भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटन र व्यवसायको हव बनाउँछौं : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ७ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने बताउनु भएको छ । आज भक्तपुरको वागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उहाँले भक्तपुरलाई स्वास्थ्य शिक्षादेखि पर्यटनको हव बनाउन आफ्नो ध्यान केन्द्रीत रहने बताउनु भएको हो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरवासीलाई अब कुनै पनि रोगको उपचार गर्न काठमाडौं वा धुलिखेल जानु नपरोस भनेर लागेको छु, यसको लागि भक्तपुर अस्पताल, ख्वप अस्पताल, सूर्यविनायक नगर अस्पताल, नेपाल कोरिया मैत्री नगर अस्पताल, क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, क्षयरोग अस्पताल, निजी अस्पतालहरु लगायत भक्तपुरमा सञ्चालित सबै सरकारी तथा निजी अस्पताललसंग दुई तीन महिनामै समन्वय गरेर प्रत्येक अस्पतालमा एक–एक वटा विशेषज्ञ सेवा सञ्चालन गर्ने गराउने छौं र सबै उपचार भक्तपुरमै हुने गरि स्वासथ्यको हव बनाउँने छौं ।”

मुख्यमन्त्री थापाले भक्तपुर सानो जिल्ला, तर सबै भन्दा बढी जनघनत्व भएका जिल्ला भएकाले भक्तपुरमा गएपछि सबै रोगको उपचार हुन्छ भन्ने सन्देश दिन भक्तपुरलाई स्वास्थ्यको हव बनाउन कन्द्रीत भएको बताउनुभयो ।

उहाँले भक्तपुरमा उपचार गर्न ७७ वटा जिल्लाका नागरिक आउँने भएपछि यहाँका स्थानीयको आर्थिक अबस्था र आन्तरिक पर्यटनका विकास र रोजगारीमा बृद्धि हुन्छ, तीन महिना भित्र सरकारी र निजी अस्पतालसंग समन्वय गरेर यो पुरा गर्ने सबै उपचार जिल्ला मै गर्ने गरि सेवा बिस्तार गर्ने उहाँले बताउनुभयो ।

भक्तपुरमा गुणस्तरयि शिक्षा र कलेजहरुमा बिभिन्न संकायका विषय सञ्चालन गर्ने, गराउने र भक्तपुर आए पछि सबै संकायको पढाई यहीँ हुन्छ भन्ने सन्देश दिएर शैक्षिक हव समेत बनाउने गरि योजना अगाडि बढाएको बताउनुभयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरको विकास र सम्बृद्धिमा कसरी जोड्ने, भक्तपुरलाई व्यवसायीक हव कसरी बनाउने, व्यवसायीहरुका समस्या कसरी सम्बोधन गर्ने, यहाँ कुनै कमीकमजोरीहरु छन् भने कसरी सुधारेर लैजाने भने म लागिरहेको छु, म यसमा केन्द्रीत हुन्छु ।”

मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरमा होटल व्यबसायी धेरै छन् तर विदेशी पर्यटक भक्तपुर नगर घुमेर काठमाडौं फर्कन्छन्, भक्तपुरमा यति राम्रा र धेरै होटल छन् भन्ने कति पर्यटकलाई थाहा छैन, त्यसैले यहाँका युवालाई लक्षित गरि टुरिष्ट गाईड तालिम दिएर राजेगारी बृद्धि गर्ने, भक्तपुर, चाँगुनारायण, नगरकोट, रानीकोट, सूर्यविनायक, मध्यपुरथिमि सबै क्षेत्रमा पर्यटनको विकास गर्दै पर्यटकको हव बनाउँन म लागिरहेको छु, यहाँको पर्यटकीय क्षेत्रको विकास पनि गर्ने गरि अगाडि बढेका छौ ।”

यहाँको व्यवसायको विकास लागि व्यवसायीहरुसंगै समन्वय गर्दै अगाडि बढ्ने बताउदै अधूरो विकासका योजनाहरु पुरा गर्न केन्द्रीत रहने उहाँले बताउनुभयो । वागमती प्रदेशले के के गर्नपर्छ, निर्धक्क भएर भन्न व्यवसायीहरुलाई आग्रह गर्दै उहाँले भक्तपुरलाई पर्यटन, व्यवसाय, शिक्षा, स्वास्थ्य सबै क्षेत्रको विकासमा लाग्ने बताउनुभयो ।

 

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0