प्रदेशमा सत्ता साझेदारी गर्ने नेकपा एमाले र नेकपाबीच तीन बुदेँ सहमति, वागमतिमा मुख्य मन्त्रीको जिम्मवारी किरण थापालाई दिने निश्चित

काठमाडौं ९ साउन। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच आज शनिवार प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ । नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भए पछि एमाले अध्यक्ष कपी शर्मा ओली र नकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ।

सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ । सहमति पत्रमा प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ।

पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्थिर राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूलाई समाधान गर्दै जनताको चाहना अनुरूप राजनीतिक स्थिरता, सुशासन, सम्बृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र बनाउन एकैठाउँमा उभिएको उल्लेख छ।

मधेश प्रदेश र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरुसंग छलफल र परामर्श गरि सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने सहमतिमा उल्लेख छ ।

वागमतिमा मुख्य मन्त्रीको जिम्मवारी किरण थापालाई बलियो सम्भावना :

वागमति प्रदेशको मुख्य मन्त्री किरण थापाले नेतृत्व गर्ने बलियो सम्भावना रहेको एमाले एक नेताले जानकारी दिए । प्रदेश सरकारमा दुई वर्ष स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्दा कनै विवादमा नपरेका र स्वास्थ्यको क्षेत्रमा निकै प्रभावकारी काम गरेर उच्च छबी बनाएको भन्दै पाटीको नेता तथा कार्यकर्ताहरुले समेत मुख्यमन्त्रीको जिम्मेवारी किरण थापालाई दिनु पर्ने आवाज उठेको छ । पार्टी निकट श्रोतका अनुसार थापालाई मुख्य मन्त्रीको जिम्मेवारी दिने पार्टीभित्र करिब निश्चित भएको जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

भक्तपुर, ६ साउन । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सरकारमा सहभागि भएका एमालेका छ जना मन्त्रीले आज संयुक्त राजिनामा बुझाए संगै एमाले सरकारबाट बाहिरिएको वागमति प्रदेशका निवर्तमान् स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिनुभयो । उहाँलृ सबै मन्त्रीले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच दुरी बढेपछि कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा एमाले सरकारबाट बाहिरिएको हो । बागमती प्रदेश सरकारमा एमालेबाट स्वास्एथ्य मन्त्री किरण थापा मगर, कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा रहेका थिए ।

प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरेपछि मुख्य मन्त्री बानियाँले यसअघिका स्वास्स्थ मन्त्री किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसीलाई मन्त्रालयका जम्मेवारी नदिई साउन १ गतेदेखि विनाविभागीय मन्त्री बनाएका थिए । एमालेले राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

यसअघि नेपाली काँग्रेस र नेकपा एमालेबीच सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भए अनुसार अबको सरकारको नेतृत्व एमालेले गर्ने पालो भएपनि मुख्य मन्त्री बानियाँले सरकार छाड्न नमाने पछि बिवाद सुरु भएको थियो । नेपाली काँग्रेसका सभापति गगन थापाले सातै प्रदेशमा एमालेसंगको सञ साझेदारी तोड्ने निर्णय गरेसंगै ६ वटा प्रदेशका सरकार धरापमा परेको थियो ।

पछिल्लो समयमा प्रदेशमा नयाँ सत्ता गठबन्धन गर्न नेकपा एमाले र नेकपा सहमति नजिक पुगिसकेका छन् । यधपी कुन प्रदेशमा कसले नेतृत्व गर्ने र अर्को दलले कुन कुन मन्त्रायल लिने भन्ने टुंगो लाग्न बाँकी रहेको निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिनुभयो। नेपाली काँग्रेसका केही नेताले भने स्थानीय तह र प्रदेश सरकारको निर्वाचनका मुखमा एमालेसंगको सञ साझेदारीलाई पार्टी सभापति गगन थापाले तोडेर गपल्त गरेको भन्दै आक्रोस पोखेका छन् ।

जनताको सुख दुःखको सारथी बन्दै सूर्यविनायक-८ वडा कार्यालय, वडा अध्यक्ष पुष्पराजद्धारा उदाहरणीय कार्यको घोषणा

