भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा,
भक्तपुर, २८ असार ः भक्तपुर जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आज मध्यपुरथिमिमा आयोजना गरेको घोषणा कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताउदै अब प्रदेश सरकारले उपचारभन्दा रोग लाग्नै नदिने नीतिलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरेको बताउनुभयो ।
मन्त्री थापाले भक्तपुर अस्पतालमा मुटुरोग सेवा बिस्तार गरेको, ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न बजेट छुट्याएको बताउनुभयो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयकी सचिव दुवै भक्तपुरसँग जोडिएकाले जिल्लालाई स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्र बनाउने कामले गति लिएको बताउनुभयो । भक्तपुर अस्पतालले मुलुकभरकै उत्कृष्ट अस्पतालमध्ये एकका रूपमा आफूलाई स्थापित गर्न सफल भएको बताउनुभयो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता घोषणाले हरेक वर्ष बाल मृत्युदरमा करिब ८० प्रतिशतले घटेको बताउदै यसको दिगोपना कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले जिल्लामा ० देखि १६ महिनासम्मका ५ हजार ५० बालबालिकाले, १६ देखि २३ महिनासम्मका ५ हजार ६८४ बालबालिका गरि कूल १० हजार ७३४ बालबालिकाले आवश्यक सबै खोप पूर्ण रुपमा प्राप्त गरेको बताउनुभयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभई नयाँ जिम्मेवारीको सुरुआत भएको बताउँदै नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवा विस्तारमार्फत यसको दिगोपना कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पु¥याउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य मन्त्री थापाले सम्मान गर्नुभयो ।–––
सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाद्धारा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भक्तपुर, २६ असार : सूर्यविनायक नगरपालिकाले आज नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ । नगरपालिकाको कार्यालय कटुञ्जेमा आज आयोजित घोषणा कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्नु भएको हो ।
उहाँले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्य निर्माणमा नगरपालिका सफल भएको भन्दै नगरपालिका क्षेत्रमा बस्ने पाँच वर्ष मुनीका प्रत्येक बालबालिकाले सतप्रतिशत खोप पाएको बताउनुभयो । उहाँले आजको घोषणादाई दिगोपना दिन नगरपालिकाले थप कार्यक्रम ल्याउने बताउदै नगरपालिकाले आफ्ना नागरिकलाई शिक्षा र स्वास्थ्यको सहज र शुलभ पहुँचमा लगानी बृद्धि गरेको बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ, त्यसकै परिणामस्वरूप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्भव भएको हो, नगरपालिकाले आफ्ना नागरिकलाई सहज र शुलभ स्वास्थ्य उपचार नगर अस्पतालबाट दिदै आएको छ, स्वास्थ्य, शिक्षा तथा बालमैत्री स्थानीय शासनका क्षेत्रमा नगरपालिकाले सफलता हात पारेको छ ।”
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता, सामाजिक शाखाका संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले खोप अभियानले जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई घरघरमै पुगेर खोजी गरेर खोप लगाउन सफल भएको बताउनुभयो । सबै खोप प्राप्त गरेका बालबालिकालाई आगामी वर्षहरूमा समेत खोपको निरन्तरता र सुनश्चितता दिन नगरपालिकाले खोप र खोजलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना लखड्काले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न एक वर्षदेखि खोप तथा खोज कार्यक्रम सञ्चालन गरि घरदैलोमा पगेर प्रत्येक बालबालिकालाई सबै प्रकारको खोज दिएको बताउनुभयो । उहाँले खोप लगाउन छुटेका ८ जना बालबालिकालाई समेत पूर्ण खोप दिलाउन सफल भएको बताउनुभयो ।
नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चौलागाईले घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्यांकअनुसार नगर क्षेत्रमा खोप पाएका ० देखि १५ महिनासम्मका बालबालिकाको संख्या १ हजार ७५० रहेको, ड्रपआउट संख्या १ रहेको र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाको संख्या एक हजार ३२९ रहेको बताउनुभयो । कार्यक्रममा खोप सुनिश्चित गराएका नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
६० वर्ष जेष्ठ नागरिकलई घरदैलो वास्थ्य सेवा नदिए पछि नगर अस्पतालको चावी उपमेयरको नियन्त्रणमा

भक्तपुर, २६ असार । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले चाँगुनारायण नगर अस्पताललाई चार वर्षअघि हस्तान्तरण गरिएको सवारी साधनको साँचो आज आफैले नियन्त्रणमा लिएर गाडी बन्द गराउनु भएको छ ।

