निर्वाचनमा जान सरकारले वातावरण बनाउन सरकार असफल भयो : केपी ओली
भक्तपुर, १९ मङ्सिर : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्य नभागेको र नभाग्ने बताउनु भएको छ ।
आज नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले यहाँ आयोजना गरेको एमालेको ११ औ राष्ट्रिय महाधिवशनको सन्दर्भमा भक्तपुर जिल्ला भेलामा बाल्दै उहाँले निर्वाचनमा जान सरकारले वातावरण बनाउन सक्नु पर्ने बताउनु भयो ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो, “चुनाबबाट एमाले भाग्दैन, भागेको पनि छैन । कसले चुनाब गराउँछ भन्ने सरकोर पनि एमाले राख्दैन तर चूरो कुरो के हो भने निर्भयतापूर्वक, निर्धक्क भएर भोट हाल्न जान सक्ने आधार र्सजना भएको खै ? नेताहरु भोट माग्न निर्धक्क भएर जनताको माझ जान सक्ने र जनता पनि निधक्क भएर चनावका दिन भोट हाल्न जान सक्नृ अबस्था त हुनु पर्यो नी ?”
जेलबाट फरार भएका ५७ सय कैदी अझै फरार रहेको, लुटेर लगेका हतियारहरु अझै बरामद नभएका अबस्थामा देशमा राजनीतिक अराजक समूहको हुलहुज्जतको अबस्थामा भाट हाल्न जान सक्ने वातावरण बनाउनु पर्ने उहाँको भनाई थियो ।
जेनजी नामको रामनामी र खास्टो ओढेर ४० वर्षमाथि उमेरका व्यक्तिले देशमा उदण्ड मच्चाईरहेको बताउदै उहाँले संसद पुर्नस्थापना गरेर जेन्जीसहितको सर्वपक्षिय सरकार गठन गरि जेन्जीको भावना अनुसारको संविधान संशोधन गरेर चुनाबमा जानु उपयुक्त हुने बताउनुभयो ।
अहिले एमालेलाई चौतर्फी रुपमा हमला भइरहेको अबस्थामा पार्टीको महाधिवेशलाई देश, लोकतन्त्र, संविधान र राष्ट्रियतालाई सर्वोपरीमा राखेर एकताबद्ध भएर जानु पर्नेमा जोड दिदै सहमति नभए प्रजातान्त्रिक पद्धतिबाट जान सकिने बताउनुभयो ।
महाधिवेशन सकिए पछि पुस १ गतेबाट देशको राजनीतिक बाटोको खाका खुल्ने दाबी गर्दै उहाँले महाधिवेशनबाट आएको परिणामलाई स्वीकार्दै एमाले एक ढिक्का र एकताबद्ध भएर पार्टी, देश, लोकतन्त्र, संविधान र राष्ट्रियता जोगाउन अग्रस्थानमा रहेर अगासड बढ्ने दाबी गर्नुभयो ।
उहाँले महाधिवेशको उद्घाटनका दिन सहभागि हुन पार्टी अध्यक्षका हस्ताक्षर रहेको निमन्त्रण कार्य प्रत्येक घरघरमा पुर्याउन निदैृशन दिनुभयो । उहाँले भक्तपुरको सल्लाघारीको चौरमा पूर्वमा जगातीाट र पश्चिममा जडिबुटीदेखि आएको र्याली सल्लाघारीमा जोडिने गरि डेढलाखभन्दा बढीको सहभागिता उद्घाटन सत्रमा हुने बताउनुभयो ।
  कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरु सोम मिश्र, निर्मल भट्टराई, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष एवं वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापालगायतले महाधिवेशन भव्य र सभ्व रुपमा सम्पन्न गर्नेगरि लागिरहको बतउनुभयो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0