चाँगुनारायणको काखमा एमालेको महाधिवेशन, साँस्कृतिक नाचदेखि जंकुसमेत प्रर्दशन
भक्तपुर, २७ मङ्सिर : ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको प्राचिन सभ्यताको अदभूत नमूनाको रुपमा रहेको काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं सम्पदा चाँगुनारायण मन्दिरको काखैमा बनाइएको चाँगुनारायण मन्दिरको स्वरुपको आँगनमा आज नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
बिभिन्न जिल्लाबाट भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आएका सहभागिहरुले मन्दिरबारे निकै चासो मात्रै राखेनन् आएको बेलामा मन्दिर घुम्न जाने प्रतिबद्धता व्यक्त गरे । ओखलढुङ्गाबाट महाधिवेशनस्थलमा आउनु भएका सन्तोष खड्काले चाँगुनारायण मन्दिरलाई स्टेजमा देखेर मन्दिर पुग्न मन आतुर भएको बताउदै भोली बिहान साथीहरुसहितको टोली मन्दिरको अवलाृकनका लागि जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “चाँगुनारायण मन्दिर अहिलेसम्म पुगेका छैनौ, महाधिवेशनमा मन्दिरको संरचना देख्दा पग्न मन लाग्यो, नजिकै रहेछ, माइक्रोबस रिजर्भ गरि आएका हामी १३ जना भोली चाँगुनारायण मन्दिर पुग्ने निधो गरेका छौ ।”
महाधिवेशनमा बनाईएको स्टेजले ईतिहास र धार्मिक महत्वको प्रचार मात्रै गरेन, यसको महत्वसंग आन्तरिक पर्यटकलाई समेत बद्धि गराउन मद्धत पुगेको खोटाङ्गबाट महाधिवेशनमा आउनु भएका रबिन्द्र श्रेष्ठल बताउनुभयो । उहाँले स्टेजमा देखेको मन्दिरको आँगनमा प्रतक्ष्य श्रपमा पुग्न महाधिवेशनमा सहभागि हन आएकाहरु धेरै जाने बताउदै यो महाधिवेशनको सकारात्मक पक्ष भएको बताउनुभयो ।
साँस्कृतिक झाकी, न्याउली बाजादेखि जंकुसम्मले थप्यो रौनक :
एमालेको महाधिवेशनमा सहभागि हुन भक्तपुरका चारवटै नगरपालिकाबाट आएका र्यालीमा समावेश गरिएका विभिन्न जातजाती, भेषभुषा एवं कला र संस्कृति झल्कने बाजा, झाकी एवं नृत्यदेखि नेवार समुदायमा जेष्ठ नागरिकले मनाउने जंकुसमेतको प्रर्दशनले महाधिवेशनमा निकै रौनकता थपेको थियो ।
भक्तपुरका चारवटै पालिकाबाट आएको बाजासहितको र्यालीमा धिमे बाजा, बैण्ड बाजा, बासुरी बाजा, न्याउली बाजासहित नेवार सुमदायका महिलालृ लगाउने पहिरण हाकु पटासीमा नृत्य, मगर, लामालगायत बिभिन्न जातजातीको साँस्कृतिक झल्को नृत्य, झाक्री नृत्यलगायतको प्रदशनले उद्घाटनस्थलमा सहभागिलाई रौनकता दिएको थियो ।
बिभिन्न जिल्लाबाट आएको र्यालीमा समेत स्थानीय बाजा तथा साँस्कृतिक नाचले सहभागिलाई कार्यक्रम सञ्चालन भइरहदा पनि नचाएको थियो । कोही भाषण सुन्नमै मस्त थिए भने कोही चौरमा बिभिन्न जातजातीको पहिचान बोकेको नृत्यमा संगै नाचेर साथ दिदै रमाएका थिए ।
कार्यक्रमस्थलमा भक्तपुरको नेवार समुदायले ९९ वर्षीय हजुरआमालाई जंकुको भेषमा सिंगारिएको रथमा राखेर ६ जना छोरा नातीले बोकेर कार्यक्रमस्थलको अग्रभागमा प्रवेश गर्दा निकै रौनकता थपेको थियो । यसले जिवन्त संस्कृति र पहिचानलाई ७७ जिल्लाकै सहभागिहरुले जान्ने मौका पाएका थिए । कार्यक्रम सम्पन्न हुने बेलासम्म पनि बिभिन्न झाकी एवं नाचहरु प्रर्दशन भइरहेका थिए भने स्टेजमा समेत आयोजकले छुट्टै गीत, नृत्य एवं साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
