भोटेकोशीको बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाईदिने र रोजगारीको व्यबस्था गर्ने भएका र्छौ : मुख्यमन्त्री किरण थापा
भक्तपुर, २७ भदौ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यबस्थ ागर्ने बताउनु भएको छ ।
आज भक्तपुरका सञ्चारकर्मीहरुसंग सूर्यविनायकमा यसबारे जानकारी दिदै उहाँले घरबास गुमाएकाहरुको लागि प्रदेश सरकारले बस्ती निर्माण गरेर पुर्नवासको व्यबस्था गर्ने बताउनु भयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “रसुवामा आएको बाढीले बगाएको भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न हुदैन किनकी भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण छ, त्यसैले वागमती प्रदेश सरकारले घरबास गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ बस्ती विकास गर्ने तयारी गरेको छ ।”
उहाँले त्यस्ता नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको बताउदै नुवाकोटका पीडितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने भएको र रसुवाका लागि जग्गा खोजी रहेको बताउनुभयो ।
मुख्यमन्त्री थापाले वागमती प्रदेश सरकारले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएको बताउदै तत्कालीन राहतसँगै प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनस्र्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो ।
उहाँले रसुवामा आएको बाढीपीडितका विस्थापित परिवारलाई रोजगारीको व्यवस्था समेत गरिन्े बताउनुभयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “भोटेकोशीमा आएको बाढीका प्रभावितहरुलाई उद्योग वाणिज्य महासंघ तथा उद्योगीहरुसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने भएका र्छौ । त्यसका लागि हामीले पहल र छलफल सुरु गरिसकेको र्छौ । त्यसैगरि प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा १२ सम्म निशुल्क शिक्षा, आवासको जिम्मेवारी लिने प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढाएका र्छौ ।”
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
