म निर्वाचित भएमा तलब, भत्ता र सुबिधा केही लिन्न, नगरको बिकास र जनताको उन्नतीमा लाग्नेछु – चाँगुनारायणका उपमेयरका प्रत्यासी रमेश बुढाथोकी : समृद्ध चाँगुनारायण बनाउने यस्तो छ योजना

बुढाथोकीले भन्नुभयो, “म जनताको सेवक हुँ, जनताको सेवा गर्न पार्टीले उपमेयरमा उठाएको हो, त्यसैले मलाई जनताले मत दिएर निर्वाचित गराएमा मतको कदर गर्दै मलाई सरकारले दिने कुनै पनि सेवा सुबिधा नलिने घोषणा गर्दछु ।”

================================================

भक्तपुर, २७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) बाट चाँगुनारायण नगरपालिकाको उपमेयरका उम्मेदवार रमेश बुढाथोकीले आगामी पाँच वर्षका लागि चाँगुनारायणवासीले उपमेयरमा विजयी गराए आफूले नगरपालिकाबाट पाउने कुनै पनि सेवा, सुविधा र तलब भत्ता नलिने घोषणा गर्नु भएको छ ।

चाँगुनारायणवासीको नाममा सूर्यमा मतदान गरि एमालेलाई विजयी बनाउन आव्हान गर्दै आफूले कुनै पनि सेवा सुबिधा नलिई जनताको सेवामा समर्पित रहने बताउनु भयो । उपमेयरका प्रत्यासी बुढाथोकीले भन्नुभयो, “म जनताको सेवक हुँ, जनताको सेवा गर्न पार्टीले उपमेयरमा उठाएको हो, त्यसैले मलाई जनताले मत दिएर निर्वाचित गराएमा मतको कदर गर्दै मलाई सरकारले दिने कुनै पनि सेवा सुबिधा नलिने घोषणा गर्दछु ।”

सरकारले उपलब्ध गराउने तलब, भत्ता, गाडी लगायतका कुनै सेवा सुविधा नलिई जनताको जीवन स्तर उकास्ने, आर्थिक, शैक्षिक, स्वास्थ्य सेवा, कृषिमा आधुनिकिकरण, पशुपालन तथा नगदे बालीमा प्रोत्सानका जस्ता कामका लागि आफू निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने घोषणा गर्दै पार्टीको निर्देशन र जनताको चाहना अनुसार बिकासमा आफू लाग्ने बताउनु भयो । उपमेयरका उम्मेदवार बुढाथोकीले चाँगुनारायाण इन्जिनियरिङ कलेजलाई नगरपालिकाको मातहतमा सञ्चालन गर्ने, एक घर एक रोजगारीको कार्यक्रम मार्फत दुई हजार युवालाई रोजगारी दिने, एक घर एक धारा सबै घरमा पुर्याउने, १ देखि ९ वडासम्मका स्वास्थ्य कार्यलयमा एम्बुलेन्स र एक जना विज्ञको व्यवस्थापन गर्ने, न्याय प्रणालीलाई विभेदरहित रुपमा सम्पन्न गर्ने, मेयर उद्यमशीलता तथा उपमेयर उद्यमशीलतामार्फत स्वरोजगारी मूलक कार्यक्रम सञ्चालन गर्ने, सडक तर्फ १०६ किलोमिटर सडक कालोपत्र गर्ने, एक वडा एक बाल उद्यान निर्माण गर्ने लगायतका योजना सार्वजनिक गर्नु भयो ।

आफू निर्वाचित भएमा तीन महिना भित्र नगरका सबै कृषकको सूचीँकरण गरि सबै किसानलाई अनुदानमा बिऊँ बिजन र कृषि औजार प्रदान गर्ने, प्रत्येक वडामा कृषिको बिउ विजन एवं मलखादको सुपथ मूल्य पसल सञ्चालन गर्ने, एक नगर एक कृषि उत्पादन, माटो परीक्षण केन्द्र संचालन गरिने, जैबिक र प्राङ्गारिक मल उत्पादनमा अनुदान प्रदान गर्ने, कृषि बजारको व्यबस्था एवं कृषि उत्पादनको संरक्षणका लागि कोल्ड स्टोर स्थापना, एक घर दुई फलफूल बिरुवा लगाउने कार्यक्रम लागू गरिने उहाँले बताउनु भयो ।

उम्मेदवार बुढाथोकीले स्वास्थ्य तर्फ स्वास्थय बिमा कार्यक्रम मार्फत प्रत्येक नागरिकलाई अनुदान प्रदान गरिने, दलित तथा अल्पसंख्यक नागरिकलाई सतप्रतिशत स्वास्थ्य बिमा अनुदानको वयबस्था गर्ने, चाँगुनारायण नगर अस्पताललाई विशेषज्ञ सेवा सहित एमआरआई, सिटी स्क्यान, मेशिन सञ्चालन गर्ने, सुत्ेकरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरी स्याहार खर्च रु. ३५ सय उपलब्ध गराउने, प्रत्येक वडामा आयुर्वेदिक तथा बैकल्पिक स्वास्थ्य सेवा पुर्याउने संकल्प समेत उहाँले गर्नु भयो ।

बुढाथोकीले ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यबस्था, स्वास्थ्य चौकीहरुमा ल्याबसहितको प्रबिधि युक्त बनाई स्तरोन्नती गरिने, दम एवं स्वास प्रश्वासका विरामीलाई न्यूनतम मूल्यमा अक्सिजनको व्यबस्था गरिने घोषणा गर्नु भएको छ ।

उपमेयरका प्रत्यासी बुढाथोकीले युवाहरुका लागि चाँगुनारायणमा आबिस्कार केन्द्र स्थापना गरि युवाहरुको बौद्धिक प्रतिभा प्रस्फुटाका क्रियाकलाप गराइने, कृषि, पर्यटनतर्फ युवाहरुलाई आकर्षित गर्न गाई फार्म, कुखुरा फार्म, तरकारीको टनेल खेती, नगदे बाली, कार्यक्रम ल्याउने, फलफूल खेती मत्स्यपालन, बेमौषमी खेतीलगायतमा अनुदान सहुलियत कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक खेल पहिचान, तथा कबर्ड हल र रंगशाला निर्माण गरिने बताउनु भयो । विकास र समृद्ध पूर्ण नगरपालिका निर्माण गर्न सूर्यमा मतदान गर्न उहाँले नगरवासीलाई आग्रह गर्नु भयो ।

मध्यपुरवासीका माझ एमालेबाट मेयरका उम्मेदवार मदन सुन्दर श्रेष्ठको अपिल : अबको पाँच वर्षमा सम्पन्न गर्ने यस्ता छन् योजना