भक्तपुर, ४ साउन । आफ्ना नागरिकको सुख र दुःखमा साथ दिने संकल्पका साथ सूर्यविनायक नगरपालिका–८ कार्यालयले स्थानीय तहमै उदाहरणीय कार्यको सुरुवात गरेको छ । आफ्ना वडावासीका सुख र दुःखमा साथ दिने संकल्पका साथ वडा नं. ८ का युवा एवं जुझारु वडा अध्यक्ष पुष्पराज बस्नेतले आफ्ना वडावासीका लागि ‘सुख–दुःखको साथ’ कार्यक्रम आजबाट सञ्चालनमा ल्याएको हो ।

वडा कार्यालयले सोमवार एक सूचना जारी गर्दै आफ्ना वडामा जन्मको खुसीमा र मृत्युको दुःखमा पनि वडावासीलाई सहयोग उपलब्ध गराउने वडा अध्यक्ष बस्नेतले घोषणा गर्नुभयो । वडा कार्यालयले शिशु जन्मिे पछि सुत्केरी आमा र नवजात शिशुलाई स्वास्थ्य तथा पोषणमा सहयोग पुर्याउन सहयोग प्रदान गर्ने र स्थानीयवासीको मृत्यु भएमा दुखको क्षणमा राहत पुर्याउन सहयोग दिने कार्यक्रम ल्याएको हो ।

वडा अध्यक्ष पुष्पराज बस्नेतले भन्नुभयो, “हामीले ‘सुख–दुःखको साथ’ कार्यक्रम साउन १ गतेदेखि नै लागू हने गरि कार्यान्वयनमा ल्याएका छौं, यो हाम्रो जनता र वडावासीका लागि नयाँ कार्यक्रम लागू गरेका छौं । त्यस कार्यक्रम सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणलाई ध्यानमा राख्दै आमालाई २ हजार ५०० बराबरको पोषण सामग्री तथा नवजात शिशुलाई २ हजार ५०० बराबरका नयाँ कपडा उपलब्ध गराउने छौं । त्यसैगरि वडा नं. ८ भित्र कुनै पनि परिवारका सदस्यको मृत्यु भएमा अन्त्येष्टि तथा अन्य आवश्यक कार्यका लागि सम्बन्धित परिवारलाई रु. १० हजार नगद सहयोग प्रदान गर्नेछौं ।”

यो सुविधा प्राप्त गर्न वडा नं. ८ को स्थायी बासिन्दा हुनुपर्छ । वडाभित्र बसाइँसराइ गरी आएको हकमा बसाइँसराइ दर्ता भएको हुनुपर्छ । जन्म वा मृत्यु भएको ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता गर्नु पर्ने व्यवस्था गरेका छौं ।

वडाअध्यक्ष, जनप्रतिनिधि र वडावासीलाई अझै नजिक बनाउँन यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र वडावासीलाई सुखदुखमा वडाले साथ दिदै अपनत्व ग्रहण गरेको बताउनुभयो । वडावासीलाई वडासंग नजिक ल्याउने यो कार्यक्रमको सेवा एवं सुविधा लिन आव्हान गर्दै उहाँले थप जानकारी चाहिए वडामा संम्पर्क गर्न समेत उहाँल आव्हान गर्नुभयो ।

नेपाली कांग्रेसका नेताहरूको भेलाले पार्टी विभाजन हुन नदिन महाधिवेशन प्रतिनिधिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन माग

भक्तपुर, ४ साउन । भक्तपुरमा सम्पन्न नेपाली कांग्रेसका नेताहरूको एक भेलाले पार्टी विभाजन हुन नदिन महाधिवेशन प्रतिनिधिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन माग गरेको छ ।

नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको भेलाले ठहर गर्दै पार्टी विभाजन हुन नदिन महाधिवेशन प्रतिनिधिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन माग गरिएको हो।

एकताबद्ध र अविभाजित काँग्रेसले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने धारणा व्यक्त भएको भेलामा उपस्थित अधिकांश वक्ताहरुले काँग्रेसलाई एक ढिक्का बनाएर लैजानु आवश्यक रहेको निष्कर्षमा पुगेको थियो ।