नगर भित्रका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाबाट उपप्रमुख भएपछि पाएको गाडीको सुबिधा नलिई उक्त गाडी उपप्रमुख बुढाथोकीले चारवर्ष अगाडि चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरि आप्mनै निजी सवारी साधन प्रयोग गर्दै आउनु भएको थियो ।
गाडी पिकनिक लगायत अन्य प्रयोजनमा प्रयोग भएको जानकारी पाएपछि अस्पताल पुगेर अनुगमन गरेको र त्यसक्रममा सवारीसाधनको साँचो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैरे सुविधामा पाएको गाडी मैले नलिई अस्पताल आउन नसक्ने ६० वर्ष माथिका जेष्ठ नागरिकको घरदैलोमै गएर सेवा उपलब्ध गराउन र आवश्यक परेमा सोही गाडीबाट विरामीलाई अस्पताल ल्याउनका लागि दिएको थिए, तर धरै समयदेखि गाडीको दुरुपयोग भएको गुनासो आएपछि अनुगमनको क्रममा दुरुपयोग भएको पाईए पछि गाडीको साँचो नियन्त्रणमा लिएको हुँ ।”

चार वर्षसम्म पनि लक्षित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नगरेको र अहिलेसम्म कुनै पनि ज्येष्ठ नागरिकको घरमा पुगेर उपचार सेवा नदिइएको बरु दुरुपयोग गरेको पाईएपछि साँचो लिन बाध्य भएको उहाँले बताउनुभयो ।

गाडीको साँचो खोसेपछि सामाजिक सञ्जालमा कर्मचारीलाई दुव्र्यवहार गरेको, जागिरबाट निकाल्ने धम्की दिएको लगायतका बिभिन्न भ्रम फलाउने प्रचार गरेको उहाँले बताउनुभयो ।

यसबारेमा चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवालले नगर अस्पताललाई उपलब्ध गराइएको गाडी हाल पनि अस्पतालमै रहेको बताउनुभयो ।
उहाँले उपप्रमुख बुढाथोकीले गाडीको सेवा थप व्यवस्थित बनाउन तथा कर्मचारीलाई जिम्मेवारीपूर्वक सेवा सञ्चालन गर्न सचेत गराउने उद्देश्यले साँचो नियन्त्रणमा लिएको बताउनुभयो ।

सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा बालमैत्री स्थानिय शासन घोषणा

भक्तपुर, २१ असार । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा आज आयोजना गरिएको बालमैत्री स्थानिय शासन दिगोपना सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा २०८३ असार १२ गते बालमैत्री वडा घोषणा कार्यक्रममा बिभिन्न प्रतिभा प्रस्तुति तथा साँस्कृतिक प्रस्तुति गर्ने बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै बिद्यालयका बालमैत्री सम्पर्क शिक्षक, प्रहरी कार्यलयका बालमैत्री सम्पर्क प्रहरी, स्वास्थ स्वयम सेविकाहरु तथा बाल सञ्जालका बालबालिकाहरुलाई वडा अध्यक्ष रविन्द्र सापकोटाले कदर पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रमा आउँदो साउन १ गतेदेखि सेवा निबृत्त हुन लाग्नु भएका श्री भैरवी आधारभूत बिद्यालयका प्रधानअध्यापक राजकुमार बस्नेतलाई वडा कार्यालयको तर्फबाट वडा अध्यक्ष रविन्द्र सापकोटाले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा सापकोटोले बलमैत्री स्थानीय शासन युक्त वडा घोषणा १० वटा वडा घोषणा भइसकेको बताउदै जिल्ला समन्वय समितिको अनुगमनबाट ५२ वटा सूचक पुरा गरेको पाईएपछि जिससको स्वीकृत पाएर घोषणा गरिएको बताउनुभयो ।

सापकोटाले भन्नुभयो, ‘नगरपालिकालाई स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने तयारी भइरहेको छ, वडा घोषणाको प्रतिवेदन वागमति प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिन्छौं, त्यसपछि उक्त मन्त्रालयले अनुगमन गरि स्वीकृति दिएपछि पालिका पनि घोषणा गर्छौ, आगामी भदौ महिनाको अन्तयसम्ममा नगरपालिका पनि घोषणा हुन्छ ।’

नगरपालिकाले तीन वर्ष लगाएर २०८० बैशाखमा निर्णय गरि साउनमा बालमैत्री अभिमूखीकरण गरि तीन वर्ष लगाएर ५२ वटा सूचकमा पुरा गरि घोषणा गरिएका र यसलाई निरन्तर दिदै दिगोपना ल्याउन पञ्चवर्षिय लगानी योजना निर्माण गरि काम गर्ने तयारी गरेको बताउनुभयो ।  वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न सबै निकायको सहयोग र अपनत्वल पाएको भन्दै उहाँले यसलाई निरन्तरता दिने बताउनुभयो ।