===========================================

आदरणीय नगरबासी
आमा–बुबा, दाजु–भाई तथा दिदी–बहिनीहरु !
नगरबासी जनसमुदायहरुलाई जगजाहेरै छ, गत स्थानीय तह निर्वाचन २०७४ मा यस मध्यपुर थिमि नगरपालिका (जम्मा ९ वटा वडा) बाट प्रत्यक्ष निर्वाचित हुनु पर्ने कूल ४७ जना जनप्रतिनिधि (नगर प्रमुखदेखि वडा सदस्यसम्म) मध्ये हाम्रो पार्टी नेकपा (एमाले) का तर्फबाट नेतृत्व (नगर प्रमुख) सहित १ जना वडाध्यक्ष र ६ जना वडा सदस्य गरी जम्मा ८ जना जनप्रतिनिधि मात्र निर्वाचित भएका थियौं । त्यसकारण पनि नगरसभाको व्यवस्थापिका तथा कार्यपालिका (कार्यकारिणी) मा हामीलाई स्वतः असुविधायुक्त अल्पमतको नेतृत्व गर्ने बाध्यता भयो । त्यस्तो असहज एवं असुविधायुक्त जनमतका अलावा अप्रत्यासित विश्वव्यापी रुपमा फैलिएको विल्कुलै नयाँ अपरिचित महामारी ‘कोभिड १९’ ले पनि हामीलाई थप प्रताडित बनायो । तथापी हरेक पिडादायीक परिवेशमा हामी सहासपूर्वक जुधि रह्यौं । विगत ५ बर्षे अल्पमतको नेतृत्व र महामारीको प्रतिकुलताका बीच हामीले यस नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नमुना नगरका रुपमा चिनाउन सफल भएका छौं । यस तथ्यलाई ‘एशियन टाउनस्केप अवार्ड’ तथा स्वतन्त्र सर्वेक्षणबाट मुलुककै तेश्रो उत्कृष्ट नगरका रुपमा पाएको सम्मानले पनि पुष्टि गर्दछ । आज हामीले हाम्रो नगर क्षेत्रमा गरेका थुप्रै गर्व गर्न लायक ऐतिहासिक कार्यहरुमध्ये केही महत्वपूर्ण उपलब्धिहरुलाई यस पुस्तिका मार्फत स्मरण गर्न खोजेका छौं ।
धन्यवाद ! अभिवादन !

  ====================================================
   कोरिया नेपाल मैत्री अस्पताललाई ३०० शैयामा बिस्तार गर्न
   जापानी रिकिसी प्रबिधि मार्फत नगर भरीको फोहोर व्यबस्थापन गर्ने
   एकतृत रुपमा तीन तहका अपाङ्ता भएका बालबालिकाहरुको विद्यालय सञ्चालन गर्ने
   शिक्षा, स्वास्थ्य, सहकारीसहितको ऐन बनाइने
   पर्यटन विकासको लागि नगर पर्यटन बोर्ड गठन गरि गन्तव्य मध्यपुरलाई पूर्णता दिन
   बिज्ञ समूह सम्मिलिन नगर सहरी योजना गठन गरि व्यबस्थित शहर निर्माण गर्न
   पुराना तथा नयाँ बस्तीमा खानेपानी सेवा बिस्तार गर्न
   फूटबल, कराते सहित समग्र खेलकुदको बिकास गर्न
   संस्कृति र सम्पदालाई पर्यटन व्यवसायसँग जोड्न
   नगरपालिकामा पूर्ण रुपमा शुसासन कायम गर्न

==================================================

भक्तपुर, २७ बैशाख । २०७४ जेठदेखि २०७८ बैशाख ११ गतेसम्म मध्यपुरथिमि नगरपालिकाको प्रमुखको रुपमा नगरपालिका सञ्चालन गरिरहदाँ अल्पमतमा रहदाँ पनि मध्यपुर थिमिलाई विवमा चिनाउने गरि बिकासका काम गर्ने नगर प्रमुख हुन मदन सुन्दर श्रेष्ठ । यो पाँच वर्षको अन्तरालमा यहाँका जनताले धेरै विकास देखे, धेरै परिवर्तन देखे । जनताको आँखाबाट, जनताको मनबाट भन्नु पर्दा मदन सुन्दरलाई भोट दिएर जिताएकोमा यहाँका जनतालाई कुनै पछुतो छैन, बरु खुसी छन् ।

नगरपालिकाबाट गलत काम गराएर फाइदा लिन नसक्ने एकाधको चित्त देखेको होला तर समग्र विकासमा उनको ध्यान गइरहयो । मध्यपुरमा मेयरले केही गरेन भन्नेहरु त्यहीँ जनताको आँखामा खै कसरी छारो हाल्न सक्छन् । पाँच वर्ष अघि यहीँ मध्यपुरथिमि नगरपालिका भ्रष्टाचारमा दोस्रो नम्बरमा रहेको यो नगरपालिका थियो । अहिले भ्रष्टाचार मुक्त नगरपालिका बनेको छ । नगरवासीले यसमा गर्व गर्ने ठाउँ छ ।

सम्पदा संरक्षणमा मध्यपुर थिमि अग्रणी नगरपालिकाको रुपमा रहन सफल भयो । विगतदेखि नै काठमाडौं, भक्तपुर, ललितपुर सम्पदा शहरको रुपमा स्थापित थियो । पछिल्लो कालखण्डमा स्थानीय तह आइसकेपछि मध्यपुर थिमी नगरपालिका सम्पदा पुनर्निर्माणमा, सम्पदा संरक्षण, मुर्तअमुर्त कला संरक्षणका कारण उत्कृष्ठ नगरपालिकाको रुपमा स्थापित भएको छ ।

स्वास्थ्य क्षेत्रमा अरु नगरपालिकाहरु १५ बेडको अस्पताल सञ्चालन गर्न नै गाह्रो भइरहेको अबस्थामा मध्यपुर थिमि नगरपालिकाले रुपमा १०० बेडको अस्पताल सञ्चालन गर्न सफल भयो । कोभिडको बेलामा नगर प्रमुख एक दिन घरमा नबसी जनताको उपचारका लागि अस्पतालमा बेड थप्नेदेखि आइसियू तयार गर्ने र अक्सिजन प्लान्ट सञ्चालनसम्मको काम गरेकै हुन् । हामीले अक्सिजन प्लान्ट, एचडीयू, आईसीयू, अक्सिजन कन्सेन्ट्रेटर र पीसीआर ल्याब समेत अहिलेसम्म सञ्चालनमा ल्यायौं । यसको आधारमा स्वास्थ्य क्षेत्रमा पनि नमुना र उत्कृष्ट रहेको छ ।

अहिले पनि कोरियन सरकारबाट १ अर्ब ५ करोड भन्दा बढी रकमले अस्पतालका लागि ल्याउन सफल भएका छन् । के यो उनले गरेका प्रशंसनीय काम होइन र ? यो अस्पताललाई ३०० बेडको सुविधा सम्पन्न अत्याधुनिक अस्पताल बनाउने उनको योजना सफल पार्न उनको नेतृत्व आवश्यक छैन र ?