भेलामा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, निवर्तमान केन्द्रीय सदस्य गोविन्द भट्टराई, उमेश जंग रायमाझी, मानबहादुर नेपाली, किरण पौडेल, गुरु बराल, लक्ष्मी खतिवडा, पुष्प पराजुली, सिता देवकोटा, विद्या तिमल्सिना, उषा रावत, लक्ष्मणबहादुर बस्नेत, बालचन्द्र पौडेल, विनोद कायस्थ, ध्रुव अधिकारी, भुपेन्द्र थापा, सत्यराज भण्डारी, चन्द्रा देवी जोशी, रुद्रबहादुर खड्का, राजेन्द्र ताल्चा भडेल, हस्तबहादुर मल्ल , प्रमोद रिमाल, उत्तम चापागाई, अनिल भुजु, केशव ढुंगाना लगायतका वक्ताहरुले देशको समसामयिक राजनीतिक घटना क्रमकाबारेमा आआफ्ना विचार व्यक्त गर्दै नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र मात्र कमजोर हुने नभई देशको राष्ट्रियता माथि पनि प्रहार हुने गरेको दृष्टान्त प्रस्तुत गर्नु भएको थियो ।

अधिकांश वक्ताहरुले वर्तमान सरकार देशको संविधान कानून मिच्दै उद्योगी, व्यवसायी, कर्मचारी, मजदूर, सुकुम्बासी लगायत सम्पूर्ण तह र तप्कामा डर, त्रास र भय सृजना गरेर आतंक मच्चाएको आरोप लगाएका थिए।

अहिले नेपाली कांग्रेसका केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्ताहरु नियमित र विशेष महाधिवेशनका नाममा विभाजित नभई बी.पी.को विचार, शहिदहरुको त्याग, तपस्या र बलिदानलाई सम्झँदै नयाँ ढंगबाट पार्टीलाई पुनर्गठन र पुनः संयोजन गर्दै अगाडि बढेमा पार्टी भित्र नयाँ पिढीको आकर्षण बढ्ने विश्वास व्यक्त गरेका थिए। साथै पार्टी विभाजन हुन नदिन पार्टीको तल्लो तहसम्म बहस अगाडि बढाउनु पर्ने निष्कर्ष सबै वक्ताहरुको रहेको थियो।

भक्तपुरमा एकै दिन छुट्टछुटै स्थानमा खसेर तीन जनाको मृत्यु, एक घट्नामा २७ जना पक्राउ

भक्तपुर, ३ साउन । भक्तपुरमा आज एकैदिन दुई होटल र एक घरमा गरि तीन जनाको खसेर मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका १ स्थित सिरुटार उपयोगी चोकमा ७० वर्षिया चिकित्सक डा. सरिना जोशीको आफ्नै चार तल्ले घरको छतवाट खसेर मृत्यु छ ।

बिहान छिमेकीले थाहा पाएपछि कौशलीटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा पचारका लागि लगिएकोमा चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

नाक, कान, घाँटीको वरिष्ट चिकित्सक जोशीको काठमाडौं मेडकल कलेज दुवाकोटमा शव परीक्षण पछि आजै परिवारले पशुपतिमा दाहसंस्कार गरेका छन् ।
त्यसैगरि भक्तपुरको सूर्यविनायक नगरपालिका ७ स्थित घ्याम्पेडाँडाको एक होटलवाट खसेर वर्दीया घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षिय राज कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जन्मदिन मनाउन एकै ठाउँ जम्मा भएका उनीहरु बीच झगडा समेत भएको प्रारम्भिक अनुसन्धनमा खुलेको प्रहरीले जनाएको छ । घटना पछि कार्कीका साथीहरू र झगडा छुट्टाउन जानेहरू समेत गरि २७ जनालाई प्रहरीले पक्रउा गरि सोधपुछ र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिनुभयो।

यस्तै भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसको झ्यालबाट खसेर एक १८ वर्षीया सलिना श्रेष्ठको मृत्यु भएको छ।

दोलखा घर भई हाल चाँगुनारायण नगरपालिका–९ टेडोल बस्दै आएकी श्रेष्ठको आज बिहान करिब ३ बजे गेष्ट हाउसको झ्यालबाट खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई नजकैको भक्तपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी गराएका थिए ।

घटनाका सम्बन्धमा प्रहरीले सलिनासँगै गेष्ट हाउसमा बसेका चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने ३४ वर्षीय कमल बुढाथोकीको आफन्तले धुलिखेल अस्पतालको शैयाबाट जीवन बचाईदिन आग्रह गरेको छ ।

केही दिनदेखि टाउँकोमा गम्भिर चोट लागेका बुढाथोकीको टाउँकोको नशााहरु सुकेर अचेत अबस्थामा अस्पताल भर्ना भई टाउँकोको शल्यक्रिया गरेकोे एक साता बितिसक्दा पनि स्वास्थ्य जटिल रहेको र आर्थिक अभावका कारण उपचार कठिनाई आएको छ ।

