ऋसिकेस श्रेष्ठले गरेका थिए । त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार तथा मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले मन्तव्य राखेका थिए ।
क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरीले वडालाई सल्लाह दिदै स्थानीयहरुको जनगुनासो छिटोभन्दा छिटो समाधान होस र विकासका कामहरु सबै पुरा गर्नका लागि सुझाव समेत दिनुभएको थियो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0