फेहोर मैला व्यवस्थापनको सन्दर्भमा मेयर मदन सुन्दरले जापानिज प्रविधिलाइ भित्र्याएर रिकीसी कम्पोष्ट मल बनाउन सुरु गरेकै हुन् । नगरपालिकको एउटा वडामा मात्रै भएपनि नमुनाको रुपमा सुरु भएको यो काम अरु वडामा पनि बिस्तार गर्ने र देभरी नै यो नमूना पस्कन सक्ने आधार खडा गरेका छन् । कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाएर नमूना देखाउन उनी सफल भएका छन् । राष्ट्रपति कार्यालयको प्राङ्गणलगायत विशिष्ट व्यक्तिहरुको घर करेसामा फल्ने तरकारमिा यही मल प्रयोग भइरहेको छ ।

मध्यपुर थिमि पुरानो र नयाँ बस्तीको फ्युजन नगरपालिकाको रुपमा रहेको छ । मदन सुन्दरले मेयर भएर आए पछि पुराना बस्तीको सम्पदा संरक्षणका साथसाथ नयाँ बस्ती व्यवस्थित शहरीकरण अभियान सञ्चालन गरेका छन् । यस अन्तर्गत चार वटा जग्गा एकीकरण आयोजना सञ्चालनमा ल्याएका छन् । यो वर्ष थप ७ वटा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय गरेका छन् । यसको लागि नेपालमै पहिलो पटक हामीले नगरपालिकाकाट वस्ती विकास र जग्गा एकीकरण ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् । अबको पाँच वर्षमा यसलाई पूर्णता दिने योजना छदैछ ।

नगरपालिकामा अपाङ्गताको क्षेत्रमा पनि काम गरिरहेको यस नगरपालिकामा तीन तहका अपाङ्गता भएकाको लागि छुट्टाछुट्टै विद्यालयहरु सञ्चालन गरिरहेको छ । अबको पाँच वर्षमा एउटै छानामुनि ल्याएर एकीकृत अपाङ्ग बालबालिकाको एउटा समग्र विद्यालय नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने योजना बाँकी छ । समग्रमा यी कामहरु गर्दै हामीले मध्यपुर थिमीलाई समृद्ध थिमी बनाउने अभियान बाँकी नै रह्यो ।

नगरपालिकाले जेष्ठ नागरिकको लागि, बालबालीका र महिलाहरुको लागि पनि प्याकेजकै रुपमा कार्यक्रमहरु सञ्चालन गरि रहेको र अब थप गर्ने योजना उनीसँग छ । लघु उद्यमशीलता विकास तालिम सञ्चालनमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सडक कालोपत्रे गर्ने ढल निकास सामान्य प्रक्रियामा रहेपनि खानेपानी व्यवस्थापनमा मध्यपुर थिमी उपत्यकाका १८ वटा स्थानीय तहमध्यकै उत्कृष्ठ रहेको छ ।

पहिलो कार्यकालको पाँच वर्षमा यस्ता उपलब्धिहरु भए, यसलाई पूरा गर्न र यी उपलब्धिहरुलाई सम्पूर्ण नगरवासीको पहुँचमा पुर्याउदै नयाँ योजनाहरु कार्यान्वयना ल्याउन दोस्रो कार्यकालको लागि अब थप पाँच वर्षलाई मदन सुन्दर माथि विश्वास गर्ने यी धेरै आधारहरु छन् ।
सम्पदाको क्षेत्रमा मात्रै २५ वटा पोखरी महध्ये १७ वटा पोखरीहरु पुनर्निर्माण सम्पन्न गरेका छन् ।

अबको पाँच वर्षमा बाँकी ८ वटा पोखरी पुर्न निर्माण गर्ने, बालकुमारी मन्दिरमा दोस्रो तल्ला सुनौलो छाना छाउने, गणेश मन्दिरको पुनर्निर्माण शुन्यबाट सुरु गरिएकोमा यसलाई यसलाई पनि पूर्णता दिने, स्वास्थ्य क्षेत्रमा नेपाल कोरिया मैत्री नगर अस्पतालको स्तरोन्नतिको लागि कोरियाली संसदबाट १ अर्ब ५ करोडको सहयोग रकम स्वीकृत भएकाले अब त्यसलाई सदुपयोग गरेर अस्पताललाई ३०० बेडको सम्पुर्ण उपकरण सहितको अस्पताल बनाउने योजना पूरा गर्नुपर्न छ । यसको आधारमा नर्सिङ कलेज सञ्चालन गर्दै मेडिकल कलेज लागि तयार गरि मध्यपुरथिमिका छोराछोरीलाई यहीँबाट डाक्टर पढ्न पाउने अबसर दिलाउने अभियान पुरा गराउने उनको लक्ष्यलाई साकार पार्नु छ ।

सम्पदा र विकास निर्माणलाई पर्यटनसँग जोड्दै आर्थिक क्रियाकलापलाई गतिमान चलायमान बनाउन भाइब्रेट इकोनोमी बनाएर यहाँको जीवनस्तर उकास्ने उनको अभियान पनि बाँकी नै छ । पछिल्लो कालखण्डमा स्थानीय तह आइसकेपछि मध्यपुर थिमी नगरपालिका सम्पदा पुनर्निर्माणमा, सम्पदा संरक्षण, मुर्तअमुर्त कला संरक्षणका कारण उत्कृष्ठ नगरपालिकाको रुपमा यो नगरपालिका स्थापित भएको छ । यस्तै मैले फेहोर मैला व्यवस्थापनको सन्दर्भमा जापानिज प्रविधिलाइ भित्र्याएर रिकीसी कम्पोष्ट मल बनाउन सुरु गरेको छ ।

नगरपालिकको एउटा वडामा मात्रै भएपनि कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाउन नमुनाको रुपमा काम गर्न सफल भएको यो अभियानलाई सबै वडमा लैजानु नै पर्ने छ । कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाउन सकिन्छ र यो मल बिक्री समेत गर्ने योजना छ ।

मध्यपुर थिमि पुरानो र नयाँ बस्तीको फ्युजन नगरपालिकाको रुपमा रहेको छ । हामीले पुराना बस्तीको सम्पदा संरक्षणका साथसाथ नयाँ बस्ती व्यवस्थित शहरीकरण अभियान सञ्चालन गरेको छ । मध्यपुरमा ४ वटा जग्गा एकीकरण आयोजना सञ्चालनमा गरेकोमा यो वर्ष थप ७ वटा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा ल्याउनु छ । जग्गा एकीकरण आयोजना लागु गर्ने सन्दर्भमा नगरपालिकाले बनाएको ऐन सञ्चालनमा ल्याउनु छ ।

अपाङ्गताको क्षेत्रमा पनि काम गरिरहेकोमा मध्यपुर थिमि क्षेत्रमा ३ तहका अपाङ्गताको विद्यालयको छुट्टाछुट्टै विद्यालयहरु स्थापना गरेर सञ्चालन भइरहेकोमा मदन सुन्दर श्रेष्ठले तीन वटा विद्यालयलाई एउटै छानामुनि ल्याएर एकीकृत अपाङ्ग बालबालिकाको एउटा समग्र नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने योजना बाँकी नै छ । नगरपालिकाले जेष्ठ नागरिकको लागि, बालबालीका र महिलाहरुको लागि पनि प्याकेजकै रुपमा कार्यक्रमहरु सञ्चालन गरिराखेको छ ।

यो ५ वर्षमा लघु उद्यमशीलता विकास तालिम सञ्चालनमा विभिन्न कार्यक्रम गर्दै आर्थिक उन्नतीसँगै जोडने काम सुरु भएको छ । सडक कालोपत्रे गर्ने ढल निकास सामान्य प्रक्रियामा रहेपनि खानेपानी व्यवस्थापनमा मध्यपुर थिमी उपत्यकाका १८ वटा स्थानीय तहमध्यकै उत्कृष्ठ रहेको छ ।

सम्पदाको क्षेत्रमा मध्यपुरथिमि भित्र रहेका २५ वटा पोखरी मध्ये १७ वटा पोखरीहरु पुनर्निर्माण सम्पन्न भए भने ८ वटा पोखरी बाँकी नै छन् । बालकुमारी मन्दिरमा दोस्रो तल्ला सुनौलो छाना छाउन बाँकी छ भने गणेश मन्दिरको पुनर्निर्माण शुन्यबाट सुरु गरिएकाले यसलाई पनि पूर्णता दिन बाँकी छ । अबको पाँच वर्षमा यी काम सम्पन्न गर्नु पर्नेछ ।

