काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १० मिनेटदेखि सम्पर्कविहीन भएको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेको बताइएको छ । तारा एयरको (9-N-AIT)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको छ। तारा एयर स्रोतले दिएको जानकारी अनुसार जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेका थिए ।

सम्पर्कविहीन भएको जहाज खोज्न परिचालन गरिएको हेलिकोप्टरले पनि जहाज फेला पार्न नसकेको बताइएको छ ।  लेते र टीटीको डाँडातिरबाट सम्पर्कविहीन भएको भनिएको जहाज त्यो क्षेत्रमा पनि नभेटिएको तारा एयर स्रोतले जानकारी दिएको छ । प्रदेश सांसद महेन्द्र थकालीले लेते र टीटीको डाँडा क्षेत्रमा रहेका स्थानीयसँग आफूले कुरा गरेको बताउँदै त्यस क्षेत्रमा अहिलेसम्म जहाजको बारेमा कुनै जानकारी नभएको बताए ।

आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए। विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए। घटनाको विस्तृत जानकारीका लागि सुरक्षाकर्मी र स्थानीय सक्रियतापूर्वक लागिपरेको बताइएको छ।

मुस्ताङको लेतेमा भएको विमान दुर्घटना क्षेत्रमा घाँसाबाट नेपाली सेनाको टोली जाँदैछ। यसैगरी, काठमाडौँबाट पनि सेनाको हेलिकप्टर मुस्ताङतर्फ गएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिल्वालले बताएका छन्।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0