एमाले युवा नेता महेश बस्नेतको निर्वाचन क्षेत्रमा प्रमुख, उपप्रमुखसहित एमालेको सानदान विजय, गठबन्धन पराजित

भक्तपुर, ५ जेठ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद महेश बस्नेतको निर्वाचन क्षेत्र सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार बासुदेव थापा विजयी हुनु भएको छ ।

यस नगर पालिकामा नेपाली कांग्रेसका उम्मेदवार निशान ढुङ्गेललाई एक हजार ५२६ मतान्तरले पराजित गर्दै थापा विजयी हुनु भएको हो । नगर प्रमुखमा एमालेका बासुदेव थापाले १४ हजार ७५८ मत प्राप्त गरि विजयी हुनु भयो भने उहाँको निकटतम प्रतिद्धन्द्धी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गर्नु भयो ।

त्यसै गरि उपप्रमुखमा नेकपा एमालेकै सरिता भट्टराई तिमिल्सििना विजयी हुनु भएको छ । सरिताले १४ हजार ७५८ मतका प्राप्त गरि विजयी हुनु भयो भने गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले आठ हजार ३२९ मतको मतान्तर अर्थात ६ हजार ६६१ मत प्राप्त गर्नु भयो । यस नगरपालिकामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निकै पछाडि पार्दै मुख्य दुई दल एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै यस नगरपालिकाको अन्तिम वडाको रुपमा रहेको वडा नं. १० को वडाध्यक्षमा शिवराम राउत, वडा सदस्यहरुमा विदुर देउजा, ताराबहादुर विष्ट, शर्मिला बस्नेत र राधिका मिजार विजयी हुनु भएको छ । आज बिहानै मतपरिणाम घोषणा भए पछि एमाले नेता, संघीय सांस्द एवं पूर्व मन्त्री महेश बस्नेतले निर्वाचि मेयर थापा, उपमेयर भट्टराई, वडाध्यक्ष राउतलगायत विजयी टिमलाई बधाई दिदै नगरपालिकाको बिकासमा केन्द्रीत रहेर काम गर्न शुभकामना दिनु भयो ।

सूर्यविनायक नगरपालिका क्षेत्रमा नेकपा एमालेले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित ३३ पदमा नेकपा एमालेले विजयी हासिल गरेको र नेपाली कांग्रेसले वडाध्यक्ष र सदस्य गरि १९ पदमा विजयी भएको नेकपा एमाले सूर्यविनायक नगर अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनु भयो ।

नगरपालिकामा वडा नं. १, ५, ७, ८ र १० एमालेले विजयी हासिल गरेको छ भने गठबन्धनले वडाध्यक्षमा २, ३, ४, ६ र ९ झिनो मतले विजयी हासिल गरेको छ । वडा सदस्यमा भने एमालेले वडा नं. १ मा एक सिट गुमाएको छ । त्यस्तै कांग्रेसको गढ मानिएको वडा नं. ३ मा एमालेले एक सिट ल्याउन सफल भएको छ । त्यस्तै वडा नं. ४ मा तीन जना सदस्य एमालेबाट निर्वाचित हुनुभएको छ । वडा नं. ९ मा वडाध्यक्ष बाहेक तीन सदस्य एमालेले विजयी हासिल गरेको छ । यसरी हेर्दा नगरपालिकामा एमालेको तर्फबाट मेयर र उपमेयर सहित ३३ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको छ भने गठबन्धनको तर्फबाट वडाध्यक्षसहित जम्मा १९ जना जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । यस नगरपालिकामा अरु दलले खाता खोल्न पनि सकेनन् भने अधिकांशको जमानत जफत भएको छ ।

 

सूर्यविनायक–८ को वडाध्यक्षमा अत्याधिक मतले पुष्पराज बस्नेत विजयी, महेश बस्नेतले दिए बधाई

भक्तपुर, ४ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ बाट वडाध्यक्षमा एमालेका युवा नेता पुष्पराज बस्नेतले २१ सय २२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बिदुरमान सिंह बस्नेतले ९९१ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा विश्वराम त्वायनाबासु, बिक्रम तामाङ, साबित्री मिश्र र अञ्जना नेपाली विजयी हुनु भएको छ ।

मत गणना सम्पन्न भएसंगै निर्वाचन अधिकृतको कार्यालय (प्राणाी उद्यान) बाट सुरु भएको विजयी र्र्याली सिपाडोलस्थित वडा कार्यालय पुगे पछि नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले सूर्य विनायक नगरपालिका जीतको नजिक पुगेको बताउनु भयो ।