यस्तै, स्वास्थ्य क्षेत्रमा काम गर्दा नेपाल कोरिया मैत्री नगर अस्पतालको स्तरोन्नतिको लागि अहोरात्र खटिएका मदन सुन्दरले कोरियाली संसदबाट १ अर्ब ५ करोडको सहयोग रकम स्वीकृत गर्न सफल भएका छन् । त्यसलाई सदुपयोग गरेर अस्पताललाई रुपान्तरण गरेर ३०० बेडको सम्पुर्ण उपकरण सहितको अस्पताल बनाउने योजना पूरा पुरा गर्ने उनको उदेश्य रहेको छ । यसको आधारमा नर्सिङ कलेज सञ्चालन गर्ने र मेडिकल कलेज समेत सञ्चालन गरेर मध्यपुरका छोराछोरीलाई आफ्नै अस्पतालमा डाक्टर पढ्न सक्ने अबस्थामा पुर्याउने उनको लक्ष्य पुरा गर्नै बाँकी छ ।

सम्पदा र विकास निर्माणलाई पर्यटनसँग जोड्दै आर्थिक क्रियाकलापलाई गतिमान चलायमान बनाउन भाइब्रेट इकोनोमी बनाएर यहाँका जनताको जीवनस्तर उकास्ने मदन सुन्दरको लक्ष्य र अभियान बाँकी नै छ । पहिलो कार्यकालमा यी जे जति उपलब्धिहरु भए, यसलाई पूरा गर्न र यी उपलब्धिहरुलाई सम्पूर्ण नगरवासीको पहुँचमा पुर्याउन समय अभाव भएकोले दोस्रंो दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएको मदन सुन्दर श्रेष्ठले बताएका छन् । समग्रमा यी कामहरु गर्दै मध्यपुर थिमीलाई समृद्ध थिमी बनाउने अभियान बाँकी नै रहेकोले अब एक कार्यकालका लागि सूर्य चिन्हमा मतदान गर्दै विजयी गराउन मदन सुन्दर श्रेष्ठले नगरवासीसँग आव्हान गर्नु भएको छ ।

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित

काठमाडौँ, २७ वैशाख  : नेपाल सरकारले परीक्षणको रुपमा आगामी जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । यही २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार हरेक शनिबार र आइतबार बिदा दिने र अन्य दिन बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म कार्यालय समय रहने उल्लेख गरेको छ । यद्यपि कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्रै रहने जनाइएको छ ।

प्रकाशित सूचनाअनुसार विसं २०७९ का लागि निर्धारण भएको दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन विभाग, वारुणयन्त्र टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर, सेवा राहदानी सेवा हुलाक जिल्ला प्रशासन कार्यालय, बैंकिङ, सेवा, आन्तरिक राजस्व, भूमिसुधार, मालपोत, नापी, भन्सार, स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने उल्लेख छ ।

मन्त्रालयले कार्यालयमा सार्वजनिक बिदा समयमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्न भनिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख १३ बो बैठकले हप्तामा दुई दिने बिदा दिने निर्णय गरेको थियो ।

विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी : सभापति देउवा

डडेल्धुरा, २७ वैशाख : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेको बताउनुभएको छ ।

सोमबार गृहजिल्ला आउनुभएका सभापति देउवाले आज जिल्ला सदरमुकाममा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै बाटोघाटो, सडक कालोपत्र, सडक चौडालगायत खानेपानी र स्वास्थ्य तथा बेरोजगारी हटाउन पहल गर्ने बताउनुभयो । सभापति देउवाले पूर्वाधार तयार गर्न सकिए प्रदेश राजधानी डडेल्धुरा सार्न सकिने बताउनुभयो । “डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ”, सभापति देउवाले भन्नुभयो,“ अब संरचना निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ ।”

डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । पश्चिम सेतीसँगै पञ्चेश्वर बहुद्देश्यीय परियोजना पनि चाँडै भारत सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउनका लागि कुराकानी भइरहेको उहाँको भनाइ थियो । सभापति देउवाले बाटो बिर्सेर अन्यन्त्र लागेका नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रहसमेत गर्नुभयो । “अझै केही बिग्रेको छैन घर फर्किनुस्”, उहाँले भन्नुभयो ।

विकास विरोधी तत्व र लोकतन्त्र मास्ने गिरोहसँग नलाग्न नेता तथा कार्यकर्तालाई उहाँले सुझावसमेत दिनुभयो । त्यसै गरी नेपाली कांग्रेस प्रदेश समितिका सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सच्चा राष्ट्रभक्त मात्रै कांग्रेसमा रहेको बताउनुभयो । हिजोका चुनावमा धोका दिने मात्रै मुनाफा लिएर अर्को पार्टीमा लागेको उहाँले दाबी गर्नुभयो । त्यसैगरी केन्द्रीय सदस्य नैनसिंह महरले चुनावमा अन्तर्घात गर्ने तत्व करुवा लिएर एमालेको सतिगएको आरोप लगाउनुभयो ।

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?

काठमाडौँ, २७ वैशाख: आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ । यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न÷गराउन नपाइने आयोगले जनाएको छ ।

मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आजै राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । मदिरा सेवनबाट झैझगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले मौन अवधिमा मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । निर्वाचन सुरक्षालाई ध्यान दिँदै आजै राति १२ बजेदेखि देशका सीमानाका बन्द गरिए पनि अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । आउँदो शुक्रबार देशभर एकै चरणमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । –––

वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिइँदै

काठमाडौँ, २७ वैशाख : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रमा मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकामा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदानस्थलमा सम्बन्धित मतदान अधिकृतको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रहरूका वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ ।

निर्देशनमा मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्य टोली मतदानस्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सबै मतदातालाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकताअनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने, मतदानस्थलमा उपस्थित मतदातालाई नमूना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्षरुपमा जानकारी दिने, मतदान गर्ने तरिकाबारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिह्नको नाम नलिने, मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि मतदान गर्ने दिन वैशाख ३० गते शुक्रबार बिहान ७ देखि अपराह्न ५ बजेभित्र मतदान गर्न आउन आग्रह गर्ने उल्लेख रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यस्तै मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सातवटा निर्वाचन चिह्नमा मत सङ्केत गरी मतदान गर्नुपर्ने, पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, तेस्रो ठाडो लहरमा वडाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, छैटौँ र सातौँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारको निर्वाचन चिह्नमध्ये कुनै दुई निर्वाचन चिह्नमा छुट्टाछुट्टै छाप लगाइ दुई उम्मेदवारलाई मतदान गनुपर्ने आयोगले जनाएको छ ।

मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको स्थानमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुर्छ । गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आफूले रोजेको उम्मेदवारको चिह्नमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । मतपत्रमा मत सङ्केत गरे पछि मत पत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नुपर्छ भने यस पछि नत्र बदर हुन सक्छ… मतदाता तोकिएको स्थान र मार्गबाट बाहिर जानुपर्दछ । मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ ।

