सूर्यविनायक वडा नं. ८ ले गर्यो एसईई उतीर्ण विद्यार्थी र खेलाडीलाई सम्मान
भक्तपुर, १४ साउन । सूर्यबिनायक नगरपालिका ८ नं.वडा कार्यालयले एसईई परीक्षा उीर्ण विद्यार्थी तथा खेलाडीलाई सम्मान गरेको छ । शनिवार कार्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा वडा नं। ८ बाट एसइई परीक्षामा उत्तीर्ण हुने ८९ जना विद्यार्थीहरुलाई शसनवार विद्यार्थीहरुलाई सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले सम्मान गर्नु भएको वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेले जानकारी दिनु भयो ।
त्यसैगरि कार्यक्रममा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम राख्न सफल सिपाडोलकी खेलाडी गोमा सापकोटालाई पनि सम्मान गरेको छ । सापकोटाले टेबुल टेनिस बललाई १ मिनेटमा २४९ पटक भुइमा नखसाई हानेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्व कीर्तिमान राख्न सफल भए पछि कार्यालयले उहाँलाई सम्मान गरेको हो । नगरपालिकाकी उपप्रमुख भट्टराईले उहाँलाई स्म्मान गर्नु भएको हो ।