सभ्य रुपमा र्याली प्रर्दशन, रोकिएन सडक :
एमालेको १० औं महाधिवेशनका क्रममा चितवनमा सडक अबरुद्ध भएपछि सोही पाठलाई मध्यनजर गर्दै एमाले भक्तपुर जिल्ला कमिटी र सुरक्षा निकायको संयुक्त बैठकले तय गरेको र्यालीको रुटलाई कार्यान्वयन गर्दा एमालेको आज प्रर्दशन भएको र्यालीले सभ्यताको पहिचान बोक्यो भने काठमाण्डौंबाट भक्तपुरहदै काभ्रे जाने मुख्य सडकको रुपमा रहेको अरनिको राजमार्ग खण्ड दिनभर सञ्चालनमा रहयो ।
धरैले र्याली अब्यबस्थित हुने र सडक अबरुद्ध हुने आँकलन गरिरहेको अबस्थामा बिहान १० बजेदेखि गठ्ठाघर र जगातीबाट आएको र्याली ६ लेन सडकको सर्भिस ट्रयाक मात्रै प्रयोग गर्दा र्याली सभ्य देखियो भने दिनभर नै सडक सूचारु रहयो ।
एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले पार्टीले र्याली आउने रुट निर्धारण गर्दै सर्भिस ट्रयाक मात्रै प्रयोग गर्न ठाउँठाउँमा स्वयंसेवक र जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्म परिचालन गरेकाले सडक अबरुद्ध नभएको र सडकमा दिनभर सवारी साधन सूचारु भएको बताउनुभयो ।
जुजुधौदेखि साना व्यापारीमा खुसी :
एमालेको उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौदेखि नवारी खाजासम्मका परिकारले सहभागिलाई सहज मात्रै बनाएन साना व्यापारीहरु निकै खुसी देखिए । चौरको पश्चिम कुनामा राखिएको खाजाका केही स्टलहरु मध्ये जय शम्भो जुजु धौ सेन्टरले बिभिन्न जिल्लाबाट आएका सहभागिलाई भक्तपुरको उत्कृष्ठ जुजु धौ खुवाउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । व्यवसायी कान्छाराम सैजुले व्यापार राम्रो भएर खुसी भएको बताउदै विभिन्न जिल्लाबाट आएकाहरुलाई जुजु धौ खुवाउन पाउँदा थप खुसी लागेको बताउनुभयो ।
नजिकै मःमः व्यापारीले पनि राम्रो व्यापार गरेको बताउदै पश्चिम तर्फको नवारी खाजाघरमा समेत दिनभरका भीडले निकै राम्रो व्यापार भएको रामप्रसाद श्रेष्ठले बताउनुभयो । बदाम, सुन्तलादेखि बिभिन्न परिकार बिक्री राम्रो भएको भन्दै बदाम व्यापारी अनिल भजुले आज एकैदिन एकसातामा बिक्री हुने बदाम बिक्री गरेको बताउनुभयो । उहाँले साना व्यापारी एकदिनको यस्ता कार्यक्रमले पनि खुसी हुने बताउनुभयो ।
सुरक्षा व्यास्थामा कडाई :
महाधिवेशन उद्घाटनस्थलको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले तीन तहको सुरक्षा तैनाथ गरेका जानकारी दिदै सुरक्षा व्यबस्थालाई साँझसम्मनै मजबुद बनाईएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
उहाँले बिहान बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभा स्थल र वरपरका क्षेत्रमा सूक्ष्म जाँच गरेको, सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र सादा पोशाकका प्रहरी गरि दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरेको, सभास्थलमा राखिएका सिसि क्यामराबाटसमेत निगरानी गरको र निकै चनाखो हुदै सुरक्षाको व्यबस्थामा कुनै कमी नरहने गरि व्यबस्थापन गरेकाले उहाँले बताउनुभयो । ट्राफिक व्यबस्थापन पनि योजनाबद्ध रुपमा तयारी गरेकाले दिनभर सडक सूचारु गराउन सफल भएको उहाँले जानकारी दिनुभयो ।