मतपत्रको छैठौँ र सातौँ लाइनबाट दुई जना वडासदस्य पदमा निर्वाचित गर्नुपर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएकोमा सो पदको मत बदर हुन्छ । मत सङ्केत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा मत बदर हुन्छ । मतपत्रमा स्वस्तिक छापबाहेक अन्य छाप लगाएमा वा अन्य चिह्नले मत सङ्केत गरेमा मत बदर हुन्छ । दुईवटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । उम्मेदवारको चिह्न रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । –––

हावादारी हल्लाको पछि नलाग्नुहोस्, म नगरको छोरा हुँ, नगरलाई समृद्ध बनाउँछु : बासुदेव थापा

आफूले नगरपालिकामा मेयर भरु पाँच वर्ष रहदाँ पाएको तलब भत्ता समेत नलिएको र आएको तलब भत्तामा थपेर २७ लाख ५१ हजार सामाजिक कार्यमा लगाइसकेको बताउदै उहाँले भन्नुभयो, “अनावश्यक लान्छना लगाएर, आरोप लगाएर ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन, नगरबासीलाई अनावश्यक आरोप र लान्छनाको कडा रुपमा प्रतिवादन गर्न पनि आग्रह गर्दछु ।”

======================================================

भक्तपुर, २७ बैशाख । सूर्यविनायक नगरपालिकामा एमालेबाट नगर प्रमुखको उम्मेदवार बासुदेव थापाले विगत ४० वर्षसम्म भक्तपुरमा हुन नसकेको बिकास एमालेले पाँच वर्षमा गरेर देखाएको बताउनु भएको छ ।

मंगलबार सूर्यविनायकको कटुञ्जेमा आयोजना गरेको चुनाबी सभामा बोल्दै उहाँले संघीय, प्रदेश र स्थानीय तहमा एमालेको सरकार बने पछि एमालेले १५ अर्ब बजेट ल्याएर बिकास गरेको बताउनु भयो । उहाँले आफूले नगर प्रमुखको नेतृत्व गरेर पाँच वर्ष गरेको काम सबै जनताले देखेको बताउदै उहाँले पाँच वर्षको अबधीमा सर्वसम्मत नगरपालिका चलाएर भ्रष्टाचार मुक्त बनाएको दाबी गर्नु भयो ।

सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले आफूमाथि अनावश्यक लाञ्जना लगाइएकोप्रति कडा आपत्ति जनाउदै भन्नुभयो, “मेयरले प्लानीङमा जग्गा किन्यो रे भन्दै भ्रम फैलाउने ? म केही नभएको जोगी होइन, मेरो पुर्खाको सम्पत्ति मात्र पचासौ रोपनी जग्गा छ, आज भन्दा ३५ वर्ष अगाडि नै काठमाडौंमा घर भएको मान्छे हो, मेरा बिरुद्ध भ्रम छरेका छन्, कुन प्लानिङमा मेरो नाममा जग्गा छ देखाइदिनुस् त, प्रमाण ल्याउँ, धन्यवाद भनौला, सजाय भोगौला, मेरो दुई जना परिवारलाई भ्रष्टाचार गर्दै हिड्नु पर्दैन, मलाई पार्टी भए पुग्छ ।”

आफूले नगरपालिकामा मेयर भरु पाँच वर्ष रहदाँ पाएको तलब भत्ता समेत नलिएको र आएको तलब भत्तामा थपेर २७ लाख ५१ हजार सामाजिक कार्यमा लगाइसकेको बताउदै उहाँले भन्नुभयो, “अनावश्यक लान्छना लगाएर, आरोप लगाएर ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन, नगरबासीलाई अनावश्यक आरोप र लान्छनाको कडा रुपमा प्रतिवादन गर्न पनि आग्रह गर्दछु ।”

उहाँले नगरपालिकाको नेतृत्व गर्दा आफूले विगत पाँच वर्षमा भ्रष्टाचार गरेको प्रमाण ल्याए, सजायँ भोग्न र आफ्नो टिममा कसैले गल्ती गरेको, भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसको जिम्मेवारी लिन आफू तयार रहेको भन्दै प्रमाण बिना हावादारी कुरा गरेर अफवाह फैलाउदै झुठो आरोप लगाएर भोट बटुल्न सक्ने अबस्था नरहेको बताउनु भयो ।

अहिलेका जनता धेरै बाठो भएको बताउदै उहाँले अहिले कसैले पनि भ्रष्टाचार गर्न सक्ने अबस्था नरहेको भन्दै उहाँले आफू नगर पिता नभई नगरको छोरो भएर कुनै पार्टी, दल, जात, धर्म केही नहेरी कुनै भेदभाव नराखी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पाँच वर्ष अगाडिको निर्वाचनमा प्रतिबद्धता गरेको ३४ बुँदे घोषणा पत्रमा भएको भन्दा चौबर बढी काम इमान्दारीका साथ गरेको बताउदै उहाँले जनताले इमान्दारीका साथ सूर्य चिन्हमा भोट दिएर अहिले तीन चौथाई बढी मतले एमालेलाई बिजयी गराउने बताउनु भयो ।

कांग्रेस अब कांग्रेस जस्तो रहेन भन्दै एमाले नेता बस्नेतले भन्नुभयो, ‘बिकासका लागि एमालेको उम्मेदवारलाई मतदान, कांग्रेसको उम्मेदवारलाई नमस्कारको सम्मान’

गुण्डुमा धेरै बिकास भयो भन्ने कांग्रेसका नेताले कटुञ्जेमा एमालेले ल्याएको बजेटमा बिकास गर्न नदिएर रोक्ने, बाटो सिमांकन गर्न नदिएर बोटो बनाउन रोक्ने, पटक पटक मुद्धा हालेर बिकास रोक्नेहरुले बिकास गर्छौ भनेर नारा फलाक्दै भोट मागे पनि जनताले मतदान गर्ने बेलामा एमालेले गरेको बिकास एक पटक सम्झेर भोट हाल्ने एमाले नेता महेश बस्नेतले बताउनु भयो ।

=================================================================

भक्तपुर, २७ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेस अब कांग्रेस जस्तो नरहेको र अरुको साहारा बिना चल्नै नसक्ने गरि कमजोर भएको टिप्पणी गर्नु भएको छ । मंगलबार सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणी चोकमा आयोजना गरेको एमालेको चुनावी सभामा बोल्दै उहाँले कांग्रेस प्रचण्ड, माधव नेपाल, उपेन्द्र यावद र चित्रबहादुर केसीको बैशाखी नटेकी चल्न नसक्ने अबस्थामा पुगेको बताउनु भएको हो ।

एमाले सिध्याउन खोजेको प्रचण्डले नसकेपछि अहिले कांग्रेस सिध्याउन लागिपरेको भन्दै उहाँले भन्नुभयो, “प्रचण्डले एमाले सिध्याउन सकेनन्, अहिले कांग्रेस सिध्याउन लागि रहेका छन्, विपीले बनाएको, गणेशमान, किसुनजी, गिरिजाले जोगाएको कांग्रेस अहिलेसम्म चुनाबमा आउँदा शेरबहादुर देउवा आफै रुखमा भोट नहाल, हसियाँ हथौडा, कलममा भोट हाल भन्दै छन्, त्यसैले अब कांग्रेस कांग्रेस जस्तो रहेन, बिचरा देउवाले हेर्दा हेर्दै सिध्याउदै छन् ।” उहाँले कांग्रेस कार्यकर्ताहरु अहिले यो कस्तो कांग्रेस हो, जसले कांग्रेसलाई भोट नहाल भन्छ, भो अब रुख हेरेर होइन, मुख हरेर भोट दिनु पर्ने भयो भन्दै बिरक्तिन थालेको टिप्पणी गर्नु भयो ।