उहाँले एमालेले स्थानीय निर्वाचनलाई ठूलो पाठको रुपमा लिदै गम्भिर समिक्षा गर्ने बताउदै युवा नेतृत्वले वडामा विजयी भएकाले सिपाडोल क्षेत्रको बिकास र युवाको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनु भयो ।

कार्यक्रममा निवर्तमान् वडाध्यक्ष किरण थापाले भक्तपुर जिल्लाको कर्णालीमा रहेको सिपाडोलको पार्टी भञ्याङ, नैचाल, काक्राबारी लगायतको क्षेत्रले रुप परिवर्तन गरेको भन्दै पाँच वर्षमा बिकासले ठूलो फड्को मारेकाले जनताको बिश्वासको मत आएको बताउनु भयो । एमालेले यहाँका जनताको मन जितेर मत पाउन सफल भएको भन्दै उहाँले यहाँका जनताले सूर्यलाई भोट दिएर कहिल्य पछुताउनु नपर्ने बताउनु भयो ।

उहाँले २०७४ को निर्वाचनमा पनि यहीँ वडाले मेयरको विजय सुनिश्चित गरेको र अहिलेको चुनाबमा पनि यहीको वडाले विजयी सुनिश्चित गरेर अगाडि बढाएको बताउनु भयो ।

नवनिर्वाचित वडाध्यक्ष पुष्पराज बस्नेतले आफू भन्दा ठूलाको सल्लाह, सुझाब, सबैको साथ लिएर आफ्नो वडाको विकासमा लाग्ने बताउनु भयो । वडाले नगरकै कान्छो वडाध्यक्ष पाएको बताउदै उहाँले यहाँका जनताको चाहनालाई बोकेर ठूलो मतको भारीलाई यहाँको बिकास, यहाँका जनताको समृद्धि र उन्नती दिलाएर बिसाउने बताउनु भयो ।

त्यसै गरि सूर्यबिनायक नगरपालिका वडा नं. ८ को मतगणना सम्पन्न भएसंगै नगर प्रमुखका उम्मेदवार बासुदेव थापाले अग्रता लिनु भएको छ । वडा नं. ८ सम्म आइपुग्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापाले ११ हजार ७ मत ७५ पाउदै अग्रता लिनु भएको छ । वडा नं. ७ सम्ममा ९ हजार ७ सय ७ मतमा पछाडि पर्दै आउनु भएका थापाले वडा नं. ८ बाट कांग्रेसका उम्मेदवार निशान ढुंगेललाई पछाडि पार्दै अग्रता लिनु भएको छ ।

नेपाली काँग्रेसका मेयरका उम्मेदवार निशान ढुंगेलले वडा नं.ंं ८ मा ८ सय मत प्राप्त गर्नु भएको र उहाँको ११ हजार २ सय २७ मत प्राप्त गरि ५४८ मतले पछाडि पर्नु भएको छ । उपमेयरमा एमालेकी उम्मेदवार सरिता भट्टराईले फराकिलो मतले अग्रता लिइरहनु भएको छ । भट्टराईले ११ हजार ७ सय ९१ मत ल्याउदा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ५ हजार ८ सय ७५ मत प्राप्त गरि ५ हजार ९२६ को मतान्तरले पछाडि पर्नु भएको छ ।

सूर्यविनायक–१ मा एमाले विजयी 

भक्तपुर, १ जेठ : सूर्यविनायक नगरपालिका वडा नं. १ मा नेकपा एमालेका सानुकाजी कायस्थ १ हजार ३१० मतले विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी राप्रपा १ हजार १३० शेखर थापाले ८९९ मत प्राप्त गर्नु भएको थियो ।

एमालेबाट विजयी हुने वडासदस्यहरु महिलामा मञ्जु कार्की, कुमार चौलागाई, दलितमा कल्पना परियार विजयी हुनु भएको छ । वडा सदस्यमा कांग्रेसबाट घननाथ मिश्र विजयी हुनु भएको छ ।

भक्तपुर नपा–१ र ३ मा नेमकिपा विजयी

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिका वडा नं. १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी हुनु भएको छ । सदस्यहरुमा कल्पना शिल्पकार, गंगालक्ष्मी वगनु, सूर्यप्रसाद श्रेष्ठ विजयी हुनु भएको छ ।

