नेकपा एमालेको ११ औं महाधिवेशनको तयारी पुरा
भक्तपुर, २६ मङ्सिर : नेकपा एमालेको ११ औं महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा विभागका संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनको तयारी पुरा भएको जानकारी दिदै पार्टीको सचिवालयको अन्तिम बैठक पार्टी कार्यालयमा च्यासलमा आज सम्पन्न हुने बताउनुभयो ।

कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताउनुभयो । उहाँले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली बिभिन्न जातजातीको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन गरिने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु आउने प्रतिबद्धता जनाईसकेको जानकारी दिदै बिभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं नेताहरुको सहभागिता रहने बताउनुभयो । उहाँले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं बिभिन्न पार्टीका प्रतिनिधिहरुको शुभकामना सन्देश प्राप्त भइरहेको बताउनुभयो ।

त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ वटा जनसंगठनहरूको प्रतिनिधित्व रहने गरि ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा खटिने व्यबस्था गरेको बताउनुभयो । जनसेवालाई व्यबस्थित र शान्तिपूर्ण बनाउँन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने बताउनुभयो । पत्रकार सम्मेलनमा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र रातीसम्ममा सम्पूर्ण कार्य पुरा हुने बताउनुभयो ।
एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण बिभिन्न मन्दिरहरू एकै ठाउँ देखाउने गरि नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्म एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको बताउनुभयो ।

टाढासम्म रहेका सहभागिले वक्ताले बोलेको प्रस्ट देखिने गरि मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं बिभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको उहाँले बताउनुभयो । कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यबस्था गरिएको बताउनुभयो ।
महाधिवेशन उद्घाटनमा मञ्चमा बनाईएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्ने गरि तयारी भएको छ । पार्टीको ११ औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने गरि तयारी गरिएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागि बिभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्यान प्राधिकरणको खाली चौरमा तथा काभ्रेहुदै आउने सवारीको लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङ्गको व्यबस्था गरिएको जानकारी दिदै गठ्ठाघर र जगातीबाट भव्य र्याली कार्यक्रमस्थल आउने गरि व्यबस्था गरिएको जानकारी पत्रकार सम्मेलनमा दिएको छ ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