गरिब र निकै विपन्न परिवारमा रहेका बुढाथोकीको नजिकका आफन्तबाट संकलिन करिब तीन लाखको सहयोग रकमसमेत सकिए पछि आर्थिक अभावले जकडिएका बुढाथोकीलाई आर्थिक सहयोग गरिदिन आमनागरिकमा आग्रह गरेका हो ।

आमनागरिकको थोरैसहययोग रकमले थप उपचारमा सहयोग पुग्ने र ज्यान बच्ने आशाका साथ आर्थिक सहयोगको आग्रह गर्दै सिद्धार्थ बैंकमा रहेको खाता नं. ०२११५०८०९८१ मा सहयोग रकम जम्म गरिदिन वा क्यूआर गरिदिन अस्पतालको शैयाबाट आग्रह गरिएको छ ।

विरामीका लागि औषधि किन्ने पैसाको समेत अभाव भएको, अस्पताललाई तिर्नु पर्ने रकम नभएको र थप उपचारका लागि समस्या परेको भन्दै सहयोगका लागि आग्रह गरिएको हो ।

यातायात कार्यालय भक्तपुरद्धारा दुई लाख ३८ हजार सवारी अनुमति पत्र आएकोमा ९० हजार सवारी चालक अनुमति पत्र बितरण
भक्तपुर, ३१ असार ः यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र भक्तपुरले ९० हजार सवारी चालक अनमति पत्र (लाइसेन्स कार्ड) बितरण गरेको छ ।
नयाँ तथा पुरानो छपाई रोकिएका सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भई आएपछि वितरण सुरु गरेपछि तीन महिनामा दुई लाख ३८ हजार कार्ड छपाई सकेर भक्तपुर
कार्यालयमा आएकोमा ९० हजार सवारी चालक अनुमति पत्र बितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिनुभयो ।
पाँच बर्ष पछि कार्ड छापिएर आए लगत्तै कार्यालयमा दैनिक एक हजारदेखि एक हजार ८०० सम्म वितरण गर्दै आएको बताउनु भयो ।  कार्यालयले स्कुटर, मोटरसाइकल, साना ठुला गाडीको लिखित परीक्षा, लाइसेन्सको नविकरण ट्रायल परीक्षा लगायतका काम गर्दै आएको छ ।
दैनिक दुई  हजारलाई सेवा दिदै आएको कार्यालयले चालु आर्थिक वर्षको असार ३१ गतेसम्म १९ करोड ८२ लाख ६० हजार ९०० रुपैँया राजश्व संकलन गरेको उहाँले जानकारी दिनुभयो ।  जेन्जी आन्दोलनमा कार्यालय जलाएका कारण एक करोड ९० लाखको क्षति भएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा २२ करोड एक लाख २२ हजार रुपैया राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा त्यो रकम २६ करोड ९२ लाख ५५ हजार र २०७९/०८० मा २९ करोड १३ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको उहाँले जानकारी दिनुभयो ।
सुकुम्वासीको होल्डिड सेन्टरमा जब पुग्यो स्वास्थ्यकर्मीको टोली…………
भक्तपुर, ३१ असार : सरकारले कीर्तिपुरस्थित राधास्वामी सत्सङ्गको होल्डिङ सेन्टरबाट भक्तपुरको खरिपाटी र बोडेमा स्थानान्तरण गरिएका सुकुम्बासी परिवारहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।
वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरको निर्देशनमा भक्तपुर अस्पतालको मेडिकल टोली परिचालन गरी खरिपाटी र बोडेमा स्थानान्तण गरिएका सुकुम्वासीहरुको दुई दिनदेखि नियमित स्वास्थ्य परीक्षण र उपचार गरिरहेको छ ।
स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, “भक्तपुरको खरिपाटी र बोडेमा ल्याईएका सुकुम्वासीहरुको स्वास्थ्यमा समस्या छ भन्ने जानकारी उनीहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा दुई दिनदेखि भक्तपुर अस्पतालको स्वास्थ्य टोली नै गएर स्वास्थ्य परीक्षण गर्ने र औषधि दिने कार्य गरिरहेको छ, हामी त्यहाँ चिकित्सकसहितको टोली राखेर दैनिक स्वास्थ्य परीक्षण र औषधि वितरण गराईरहेका र्छौ ।”
परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका बिरामीहरूलाई भक्तपुर अस्पताल ल्याएर थप उपचार गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
श्रावणी मेलामा डोलेश्वरमा पचास लाख भक्तजन आउने अपेक्षा, सुरक्षाका लागि पचपन्न वटा सिसि क्यामरा जडान

