एमाले महाधिवेशन उद्घाटन स्थल ऐतिहासिक चाँगुनारायण मन्दिरदेखि बिभिन्न सम्पदाको झल्को
भक्तपुर, २५ मङ्सिर : नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुने बिभिन्न जिल्लाबाट आएका प्रतिनिधिको आज दिनभर चहलपहल बढेको छ ।
बिभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरुले दिनभर कार्यक्रमस्थल आउँने हेर्ने, फोटो लिने, टिकटक बनाउनेलगायतका कार्य गर्दा उद्घाटनस्थलमा प्रतिनिधिको भीड लाग्न थालेको हो ।
उद्घाटनस्थलमा विश्व सम्पदा सूचीँमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कनेगरि मञ्च तयार भइरहदा कार्यकर्ताहरुको समेत भीड लागेको छ । मञ्चको दाँयाबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएको छ ।
आज रातभर पनि उद्घाटनस्थलमा मञ्चलगायत बिभिन्न संरचनाहरु निर्माण कार्य जारी रहने मञ्च निर्माणमा खटिनु भएका नेकपा एमाले भक्तपुर जिल्ला उपाध्यक्ष एवं वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिनुभयो । आज दिनभर मञ्चको मुख्य स्वरुप बनिरहेको बताउदै उहाँले रातभरी पनि मञ्च निर्माण गरिने, मञ्चसंगै करिब ३० वटा अस्थायी शौचालय र अन्य संरचनाहरु निर्माण गरिने बताउनुभयो ।
आज दिनभर कर्णालीदेखि सुदुर पश्चिममा बिभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको उद्घाटनस्थलमा दिनभर भीड भएको जानकारी दिदै उहाँले रौनकता बढेको बताउनुभयो ।
उद्घाटनस्थलमा चाँगुनारायण मन्दिरको स्वरुप निर्माण कार्य भइरहेको जानकारी दिदै उपाध्यक्ष थापाले ऐतिहासिक साँस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको झल्को दिनेगरि मल्लकालिन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण भइरहेको बताउनुभयो । मञ्चको बाहिरबाट चाँगुनारायण मन्दिर निकै आकर्षक देखिने र मन्दिरको प्राङ्नमा बसेर मन्दिरको सिँढीमा उभिएर बोलेको झै देखिने गरि आकर्षक मञ्च निर्माण कार्य भइरहेको बताउनुभयो ।
उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्यहरु राखिने बताउदै उहाँले मञ्चको उत्तरतर्फ करिब ३० वटा अस्थायी शौचालय निर्माण हुने, उद्घाटनस्थलमा झाकी प्रर्दशन गर्ने गेट, प्रमुख अतिथि एवं अतिथिहरु प्रवेश गर्ने गेट र सर्वसाधारण प्रवेश गर्ने गेट छुट्टाछुट्टै निर्माण गरिने बताउनुभयो ।
उद्घाटनका दिन करिब तीन लाख मानिस अट्ने गरि व्यबस्पान गरिने २५ हजार कुर्सी अगाडि राखिने, एमाले पार्टीसंगै बिभिन्न दलका शीक्र्षस्थ नेताहरु विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागी हुने गरि मञ्चको तयारी भइरहेको उहाँले बताउनुभयो ।
मञ्च निर्माणस्थलमा पुग्नु भएका एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले उद्घाटनका दिन नेसनल भोलियन्टर र बिभिन्न जनसंगठनका तर्फबाट १० हजार स्वयंसेवक परिचालन गरिने, ५५० जना पोशाकसहितका स्वयंसेवक परिचालन गरि उद्घाटन सत्रलाई अनुशासित र भव्य रुपमा सञ्चालन गर्ने तयारी भएको बताउनुभयो ।
यहीँ मंसिर २७ गते मध्यान्हमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्धारा हुने उद्घाटनमा जिल्लाका चारवटै पालिका र देशभरबाट आउनहरुलाई पूर्वको जगातीबाट र पश्चिमको गठ्ठाघरबाट र्यालीसहित गठ्ठाघर जाने गरि तयारी भएको बताउनुभयो ।
त्यसैगरि पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको निम्तो पत्र लिएर भक्तपुरको चारवटै नगरपालिकामा नेकपा एमाले भक्तपुर जिल्लाले घरदैलो सम्पन्न गरिएको एमाले भक्तपु जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।
एमालेको चारवटै पालिकाको वडा वडामा निमन्त्रणा कार्ड बोकेर कार्यकर्ताहरु घरघरमा पुगेर निम्तो बाड्ने कार्य करिब सम्पन्न भएको जानकारी दिदै उहाँले आजै बिभिन्न ठाउँमा ब्यानर र पार्टीको झण्डा गाडेर प्रचार प्रसार गर्ने कार्य गरिएको र भोलीदेखि माईकिङ्ग गरिने बताउनुभयो ।
उद्घाटनका दिन भक्तपुरको चारवटै पालिकाको वडावडाबाट साँस्कृतिक झाकीसहितको र्याली प्रर्दशन गर्दै कार्यक्रमस्थलमा आउने गरि तयारी भएको जानकारी दिनुभयो । भक्तपुरबाट २५ हजार कार्यकर्ता सहभागि गराउने गरि २२ हजार निमन्त्रणा कार्ड घरघर पुगेर बाडेको उहाँले बताउनुभयो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0