भक्तपुरमा सभा गर्नु पर्यो भने कांग्रसका यहाँका नेताहरुको अनुहार कार्यकर्ताले नरुचाए पछि कि विश्वप्रकाशलाई कि गगनलाई ल्याउने गरेको भन्दै उहाँले एमालेमा नेता खोज्न बाहिर जानै नपर्ने गरि भक्तपुरमै एकसे एक नेताहरु रहेको चर्चा गर्नु भयो । पाँच दल एकातिर एमाले एक्लै एकातिर हुँदा पनि ओलीकै तराजू गहुंगो भएको भन्दै ओलीसँग देउवाको तुलना गर्नै छाडेको बताउनु भयो । बैशाख ३० गतेको चुनाब पछि गठबन्धनबीच नै मारामार हुने दाबी गर्दै उहाँले मंसिरसम्म देउवा आफैले संसद नराख्ने दिन आउने उहाँले दाबी गर्नु भयो ।

हनुमन्तेमा भ्रष्टाचार गर्यो भनेर भ्रम फैलाउने नेताहरुलाई सबै इबिडिङमा ठेक्का गरेको पनि थाहा छैन रैछ भन्दै उहाँले ४० वर्षमा काँग्रेस र नेमकिपाले जितेको क्षे नं. २ मा एउटा बाटो बनाउन नसक्नेहरुले अहिले महेश बस्नेतले, शशीजंग थापाले, बासुदेव थापाले सूर्यविनायकको बिकास गरेको देखेर बिकास रोक्न जानेहरुलाई जनताले कसरी भोट दिन्छन् ? उहाँले प्रश्न गर्नु भयो ।

गुण्डुमा धेरै बिकास भयो भन्ने कांग्रेसका नेताले कटुञ्जेमा एमालेले ल्याएको बजेटमा बिकास गर्न नदिएर रोक्ने, बाटो सिमांकन गर्न नदिएर बोटो बनाउन रोक्ने, पटक पटक मुद्धा हालेर बिकास रोक्नेहरुले बिकास गर्छौ भनेर नारा फलाक्दै भोट मागे पनि जनताले मतदान गर्ने बेलामा एमालेले गरेको बिकास एक पटक सम्झेर भोट हाल्ने एमाले नेता महेश बस्नेतले बताउनु भयो ।

प्रचण्ड भित्ते राष्ट्रपति बनेको प्रसंग कोट्याउदै उहाँले बैशाख ३० गते पछि यहाँ को को भित्ते मेयर, उपमेयर हुने हो जनताले हेर्ने बताउदै उहाँले एमाले नेतृत्वका ४० महिनामा यहाँ २५ करोड बजेट ल्याउने एमालेको बिरोध गर्नेहरुले गठबन्धन सरकार बनेको १० महिनासम्म १० रुपैयाँ बजेट ल्याउन नसक्नेहरुलाई जनताले पत्याउदैनन् भन्ने विश्वास रहेको बताउनु भयो ।

एमालेले ल्याएको बजेटले बिकास तिब्र गर्दा केही कांग्रेसका नेताले हामीले ल्याएको भन्दै भाषण गर्न थाले पछि एमालेले आफूले ल्याएको बजेटबाट हुने कामको शिलन्यास र उद्घाटन गर्न भ्याई नभ्याई भएको बताउदै जनताले भक्तपुरमा एमालेले के गर्यो भनेर हेरिरहेको उहाँले बताउनु भयो । उहाँले एमालेले अबको १० वर्षसम्मका लागि बहुवर्षीय योजना पारेर यहाँको बिकासमा बजेट व्यबस्थापन गरेकाले अब यहाँका बजेट कसैले काट्न नसक्ने उहाँको भनाइ थियो ।

एमालेले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटनको बिकास, भौतिक संरचनादेखि भवन निर्माणलाई तिब्र गतिमा अगाडि बढाउँदा कहा एमाले, कहाँ, कांग्रेस, कहा माओवादी भनेर नहेरी समान रुपमा बिकास गरेको र अबको पाँच वर्षमा सबै बिकास सम्पन्न गरेर समृद्ध सूर्यविनायक बनाउने संकल्प लिएको उहाँको भनाइ थियो । चुनाबमा बुथ कब्जा गरौला भन्ने सपना अब नदेख्न आग्रह गर्दै उहाँले प्रत्येक बुथमा एमालेका युवा चनाखो भएर बस्ने र धाँधली हुन नदिने बताउनु भयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बासुदेव थापाले विगत ४० वर्षसम्म भक्तपुरमा हुन नसकेको बिकास एमालेले पाँच वर्षमा गरेर देखाएको बताउनु भयो । संघीय, प्रदेश र स्थानीय तहमा एमालेको सरकार बने पछि एमालेले १५ अर्ब बजेट ल्याएर बिकास गरेको सबै जनताले देखेको बताउदै उहाँले पाँच वर्षको अबधीमा सर्वसम्मत नगरपालिका चलाएर भ्रष्टाचार मुक्त गरेको बताउनु भयो ।

सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले आफूमाथि अनावश्यक लाञ्जना लगाइएकोप्रति कडा आपत्ति जनाउदै भन्नुभयो, “मेयरले प्लानीङमा जग्गा किन्यो रे भन्दै भ्रम फैलाउने, म जोगी होइन, मेरो पुस्ताको सम्पत्ति मात्र पचासौ रोपनी जग्गा छ, आनामा लोभ गर्दैै हिड्नु पर्दैन, मेरो दुई जना परिवारलाई थोरै खानलाई भ्रष्टाचार गर्दै हिड्नु पर्दैन, मैले पाँच वर्षमा पाएको तलब भत्ता समेत लिएको छैन, २७ लाख ५१ हजार तलब भत्ता सामाजिकक कार्यमा लगाइसकेको छु, ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन, नगरबासीलाई अनावश्यक आरोप र लाञ्जनाको कडा रुपमा प्रतिवादन गर्न पनि आग्रह गर्दछु ।”

उहाँले नगरपालिकाको नेतृत्व गर्दा आफूले विगत पाँच वर्षमा भ्रष्टाचार गरेको प्रमाण ल्याए, सजायँ भोग्न र आफ्नो टिममा कसैले गल्ती गरेको, भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसको जिम्मेवारी लिन आफू तयार रहेको भन्दै प्रमाण बिना हावादारी कुरा गरेर अफवाह फैलाउदै झुठो आरोप लगाएर भोट बछुल्न सक्ने अबस्था नरहेको बताउनु भयो ।

अहिलेका जनता धेरै बाठो भएको बताउदै उहाँले अहिले कसैले पनि भ्रष्टाचार गर्न सक्ने अबस्था नरहेको भन्दै उहाँले आफू नगर पिता नभई नगरको छोरो भएर कुनै पार्टी, दल, जात, धर्म केही नहेरी कुनै भेदभाव नराखी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नगरको उपमेयरका उम्मेदवार सरिता तिमिल्सिना भट्टराईले नगरपालिकालाई बिकाससँगै रोजगारी, आर्थिक समृद्धि र सीपमूलक आयमा जोड्दै समृद्ध नगरपालिका बनाउने बताउनु भयो ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष्यका उम्मेदवार राजकुमार जोशीले कटुञ्जेको बिकासलाई अझै तिब्र गतिमा लैजान आफूले पुनः उम्मेदवारी दिएको बताउनु भयो ।