भक्तपुर, ३१ असार : केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर भक्तपुरमा ३८ दिने श्रावणी मेला ५० लाख स्वदेशी तथा भारतीय भक्तजनलाई सेवा दिने गरि मेलाको तयारी पुरा गरेको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिरमा आज डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिको अध्यक्ष धर्मराज बस्नेतले मेला अवधिभर ५० लाख स्वदेशी तथा भारतीय भक्तजन आउँने अनुमान गरेको बताउनुभयो ।

श्रावणी मेलामा अन्य दिनमा भन्दा शनिबार, आइतवार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने बताउदै उहाँले अहिले दैनिक ५०० भारतीय पर्यटक मन्दिर आउने गरेको उहाँले बताउनुभयो । मेला अबधीभर भारतीय पर्यटक मात्रै ६० हजार भन्दा बढी आउने अपेक्षा गरिएको बताउदै उहाँले यसवर्ष एक करोड भन्दा बढी भेटी संकलन हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष बस्नेतले यसबर्षको आम्दानीबाट डोलेश्वर मन्दिर नजिकै दुई करोड ५० लाखको लागतमा निर्माण भइरहेको ५० जना क्षमताको बृद्धाश्रमको भवन निर्माण पुरा गर्ने लक्ष्य राखिएको बताउनुभयो । मेलालाई सहज रुपमा व्यबस्थापन गर्न १४ वटा उप समिति गठन गरिएको, नेपाली सेना, नगर अस्पताललगायतबाट भक्तजनको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको र एक महिनासम्म मन्दिरमा भजन किर्तन गरिने समितिका महासचिव हरिशरण बस्नेतले जनाकारी दिनुभो ।

पत्रकार सम्मेलनमा सुर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष, पुष्पराज बस्नेतले विना पारिश्रमिक मन्दिरमा सेवा गरिरहेका समितिका पदाधिकारी एवं सदस्यलाई स्थानीय पालिकाले पनि मेला व्यबस्थापनमा सहयोग गर्ने बताउनुभयो । वडाध्यक्ष बस्नेतले भन्नुभयो, “डोलेश्वरमा रु. ११०० को रसिद काटेर पञ्चामृत चढाउने, पुजा एवं दर्शन गर्ने भक्तजनलाई छुट्टै लाईनका ब्यबस्थापन गरिएको छ, ०६६ सालपछि डोलेश्वर मन्दिर परिसरमा १९ करोडबढीको भौतिक पुर्वाधारका संरचना निर्माण गरिसकेका छौ ।”

डोलेश्वर मन्दिर आसपासमा होटल तथा खाजा घरले अनिवार्य मूल्य सूची राख्नु पर्ने र महंगी गरि बिक्री नगर्न कडाई गरेको बताउनुभयो । मेलालाई सुरक्षित गराउन जगाती र सर्यविनायकदेखि मन्दिरसम्म आउँने सडकमा र मन्दिर आसपामा ५५ वटा सिसी क्यामरा जडान गरि निगरानी गरिने बताउदै प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको माध्यमबाट आएको १६ करोडको बजेटले डालेश्वर आशापुरी मन्दिर पुग्ने सडक स्तरान्नती गर्ने कार्य ६० प्रतिशत सम्पन्न भएको बताउनुभयो ।

वडाअध्यक्ष बस्नेतले साउन महिनामा सिपाडोलमै रहेको अर्को प्रसिद्ध आशापुरी मन्दिरमा पनि ठूलो मेला लाग्ने बताउदै डोलेश्वरबाट आशापुरी जाने सडक स्तरोन्नती भएकाले मृलामा कतर्फी यातायात सञ्चालन गरिने बताउनुभयो । उहाँले आशापुरी जान डोलेश्वरबाट गए पनि फर्कन भने सवारी साधनले आशापुरी काक्राबारी साँगा हुदै वा रानीकोट घ्याम्पेडाँडा सूर्यविनायक हुदै फर्किने व्यबस्था गरिएको, दुबै मन्दिरमा नेपाल प्रहरीको सुरक्षा रहने व्यबस्था गरिएको बताउनुभयो । साउन १ गते बिहान चन्द्रविनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा सुरु गरि मेलाको उद्घाटन गरिने महासचिव बस्नेतले बताउनुभयो ।

कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना
भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका एक हजार घरधनी पीडितहरुले कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना बसेका छन् ।
पीडित जग्गा धनीहरूले २३ वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर नयाँ उपभोक्ता समिति गठन गर्न माग गर्दै आज थिमिस्थित आयोजनाको कार्यालयमा ५०० भन्दा बढी कमेरोटारवासीले धर्ना दिएका छन् ।
स्थानीय महिला, पुरुषहरुले कार्यालय अगाडि धर्ना दिएको र तालाबन्दीको तयारी गरिरहेको बताउदै उहाँले धर्नामा अनावश्यक प्रहरी परिचालन गरेको भन्दै आन्दोलनारी बरोध गरेका छन् ।
तत्कालीन नगर विकास ऐन, २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भई जग्गा एकीकरण आयोजना २०६५ असार मसान्तसम्ममा सम्पूर्ण आयोजना सम्पन्न गरेर जग्गा धनीलाई विकसित घडेरीसहितको जग्गा फिर्ता गर्ने सर्तमा नगर विकास आयोजनाले २०६१ सालमा एक हजार पाँच सय रोपनी क्षेत्रभित्र आयोजना सुरु गरेको थियो ।
कमेरोटार जग्गा एकीकरण आयोजना २३ वर्ष बित्दा पनि सम्पन्न नगरी अलपत्र पारेर जग्गा धनीहरूलाई पीडित बनाएको भन्दै संघर्ष समिति गठन गरि एक साता अगाडिनै उपभोक्त समिति खारेजीको एक सुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक श्रीबहादुर खड्का बताउनुभयो ।
दुई वर्षदेखि आयोजना सम्पन्न गर्न पटक पटक माग राख्दै आयोजनाको कार्यालय, मध्यपुरथिमि नगरपालिका कार्यालय, नगर विकास कार्यालय, बिभिन्न मन्त्रालयमा ज्ञापन पत्र बुझाएर आयोजनांग पटक पटक छलफल गरे पनि बेवास्ता गरेको र एक साता अगाडि उपभोक्ता समिति खारेज गर्न माग गरेकोउहाँले बताउनुभयो ।
सडक कालोपत्र अधूरो, खानेपानीको अभाव, ढल उचित व्यबस्थापन लगायत आयोजना अलपत्र पारेर जग्गा बिक्री गरेर खर्च गर्ने तर आयोजना सम्पन्न नगर्ने भएपछि आन्दोलन गर्न बाध्य भएको उहाँले बताउनुभयो ।
वि.सं.२०५९ मङ्सिर १ गते उपभोक्ताको हितमा काम गर्ने गरी पूर्व नगरप्रमुख एवं वर्तमान् सांसद मदनकृष्ण श्रेष्ठको अध्यक्षतामा गठन भएको कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति हालसम्म यथावतै रहेको तर उपभोक्ता समिति नै जग्गा धनीको पक्षमा काम नगरी आयोजनाको पक्षमा बसेर उपभोक्ताको हित विपरीत काम गरेको आन्दोलनरत आडाम्स थिमिका अध्यक्ष एकराज भण्डारीले बताउनुभयो ।
उपभोक्ता समितिमा जग्गाधनी रहनुपर्नेमा राजनीतिक दलको भागबण्डा बनाएर राखिएको, जग्गा धनीलाई समितिबाट बाहिर राखिएको, २३ वर्षदेखि स्थानीयको करोडौको जग्गा बिक्री गरे पनि आयोजना अलपत्र पारेकोे उहाँले बताउनुभयो ।
तीन वर्षमा आयोजना सम्पन्न गर्ने भनिए पनि अझैसम्म आयोजनामा कालोपत्र सडकले पूर्णता नपाएको, खानेपानीको पाइप पु¥याइएको, खानेपानी वितरण नगरिएको, दुई हजारभन्दा बढी घर भएको बस्तीमा कम्तीमा १२ इन्च डायामिटरको पाइप हाल्नुपर्नेमा आठ इन्च डायमिटरको ह्युमपाइप हालेर छोड्दा वर्षामा ढल जाम भएर बस्ती डुबानमा पर्ने गरेको उहाँले बताउनुभयो ।