भक्तपुर, ४ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ बाट वडाध्यक्षमा एमालेका युवा नेता पुष्पराज बस्नेतले २१ सय २२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बिदुरमान सिंह बस्नेतले ९९१ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा विश्वराम त्वायनाबासु, बिक्रम तामाङ, साबित्री मिश्र र अञ्जना नेपाली विजयी हुनु भएको छ ।
मत गणना सम्पन्न भएसंगै निर्वाचन अधिकृतको कार्यालय (प्राणाी उद्यान) बाट सुरु भएको विजयी र्र्याली सिपाडोलस्थित वडा कार्यालय पुगे पछि नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले सूर्य विनायक नगरपालिका जीतको नजिक पुगेको बताउनु भयो ।
उहाँले एमालेले स्थानीय निर्वाचनलाई ठूलो पाठको रुपमा लिदै गम्भिर समिक्षा गर्ने बताउदै युवा नेतृत्वले वडामा विजयी भएकाले सिपाडोल क्षेत्रको बिकास र युवाको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनु भयो ।
कार्यक्रममा निवर्तमान् वडाध्यक्ष किरण थापाले भक्तपुर जिल्लाको कर्णालीमा रहेको सिपाडोलको पार्टी भञ्याङ, नैचाल, काक्राबारी लगायतको क्षेत्रले रुप परिवर्तन गरेको भन्दै पाँच वर्षमा बिकासले ठूलो फड्को मारेकाले जनताको बिश्वासको मत आएको बताउनु भयो । एमालेले यहाँका जनताको मन जितेर मत पाउन सफल भएको भन्दै उहाँले यहाँका जनताले सूर्यलाई भोट दिएर कहिल्य पछुताउनु नपर्ने बताउनु भयो ।
उहाँले २०७४ को निर्वाचनमा पनि यहीँ वडाले मेयरको विजय सुनिश्चित गरेको र अहिलेको चुनाबमा पनि यहीको वडाले विजयी सुनिश्चित गरेर अगाडि बढाएको बताउनु भयो ।
नवनिर्वाचित वडाध्यक्ष पुष्पराज बस्नेतले आफू भन्दा ठूलाको सल्लाह, सुझाब, सबैको साथ लिएर आफ्नो वडाको विकासमा लाग्ने बताउनु भयो । वडाले नगरकै कान्छो वडाध्यक्ष पाएको बताउदै उहाँले यहाँका जनताको चाहनालाई बोकेर ठूलो मतको भारीलाई यहाँको बिकास, यहाँका जनताको समृद्धि र उन्नती दिलाएर बिसाउने बताउनु भयो ।
त्यसै गरि सूर्यबिनायक नगरपालिका वडा नं. ८ को मतगणना सम्पन्न भएसंगै नगर प्रमुखका उम्मेदवार बासुदेव थापाले अग्रता लिनु भएको छ । वडा नं. ८ सम्म आइपुग्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापाले ११ हजार ७ मत ७५ पाउदै अग्रता लिनु भएको छ । वडा नं. ७ सम्ममा ९ हजार ७ सय ७ मतमा पछाडि पर्दै आउनु भएका थापाले वडा नं. ८ बाट कांग्रेसका उम्मेदवार निशान ढुंगेललाई पछाडि पार्दै अग्रता लिनु भएको छ ।
नेपाली काँग्रेसका मेयरका उम्मेदवार निशान ढुंगेलले वडा नं.ंं ८ मा ८ सय मत प्राप्त गर्नु भएको र उहाँको ११ हजार २ सय २७ मत प्राप्त गरि ५४८ मतले पछाडि पर्नु भएको छ । उपमेयरमा एमालेकी उम्मेदवार सरिता भट्टराईले फराकिलो मतले अग्रता लिइरहनु भएको छ । भट्टराईले ११ हजार ७ सय ९१ मत ल्याउदा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ५ हजार ८ सय ७५ मत प्राप्त गरि ५ हजार ९२६ को मतान्तरले पछाडि पर्नु भएको छ ।