बालबालिकाको दृष्टिकोणमा प्रहरीप्रति मित्रताको भावना जागृत हुन आवश्यक : परिषद्की सदस्य सचिव ढकाल

काठमाडौं, २९ मंसिर । विगत ३१ वर्षदेखि बालअधिकारको संरक्षणका लागि कार्य गर्दै आएको सिविसकी अध्यक्ष विमला ज्ञवालीले एक मात्रै बालबालिका हिंसामा परे भने पनि सबै बालबालिका असुरक्षित छन् भन्ने सम्झनु पर्ने बताउनु भएको छ ।

काठमाडौंमा सोमबार राष्ट्रिय बाल अधिकार परिषद् ललितपुरको आयोजना तथा सिविसको सहकार्यमा आयोजना गरिएको बालबालिका केन्द्रीत अनुसन्धान सम्बन्धी छलफल कार्यक्रममा बालअधिकारको सवालमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “एक मात्र बालबालिका पनि सडकमा कुनै पनि प्रकारको दुव्र्यबहार वा हिंसामा पर्छ भने कुनै पनि बालबालिका सुरक्षित छैनन् भन्ने बुझेर काम गर्नुपर्छ ।”
बालबालिका हिंसामा पर्दा आउने दबाबका समस्यालाई कानूनको कार्यान्वयन गर्ने निकायले निकासमा पुर्याएर पीडितलाई न्याय दिने मामिलामा शसक्त भएर उभनु पर्नेमा जोड दिदै उहाँले बालबालिकामाथि हुने घटनाको अनुसन्धान गर्दा मानव अधिकार, संवेदनशीलता र मनोवैज्ञानिक पक्षलाई केन्द्रमा राख्नुपर्ने उनीहरूको डर, पीडा र मनोभावनालाई बुझेर अनुसन्धानलाई चुस्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले बालअधिकारको क्षेत्रमा विगत ३१ वर्षदेखि कार्य गर्दै आएका सिविसले प्रहरीसंगका अनुसन्धानदेखि प्रभावकारी बनाउँन उजरी दिने न्याय प्रणालीमा जाने, लैजाने, कार्यमा सहजीकरण गर्दै आएको स्मरण गर्नुभयो । प्रहरीमा आउने बालहिंसाका घट्नामा उजुरी लिनेक्रममा व्यबहारमा पनि बालमैत्री र सहजता हुनुपर्ने औल्याउँदै उहाँले बालमनोपरापर्शको आवश्यकतासमेत प्रही कार्यालयमा पर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले कानूनको विवादमा परेका विषयलाई प्रहरीले सहजता, फलदायी गोपनीयता र न्यायिक प्रक्रियालाई सहजता बनाउँन आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिका सम्बन्धी उजुरीको अनुसन्धानलाई बालमैत्री बनाउनु पर्नेमा जोड दिदै बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै समुन्नत समाज निर्माण गर्न अझै पनि नीति निर्माणमा सुधार आवश्यक रहेको बताउनुभयो ।

परिवार र आफन्तबाट हुने हिंसाका घट्नामा धेरै जसो मुद्धा चल्न नदिने र भित्रभित्रै मिलाउने समस्याहर रहेको बताउदै उहाँले नौ वर्षमा एक वटा बाल सुधार गृह नुवाकाटेमा थपिदा बल्ल नौ वटा पुगे पनि अझै सुधार गृह थप आवश्यक रहेकाले यसबारेमा पनि मन्त्रीसंग छलफल गरिने बताउनुभयो । उहाँले बालबालिका सम्बन्धी उजुरीको अनुसन्धानलाई बालमैत्री बनाउनु पर्नेमा जोड दिदै बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै समुन्नत समाज निर्माण गर्न अझै पनि नीति निर्माणमा सुधार आवश्यक रहेको बताउनुभयो ।

उहाँले हिसा एवं पीडामा परेका बालबालिकादेखि किशोरी र महिलाहरुलाई उद्धार पछि राख्ने सुरक्षित आवास अत्यावश्यक रहेकाले मन्त्रालयसंग यसबारेमा कुरा गर्ने बताउनुभयो । एक प्रदेशमा कम्तीमा एक सुरक्षित आवास आवश्यक रहेको बताउदै नयाँ आएको मन्त्रीसंग यसबारेमा कुरा गर्ने बताउनुभयो ।कार्यक्रममा सहभागि बालिका विपना बस्नेतले उजरी लिएर प्रहरीमा जानै बालबालिकालाई डर लाग्ने बताउदै बालबालिकासंग प्रहरीको सम्बन्ध राम्रो हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बालअधिकर परिषद्का सूचना अधिकृत रामबहादुर चन्दले कार्यपत्र प्रस्तुत गर्दै प्रहरीले कानूनलाई कार्यान्वयनमा ल्याउन कुनै दबाबमा पर्न नहुने औल्याउनुभयो । उहाँले कार्यपत्र प्रस्तुत गर्दै कानूनमा अनुसन्धान, बालबालिका सम्बन्धी ऐन–२०७५, पीडित बालबालिकाको अधिकार, अनकूल न्यायको व्यबस्थालगायतकाबारेमा जानकारी गराउनु भएको थियो । नेपाल प्रहरी अपारध अनुसन्धान विद्यालयका प्रहरी निरीक्षक महेन्द्र अर्यालले कार्यपत्र प्रस्तुत गर्दै कानूनी अबस्था, प्रहरीको व्यबस्थालगायतकाबारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बालबालिका खोजतलास समन्वय केन्द्र १०४ का प्रमुख प्रहरी नायब उपरिक्षक दिनेश घिमिरेले बालबालिकासँग सम्बन्धित अनुसन्धान संवेदनशील हुने भएकाले सबै निकायबीच समन्वय, साझा बुझाइ र बालमैत्री दृष्टिकोण अत्यावश्यक छ भन्दै यस्ता छलफलले व्यवहारिक सुधारमा सहयोग पर्याउनु पर्ने बताउनुभयो ।

प्रहरी निरीक्षक सरिता विश्वकर्मा, केन्द्रीय अनुसन्धान व्यूरोका राजेश घजु, वरिष्ट प्रहरी सही एकता न्यौपाने, लागू औषध कार्यादलयका लेखनाथ आचार्य, प्रहरी सहायक निरिक्षक वसन्त घिमिरेलगायत भक्तपुर, काठमाडौं र ललितपुरका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत महिला सेलका प्रहरीहरुले हिंसा पीडित बालबालिकाको अबस्था, उद्धारपछि राख्ने सुरक्षित आवासको अभाव र बिभिन्न समस्याहरुकोबारेमा छलफल गर्नु भएको थियो ।

उहाँले बालबालिकासँग सम्बन्धित अनुसन्धान संवेदनशील हुने भएकाले सबै निकायबीच समन्वय, साझा बुझाइ र बालमैत्री दृष्टिकोण अत्यावश्यक रहेको बताउदै बालबालिकाको उद्धारका लागि केन्द्रले सहजिकरण गर्न प्र्रहरीलाई कसरी सघाउदई आएको बताउनुभयो । बाल सल्लाहकार समिति सम्बन्ध बालबालिकाहरुले बालमैत्री अनुसन्धान प्रक्रियाको सुनिश्चिताअको लागि आग्रह गर्नभयो । कार्यक्रममा सिविसकी टिम लिडर रुजा पोखरेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नीति र व्यवहारबीचको दूरी घटाउन यस्ता बहुपक्षीय छलफल प्रभावकारी माध्यम हुने बताउनुभयो ।

 

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0