यस्तो रहयो सहभागिको उपस्थिति :
महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागिहरुले १०८ रोपनी क्षेत्रफल भरिएका थियो । उद्घाटनको क्षणमा भरिएको चौरमा कतिपय आउने र फर्कने क्रम जारी रहेको थियो भने कार्यक्रममा करिब दुई लाख भन्दा बढी जनसहभागिता रहेको आकलन गरिएको एमाले भक्तपुर जिल्ला उपाध्यष किरण थापा मगरले जानकारी दिनुभयो ।
उहाँले जनसहभागिता अपेक्षा गरे अनुसारकै आएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन पछि भने कार्यक्रम सकिदा एक घण्टा अगाड नै बिभिन्न जिल्लामा फकनेहरु गएकाले केही पातलिएको जानकारी दिनुभयो । टाढासम्म रहेका सहभागिले वक्ताले बोलेको प्रस्ट देखिने गरि मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएकाले चौरुभन्दा बाहिर रहेका हजारौले सहजै सबै नेताको सम्बोधनलाई सुन्न सकेको बताउनुभयो ।
पार्किङ्गमा भएन समस्या :
महाधिवेशनको उद्घाटन सत्रमा सहभागि बिभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि तोकिएको क्षेत्रमा पार्किङ्ग गरिएकाले कुनै समस्या झेल्नु नपरेको उपाध्यक्ष थापा मगरले जानकारी दिनुभयो । थानकोट हुदै बिभिन्न जिल्लाबाट आएका सवारी साधानलाई नागरिक उड्यान प्राधिकरण गठ्ठाघरको खाली चौरमा तथा काभ्रेहुदै आउने सवारीको लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङ्गको व्यबस्थित गरिएकाले सहज भएको उहाँले बताउनुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धनका टेवा :
महाधिवेशनमा बिभिन्न जिल्लाबाट सहभागि हुन आएका प्रतिनिधि एवं कार्यकर्ताहरु कार्यक्रमस्थलबाट भक्तपुर नगरपालिका भित्रका सम्पदाहरुको अवलाकन गर्न पुगेका छन् । कतिपय कार्यक्रम सकिनु अगाडि नै र कतिपय कार्यक्रम सकिएपछि भक्तपुर दुबारस्क्वायरमा रहेका ५५ झ्याले दरबार, पाँचतले मन्दिर लगायतका सम्पदा अवलोकनका लागि गएका छन् । महाधिवेशनमा आएर आज नफर्किएकाहरु भोली बिहान भक्तपुरका सम्पदा, मध्यपुरथिमिका सम्पदा र चाँगुनारायणको सम्पदा अललोकनका लागि जाने भएकाले यहाँका आन्तरिक पर्यटनको समेत विकास भएको छ । भक्तपुर नगरपालिकाका रामचन्द्र प्रजापतिले भक्तपुरको सम्पदा अवलाुेकनका लागि आज दिउँसोदेखिनै महाधिवेशनमा आएकाहरु गएका र आन्तरिक पर्यटकको प्रवद्र्धन भएको जानकारी दिनुभयो ।
उद्घाटन स्थलको सरसफाई सुरु :
महाधिवेशन उद्घाटन स्थलको सरसफाई र व्यबस्थापन आज साँझबाटै सुरु भएको छ । चौरमा फालिएका पानीका बोतलदेखि बिभिन्न सामानहरु युवा टोलीले सरफाई गरेको र रातीसम्म सबै सफा गर्न पार्टी उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमस्थलको सबै सरसफाई आज रातीसम्म सक्छौ, अस्थायी शौचालयहरुको व्यबस्थापन गछौं, मञ्चलाई आज नै भत्काएर भोली भृकुटीमण्डपमा राख्ने गरि तयारी गरेका छौँ ।”
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