पाँच वर्षमा थिमिको धेरै बिकास, बाँकी सबै बिकास र समृद्धिलाई अब पाँच वर्ष : नेता महेश बस्नेत : मदन सुन्दर भन्छन् : पहिलो पाँच बर्ष कला, संस्कृति, सम्पदा संरक्षणमा, अबको पाँच बर्ष अधुरा काम, नयाँ बस्ती र ब्यबस्थित शहरीकरणमा

भक्तपुर, २७ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले काँग्रेस माओवादीले अहिले एमाले बिरुद्ध भ्रम छरिरहेको बताउदै काँग्रेसले नजितेको ठाउँमा पैसा पठाउदिन भन्नु, रेणुले नजिते सबै सकिन्छ भन्नु गलत भएको टिप्पणी गर्नु भयो ।
एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले भन्नुभयो, “काँग्रेसले नजितेको ठाउँमा बजेट दिन्नौ भन्ने के यो देश आरजू देउवाको बाउको सम्पत्ति होइन, देउवाको ससुरालीको पेवा पनि होइन, अझै राणा शासनको झल्को दिन खोज्दैछन्, राणा शासन त सकिसक्यो, अझै चेत छैन ।”

एमालेबाट मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारदेखि केपी ओलीले नेतृत्व गरेको सरकारसम्म र नेपाली काँग्रेसले पटक पटक गरेको सरकारको नेतृत्वमा भएको बिकासलाई तुलना गरेर हेर्न जनतालाई आग्रह गर्दै उहाँले अहिलेसम्म गाउँको बिकास, देशको बिकास एमालेले मात्रै गरेको बताउनु भयो । गठबन्धनले देश ब्रम्हलुट मच्चाउन खोजेको भन्दै उहाँले आफ्नाले जिते हुने नजिते देश खत्तम हुने भन्नुले त्यसो पुष्टी हुने भन्दै उहाँले प्रचण्ड पुत्री रेणु दाहालले हारे पनि, काँग्रेसले हारे पनि बिकास नरोकिने बताउनु भयो ।

उहाँले भक्तपुरको मध्यपुरथिमि, चाँगुरनारायण र सूर्यविनायकलाई भ्रष्टाचार मुक्त राखेर बिकास गरेको बताउदै यो पाँच वर्षमा मध्यपुरमा एक अर्ब समपुरक शिर्षकमा आएको बजेट अब कसैले काट्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, “एमालेले नेतृत्व गरेको तीन वटै नगरपालिकाको बिकास हेर्नु्स उत्कृष्ठ नगरपालिकामा मध्यपुर देशभरकै तेश्रोमा आएको छ , यो कसले बनायो, एमालेको नेतृत्वले बनायो, मदन सुन्दरले बनायो, मध्यपुरका बासिन्दाले यसलाई देख्नु पर्दैन, महिला बिरोधी गठबन्धनलाई महिलाले भोट हाले पाप लाग्छ ।”

मध्यपुरथिमिमा गठबन्धनले महिलाो अपमान गरेको भन्दै उहाँले गठबन्धनले महिलाको उम्मेदवार नदिएर समग्र महिलाको अधिकार खोसे पनि एमालेले उत्तरा नेपाललाई उपमेयरमा महिला उम्मेदवार बनाएर महिलाको अधिकार सुनिश्चित गरेको बताउनु भयो ।
एमालेले भक्तपुरका तीन नगरपालिका र २ नम्बर क्षेत्रमा विजयी भएपछि भक्तपुरमा बिकासको बाढी आएको, शान्ति सुरक्षा, सुव्यबस्था कायम भएकोले यी तीन नगरमा बसाई सराई बढिरहेको बताउदै उहाँले मध्यपुरथिमिमा अब काँग्रेसले बनाउने र बिसका गर्ने ठाउँ नरहेको बताउनु भयो ।

उहाँले थिमिको हाइवे, पेप्सीकोटा निकोसेरा सडक, नेपाल कोरिया मैत्री सडक, निकोसेरा सिन्टिटार सडक, बोडेमूलपानी सडक, लोकन्थली सडक, सानोठिमी धुन्चेपाखा सडक, हुलाक सडक, बाहाखा बजार बोडे सडक, निलबाराही सडक सबै सडक एमालेकै पालामा बनिसकेको छ, यहाँका ठूला साना सडक कतिै कालो प भए, कतै ढलान भए, अब बाँकी भएका नयाँ बस्ती र अन्य केही सडक एमालेले सम्पन्न गर्छ, एमालेले काँग्रेसलाई गर्ने ठाउँ काही बाँकी राख्दैन, बिकास एमालेले गर्छ, काँग्रेस सुतिरहन्छ, पार्टीको अधिवेशन आउँदा र चुनाब आउँदा मात्रै उठ्छ ।”

मेलम्चीको खानेपानी मध्यपरथिमिमा झार्ने काम एमालेले गरेको बताउदै उहाँले अन्य खानेपानीको श्रोतसमेत समेटेर मध्यपुर थिमिको नयाँ पुरानो सबै बस्तीको घरघरमा खानेपानी पुर्याउने काम अबको कार्यकालमा गरिने नेता बस्नेतले बताउनु भयो ।

मध्यपुरमा अब हिलोमा हिड्न नपर्ने गरि मदन सुन्दरले बिकास गरेको बताउदै उहाँले सम्पदा बस्तीमा ढुङ्गा छापेको, सम्पदाको संरक्षण गरेको भन्दै उहाँले उपत्यकामा सम्पदा संरक्षण गर्ने एकमात्र थिमि रहेको भन्दै कोरोनाको महामारीमा मेयर श्रेष्ठले नेपाल कोरिया मैत्री अस्पतालले नमूनाको काम गरेको कसरी जनताले बिर्सनु उहाँले प्रश्न गर्नु भयो ।

काठमाडौंको रानी पोखरी मात्रै होइन थिमिको दुई पोखरी, काठमाडौंको धरहरा मात्रै होइन थिमिको मन्दिर, यहाँका दरबार, पाटी पौवा, एमालेकै पालामा बेनको भन्दै उहाँल् दोश्रो कार्यकालमा मध्यपुरमा एमालेले खानेपानी, ढल, र बाँकी रहेको काम गर्ने बताउनु भयो ।अहिलेको गठबन्धन काँग्रेस सिध्याउने गठबन्धन भएको बताउदै उहाँले काँग्रेसले ६० प्रतिशत लिएर ४० प्रतिशत गुमाइसकेको, प्रचण्डले र माधव नेपालले हारिसकेको भन्दै गठबन्धनका बिरुद्ध एमाले एक्लै पनि बलियो शक्ति रहेको उहाँको भनाइ थियो ।

यहाँले थिमिका युवालाई अब तीन दिन सचेत भएर रहन र चनाखो भएर रेकी गर्न निर्देशन दिदै भन्नुभयो, “धकारी भरि धान छ भनेर चुप लागेर बस्नु हुदैन, त्यो धानमा घुन, पुतली लाग्न दिनु हुदैन, राती आउँलान, प्रलोभन देलान, लोभलालच दिएर भड्काउलान्, त्यस्ता आए भने लखेट्नसु्, मतदानदेखि मतगणना सम्पन्न नभएसम्म चनाखो रहनुस् ।”

नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले मध्यपुरथिमिको समग्र विकासमा एमालेको बिकल्प नभएको भन्दै अबको पाँच वर्ष बहुमत सहित मध्यपुरमा एमालेलाई जनताले काम गर्न दिने अवसर प्रदान गर्न सूर्यमा मतदान गर्नु पर्ने बताउनु भयो ।

मेयरका प्रत्यासी मदन सुन्दर श्रेष्ठले अल्पमतमा हुँदा त थिमिको बिकासलाई नेपाल भरका नगरपालिका मध्ये उत्कृष्ठ तेश्रोमा पार्न सफल भएको बताउदै अब बहुमत सहित नगर पालिका चलाउँदा जनताको आवश्यकता पुरा गर्ने गरि विकास गर्न सकिने बताउनु भयो ।

एमालेबाट मेयर उम्मेदवार श्रेष्ठले भन्नुभयो, “मेरो पहिलो कार्यकाल सम्पदाको संरक्षणलाई उच्च प्राथमिकता दिए, अबको दोश्रो कार्यकाल सम्पदा बस्ती र सम्पदाको क्षेत्रका नगरदेशमा सिद्धि गणेशमा सुनको छानो हाल्ने, ज्यापू संग्रहालय बनाउने लगायतका बाँकी रहेको २० प्रतिशत कामलाई पूर्णता दिनेछु भने नयाँ बस्ती र शहरीकरुणा लागि ८० प्रतिशत लगानी गरेर नयाँ तथा पुराना बस्तीको बिकास, खानेपानी, ढल, सडक, पूर्वाधारका क्षेत्रमा जनचाहना र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
उहाँले विगत पाँच वर्ष सम्पदा संरक्षणमा अबको पाँच वर्ष १ देखि ९ वडासम्मका समग्र बिकास बाहेक अरुमा आफ्नो ध्यान नजाने बताउनु भयो ।

कार्यक्रममा उपमेयरको उम्मेदवार उत्तरा नेपालले मध्यपुरथिमिको नयाँ तथा पुराना बस्तीको बिकास र जनताको चाहना पुरा गर्न महिला नेतृत्वको रुपमा आफ्नो उम्मेदवारी रहेको भन्दै आफूले समग्र महिलाको प्रतिनिधित्व पनि गरिरहेको बताउनु भयो ।

मतदाता भन्छन्, ‘एमाले आए सबै कुरा पाइन्छ, सूर्यविनायकको विकासमा बासुदेव थापानै चाहिन्छ’ ( फोटो फिचर)

नगर प्रमुखका उम्मेदवार वासुदेव थापा जनतालाई आफूले पाँच वर्षसम्म नझुक्याएको, जनताको काम गर्दा कुनै दिन विदेश घुम्ने र नगरपालिका जथाभावी छाडेर जाने नगरेको, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पुल सबै विकास गरेको बताउदै अबको चुनाबमा विजयी भएर सूर्यविनायकको बाँकी बिकासका काम सबै पुरा गर्ने बताउनु भयो ।

===================================================

भक्तपुर, २६ बैशाख । ‘एमाले आए सबै कुरा पाइन्छ, सूर्यविनायकको विकासमा बासुदेव थापानै चाहिन्छ’ एमालेको घरदैलो कार्यक्रमको आज अन्तिम दिन सूर्यविनायकको चित्तपोलमा एक महिलाले गाएको गीत हो यो ।

नेकपा एमाले सूर्यविनायक नगर कमिटीले आयोजना गरेको चुनावी घर दैलो कार्यक्रमको आज अन्तिम दिन सूर्यविनायक नगर प्रमुखको उम्मेदवार वासुदेव थापा घर अगाडि आए पछि हसिलो अनुहार लगाउदै उनले गीत गाएकी हुन् ।

एमालेले बालबालिका, युवा युवती, महिलादेखि बृद्धबृद्धासम्मका लागि कार्यक्रमहरु ल्याएको भन्दै ती महिलाले भनिन्, ‘बासुदेवको काम देखिसकेका छौँ, झलमल्ल बिकास भएका छन्, पाँच वर्षमा यति धेरै गर्न सक्नेले अब पाँच वर्षमा अझै विकास गर्छन्, अब एक पटक त उहाँलाई नै भोट दिने हो ।’

सूर्यविनायक नपा–९ नंखेल काक्राबारीमा सन्ते तामाङले एमालेकै कारण दुर्गम भएको काक्राबारीले बिकासको मुहान हेर्न पाएको बताउदै एमाले बाहेक अरुलाई नदेख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिला पहिलाको चुनाव पछि नेताहरु देख्नै पाइदैनथ्यो, एमालेले जिते पछि त कार्यक्रम भइ राख्छ, हाम्रो बाटो बन्यो, स्कुल बन्यो, एमाले आए पछि हाम्रो गाउँमा बिकास आयो त्यसैले ३० गतेको चुनाबमा सूर्यलाई भोट हाल्ने हो, बासुदेव दाईको टिमलाई जिताउने हो ।’

प्रत्येक वडामा घर दैलोको क्रममा एमालेका युवा नेता महेश बस्नेत, अर्का नेता शशी जंग थापा, जिल्लाका नेताहरु र मेयर उपमेयर, वडा अध्यक्षको उम्मेदवारहरु लर्को लागेर पुग्दा चोक चोकमा स्वागत गर्ने, अबिर, फूल माला, खादा लगाईदिएर विजयीका आर्शिवाद दिने गरेको घर दैलोमा हिड्ने कार्यकर्ता बताउँछन् ।

घरदैलोमा एमाले आयो भने पछि बृद्धबृद्धा पनि बाटोमा आएर आर्शिवाद दिने गरेको, महिलाहरु चोक चोकमा नाच्ने गरेको भन्दै अब पाँच वर्षका लागि फेरी एमाले नै ल्याउने हो भन्ने गरेका छन् ।

नगर प्रमुखका उम्मेदवार वासुदेव थापा जनतालाई आफूले पाँच वर्षसम्म नझुक्याएको, जनताको काम गर्दा कुनै दिन विदेश घुम्ने र नगरपालिका जथाभावी छाडेर जाने नगरेको, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पुल सबै विकास गरेको बताउदै अबको चुनाबमा विजयी भएर सूर्यविनायकको बाँकी बिकासका काम सबै पुरा गर्ने बताउनु भयो ।

आफूले भ्रष्टाचार नगरेको, जनताको काम नरोकेको, सूर्यविनायकको विकासमा अहोरात्र खटिएको बताउदै थापाले एमालेले यस पटक सूर्यविनायकको १० वटै वडा र नगर प्रमुख तथा उपप्मुख जित्ने बताउनु भयो । एमाले सूर्यविनायक नगर कमिटी अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार रबिन्द्र सापकोटाले एमाले भित्र अब कुनै विवाद, असन्तुष्टी नरहेको बताउदै अलिअलि कार्यकर्ता माझ भएको असन्तुष्टीहरु सबै मिलेको बताउनु भयो ।

सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखि १० सम्म आयोजना गरेको घर दैलो कार्यक्रममा एमालेका युवा नेता महेश बस्नेतले नेतृत्व गरेको ठाउँमा एमालेको सधै जीत हुने बताउदै एमालेले पाँच वर्षमा गरेको विकासको प्रंशसा गरि मतदाताले फेरी पनि एमालेकै नेतृत्व आउनु पर्ने बताए ।