भक्तपुर नपा वडा नं. ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले २ हजार ४४० मत ल्याएर विजयी हुनु भएको छ । सदस्यहरुमा सुनिता अवाल, कृष्ण गोपा चगुठी र राजकुमार शिल्पकार विजयी हुनु भएको छ । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गर्नु भएको हो । मत गणना जारी रहेको छ ।

मध्यपुरथिमि–२ मा एमालेलेको बहुमत सदस्य विजयी

भक्तपुर, १ जेठ : मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले ९८८ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेको प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा भने नेकपा एमालेका रबिन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनु भएको छ । वडा सदस्यमा काग्रेसका शेखर थापामगर विजयी हुनु भएको छ ।

नेकपा एमालेले एक सदस्य समेत जित्न नसकेको यो वडामा यस पटकको निर्वाचनमा एमालेले तीन वटा सदस्य जीत हासिल गरेर बहुमत कायम गरेको छ । एमालेले थिमिका कांग्रेसको पक्कड मानिएको ठाउँहरुमा आफ्नो जीत हासि गर्दै आउन थालेको छ । मध्यपुरको १ वडामा एक सदस्य र २ वडामा तीन सदस्य जित हासिल गर्नु एमालेको लागि ठूलै उपलब्धी मान्दै एमालेबाट मेयरका उम्मेदवार मदन सुन्दर श्रेष्ठले मध्यपुरथिमिमा एमालेको मत धेरै सुधार भएको उहाँले बताउनु भयो । आफ्नो भने प्रतिस्पर्धात्मक मत आइरहेको बताउनु भयो ।

मध्यपुरथिमीमा एमालेको इतिहास ब्रेक

भक्तपुर, ३१ बैशाख : नेपाली कांग्रेसले एमालेलाई क्लीन स्वीप गर्दै आएको मध्यपुरथिमी नगरपालिकामा वडा नं. १ मा एमालेले पहिलो पटक इतिहास ब्रेक गरेको छ । स्थानीय तहको मतगणनाको परिणाम आइरहदाँ यस वडामा पहिलो पटक एमालेका सदस्यले जीत हासिल गर्दै वडामा इन्ट्रि गर्ने मौका पाएको छ । गठबन्धनबाट उम्मेदवारी दिएका वडा सदस्यलाई पछि पार्दै एमालेबाट सदस्यमा उम्मेदवारी दिएका श्यामकृष्ण प्रजापति विजयी भए पछि पहिलो पटक यो वडामा एमालेले एमालेले इतिहास ब्रेक गर्दै इन्ट्रि गरेको हो ।

उक्त वडामा वडाध्यक्ष सहित अरु सदस्यमा विजयी हात पारेको कांग्रेसले यस वडामा गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सदस्य भने पराजित भएका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिनु भएका मदन सुन्दर श्रेष्ठले यो वडामा एमालेको एउटा सदस्यले मात्रै जीत हासि गरे पनि यसलाई इतिहास ब्रेकको रुपमा लिएको र एमालेको वडामा पहिलो इन्ट्रिलाई पनि एमालेले सफलताको रुपमा लिएको बताए ।

मध्यपुरथिमि–१ मा कांग्रेस विजयी

भक्तपुर, ३१ बैशाख । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस विजयी सुरुवात गरेको छ । मध्यपुरथिमि नगरपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसमा बाबुकाजी डंगोल १ हजार ७०६ मतले विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्णगोपाल प्याथले १ हजार २९० मत प्राप्त गर्नु भएको छ ।

त्यसै वडा सदस्यहरुमा कांग्रेसका कान्छाराम द्वारे, महिला सदस्य सरस्वती खड्का, दलित महिला सदस्य रिमा परियार विजयी हुनु भएको छ । गठबन्धनबाट उम्मेदवारी दिएका वडा सदस्यलाई पछि पार्दै एमालेबाट सदस्यमा श्यामकृष्ण प्रजापति विजयी हुनु भएको मध्यपुरथिमि निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

काठमाडौंको मत गणना सुस्त

काठमाडौँ, ३१ वैशाख : मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि सुरु गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ । कूल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि धेरै जसो स्थानीय तहको मतगणनामा ढिलासुस्ती भइरहेको छ । कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणामहरु पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ । निर्वाचन आयोगले छिटो मतगणना सकेर जिम्मेवारी सुम्पने गरी बनाएको कार्य तालिका यही तरिकाले मतगणना गर्ने हो भने प्रभावित हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाका सबै मतदानस्थलबाट शुक्रबार राति नै राष्ट्रिय सभागृहमा मतपेटिका जम्मा गरिएको थियो । सर्वदलीय सहमतिमा आज बिहान १० बजेदेखि सुरु भएको मतगणनाअन्तर्गत साँझ ७ बजेसम्ममा जम्मा एक हजार १८० मत मात्रै गनिएको छ । यही हिसाबले मत गनिने हो भने महानगरपालिकाको मत गन्न धेरै समय लाग्नेछ ।

आज मध्याह्न १२ बजेसम्म काठमाडौँमा जम्मा १०० मत गनिएको थियो । पछिल्लो परिणामअनुसार नौ घण्टामा करिब एक हजार १८० मत गनिएको छ । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको छ । आजको हिसाबले मत गणना गर्ने हो भने ६ महिनामा मात्रै गणना सकिने छ । अन्य महानगरको हालत पनि उस्तै छ । ललितपुर महानगरमा त काठमाडौँको भन्दा अझै सुस्त भएको पाइएको छ । मध्याह्न १२ बजेदेखि गणना सुरु भएको ललितपुरमा यो समाचार तयार पार्दासम्म जम्मा ४०० मत गनिएको छ ।

अहिलेसम्म प्राप्त विवरणमा सहरभन्दा भित्र पहाड तथा हिमाली क्षेत्रका केही पालिकाका मतगणना सम्पन्न भइसकेको छ । यद्यपि धेरै पालिकामा मतगणना जारी छ । जसमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नै कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुविरुद्ध केही क्षेत्रमा बागी बनेर स्वतन्त्रबाट उम्मेदवारी दिएका र केही क्षेत्रमा नितान्त स्वतन्त्र उम्मेदवारले टक्कर दिइरहेका पाइएको छ । काठमाडौँ उपत्यकामा भने स्वतन्त्रका उम्मेदवार बालेन्द्र शाहले सुरुआतदेखि नै अग्रता लिनुभएको छ । साँझ ७ बजेसम्मको मतगणनामा उहाँले ४०२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वीका रुपमा देखिनुभएका नेकपा (एमाले) बाट प्रमुख पदका उम्मेदवार केशव स्थापितले ३१९ मत ल्याउनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका कांग्रेस नेत्री सिर्जना सिंहले २०२ मत प्राप्त गर्नुभएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणनामा ढिलासुस्ती भइरहेको छ । उक्त महानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर देखिएको छ । पछिल्लो चरणमा झिनो मतले दाहालले अग्रता लिनुभएको छ । भरतपुरमा बिहान ११ः५३ मा मतगणना सुरु गरिएको थियो । राति यो समाचार तयार पार्दासम्म झन्डै ७०० मत गणना भएको छ । यो गणना अत्यन्तै सुस्त हो ।

अहिले भने भरतपुरमा गणना टोली बढाइएको बताइएको छ । ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ को गणनामा महर्जनले २०५ मत ल्याउँदा नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत प्राप्त गर्नुभएको छ । बिहान गणना थालेको विराटनगर महानगरपालिकाले पनि साँझसम्म एक हजार हाराहारीमा मात्रै मतगणना गरेको छ ।

पोखरा महानगरपालिकामा अपराह्न ४ः३० बजेदेखि गणना थालिएकामा गणनाको गति त्यहाँ पनि सुस्त नै छ । गणनाको गति बढाउने प्रयास थालिएको सम्बद्ध निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन २०७९ मा यसपालि विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी, ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत गरी ३९० निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गरेका छन् ।

यसपालि दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा थिए । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचन आयोगका अनुसार निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको छ । राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७९ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित

डडेलधुरा, ३१ वैशाख : प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले तीन हजार ३८४ मत पाप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाउनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी हुनुभएको छ । उहाँले तीन हजार १३ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत पाप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गर्नुभएको थियो । अहिलेसम्म डडेल्धुरा जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले सात वडामा विजयी भएको छ भने एमाले एक वडामा विजयी, माओवादी केन्द्र एक, नेपाली कांग्रेस बिपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, पेट्रोल प्रतिलिटर रु १७० पुग्यो

काठमाडौँ, ३१ वैशाख  : नेपाल आयल निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० ले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः रु १७० र १५३÷१५३ कायम गरिएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ । निगमले आज जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपैयाँ २ पैसा, डिजेलमा रु ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा रु २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ ।

हवाई इन्धनमा आन्तरिकतर्फ रु १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ रु ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ५० रुपैयाँ ८ पैसा घाटा रहेको जनाइएको छ । निगमलाई १५ दिनमा करिब रु पाँच अर्ब १९ करोड अझै घाटा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।