बालमैत्री घोषणा र कार्यान्वयनलाई तल्लो तहमा घरघरमा पुग्नु पर्छ भनेर १० वटै वडामा सम्पन्न गरिएको बताउदै सुरुवातीमा वडा नं. ७ ले घोषणा गरिएको बताउनुभयो ।
यस्ता कार्यक्रमा कसैलाई पनि भत्ता दिन नमिल्ने बताउदै उहाँले घोषणा कार्यक्रममा प्रस्तुत भएको नाटकदेखि साँस्कृतिक कार्यक्रमको प्रस्तुती निकै राम्रा भएको बताउनुभयो । उहाँले अब दिगोपनका लागि अझ उत्साहपूर्वक काम गर्नु आग्रह गर्नुभयो ।

 

भक्तपुर अस्पताललाई सफलता, एक सातामा विशिष्टिकृत दुई शल्यक्रिया
भक्तपुर, १९ असार : भक्तपुर अस्पतालले पहिलो पटक मेरुदण्ड (स्पाइन) को भाचिएको एक बिरामीको आज सफल रुपमा स्पाइन स्टेबिलाइजेसन (क्उष्लब िक्तबदष्ष्शिबतष्यल) शल्यक्रिया सम्पन्न गरेको छ ।
लडेर ढाडमा गम्भीर चोट लागेर मेरुदण्ड भाचिएर भक्तपुर अस्पतालमा भर्ना हुनु भएका ४२ वर्षीय रघु खड्काको अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा आज सफलतापूर्वक स्पाइन शल्यक्रिया सम्पन्न गरिएको भक्तपुर अस्पतालका अर्थोपेडिक  सर्जनहरू डा. मधु पाण्डेले जानकारी दिनुभयो ।
भक्तपुर अस्पतालका अर्थोपेडिक सर्जनहरू डा. मधु पाण्डे, डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल तथा डा. रोशन ग्वाछासहित एनेस्थेसिया विशेषज्ञ डा. दीपक लोहला, अनेस्थेसिया टोली तथा नर्सिङ टोलीद्वारा आज सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. त्रिभुवन चन्द्र झाले जानकारी दिनुभयो ।
चिकित्सकहरूको निगरानीमा विरामीले स्वास्थ्य लाभ गरिरहनु भएको जानकारी दिदै उहाँले सफल स्पाइन शल्यक्रियाले भक्तपुर अस्पतालको विशेषज्ञ सेवा, आधुनिक स्पाइन शल्यक्रिया क्षमता तथा जटिल ट्रमा बिरामीहरूको सुरक्षित व्यवस्थापनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताउनु भयो ।
भक्तपुर अस्पतालले यसअघि यही असार १५ गते डेक्स्ट्रोकार्डिया (म्भहतचयअबचमष्ब) अर्थात् मुटु छातीको दायाँ भागमा रहेको विशेष जन्मजात अवस्थाका बिरामीमा बायाँ घुँडाको सफल टोटल नी रिप्लेसमेन्ट (त्यतब िप्लभभ च्भउबिअझभलत) अर्थात घुँडा प्रत्यारोपण शल्यक्रिया समेत पहिलो पटक सम्पन्न गरेको थिया्े ।
लामो समयदेखि घुँडाको (ब्मखबलअभम इकतभयबचतजचष्तष्क) बाट पीडित ५८ वर्षीया भगवती नेपालको भक्तपुर अस्पतालले पहिलो पटक घुँडा प्रत्यारोपण (जोर्नी फेर्ने) शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. झाले जानकारी दिनुभयो ।
भक्तपुर अस्पतालका अर्थोपेडिक सर्जनहरू डा. मधु पाण्डे, डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल तथा डा. रोशन ग्वाछालगायतको टोलीद्वारा सफलतापूर्वक सम्पन्न गरिएको शल्यक्रिया विरामीको अबस्थामा निकै सुधार भएको उहाँले बताउनुभयो । उक्त शल्यक्रियाको लागि जापानबाट नेपाल आएर डा. हिरनाका तकाफुमीले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालको यी उपलब्धि केवल एउटा शल्यक्रियाको सफलता मात्र नभई अस्पतालमा आधुनिक हाडजोर्नी उपचार सेवाको विस्तार र विशेषज्ञ सेवाको विकासतर्फको महत्वपूर्ण कोशेढुङ्गा सावित भएको डा. पाण्डेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “घुँडाको जोर्नी उमेरसँगै घुँडा खिईने समस्या, चोट पटक पछि हुने तथा अन्य दीर्घकालीन जोर्नीसम्बन्धी रोगका कारण धेरै बिरामीले लामो समयसम्म असह्य पीडा, हिँडडुलमा कठिनाइ तथा दैनिक जीवनका सामान्य गतिविधिसमेत गर्न नसक्ने अवस्था भोगिरहेका हुन्छन्, यस्ता बिरामीका लागि औषधि, फिजियोथेरापी तथा अन्य संरक्षणात्मक उपचारले पर्याप्त सुधार नगरेका प्रभावकारी र दीर्घकालीन उपचारको विकल्पका रुपमा घुँडाको प्रत्यारोण गर्ने गरिन्छ, यो उपलब्धी भक्तपुर अस्पतालले हासिल गरेको छ ।” शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था अत्यन्त सन्तोषजनक रहेको उहाँले बताउनुभयो ।
वागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालले एकसातामा जटिल दुई वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेर अस्पतालको बढ्दो क्षमता, आधुनिक प्रविधिको उपयोग तथा विशेषज्ञ जनशक्तिको उत्कृष्ट उदाहरण भएको बताउनुभयो ।
अस्पतालमा यस्तो सेवा उपलब्ध भएसँगै घुँडाको गम्भीर समस्याबाट पीडित बिरामीहरूले आफ्नै सरकारी अस्पतालमा गुणस्तरीय, सुरक्षित तथा विशेषज्ञ उपचार सेवा प्राप्त गर्न सक्ने बताउदै उहाँले प्रदेशले सञ्चालन गरेको विशिष्टिकृत सेवा सञ्चालनले सफलता हासिल गरेको बताउनुभयो । भक्तपुर अस्पतालको विशेषज्ञ सेवा, आधुनिक शल्यक्रिया क्षमता तथा जटिल अवस्थाका बिरामीहरूको सुरक्षित व्यवस्थापनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको मन्त्री थापाले बताउनुभयो ।
डा.पाण्डेले आगामी दिनमा जोनी प्रत्यारोपण लगायत अर्थोपेडिक सेवाको थप विस्तारका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको नयाँ ऊर्जा र प्रेरणाले सफलता हासिल गरेको र थप प्रेरणा मिल्ने गर्ने विश्वास लिएको बताउनुभयो ।
करिब आठ वर्ष अगाडिसम्म रिफरल सेन्टरको रुपमा रहेको भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टको रुपमा आएर डा. सुमित्रा गौतमले नेतृत्व लिएपछि अस्पतालले गुणस्तरीय सेवा बिस्तार गर्दै देशभरकै उत्कृष्ट अस्पताल बनाउन सफल भएको थियो ।
हाल वागमती प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालि रहनु भएकी डा. गौतमले भक्तपुर अस्पतालका गुणस्तरीय सेवा खस्किन नदिन र अस्पताललाई प्रबिधि मैत्री एवं गुणस्तरीय उपकरणमैत्री बनाउन बजेट व्यबस्थापन गर्दै आउनु भएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोललाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा : बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले एउटा इँटा थपिएको छ : नगर प्रमुख वासुदेव थापा
भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान अन्तर्गत आज सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोललाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ ।
आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका वडा नं. ८ डोलेश्वर मन्दिर प्राङ्गनमा आयोजित कार्यक्रममा कार्यक्रमको उद्घाटन गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरि प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
नगर प्रमुख वासुदेव थापाले   वडा नं. १ देखि वडा नं. ८ सम्मलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने क्रममा मंगलबार वडा नं. ८ सिपाडोललाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै  बालमैत्री व्यबहार सम्बृद्ध नगरपालिकाको आधार भन्ने नारालाई सफल बनाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “हाम्रो भविश्य बालबालिका हुन्, उनीहरुको भविश्व बनाउन सके देशको भविश्य बन्छ, देशभरका ७५३ पालिका मध्ये सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणामा अगाडि रहेको छ । हामीले अन्तर्राष्ट्रिय मापदण्डलाई पुरा गर्दै नेपाल सरकारको निर्ण अनुसार सरकारले निर्धारण गरेको ५१ वटा सूचक र स्थानीय तहको १ गरि ५२ वटा सूचक पुरा गरेर घोषणा गरेका हौं ।”
उहाँले तीन वर्ष अगाडि नै नगरपालिकाले सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गर्दै निर्देशिका र कार्यबिधि बनाएर तीन वर्षको अथक प्रयासले सबै वडामा बाल समिति गठन गर्दै सबै प्रक्रिया पुरा गरेको बताउनुभयो ।
सूर्यविनायकको सबै वडामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले एउटा इँटा थपिएको बताउदै उहाँले यसलाई दिगोपनाका लागि नगरपालिकाले थप जिम्मेवारी निर्वाह गर्ने र यसका लागि सबै नागरिक समाजको सहयोग हुने विश्वास रहेको उहाँले बताउनुभयो ।
नगर प्रमुख वासुदेव थापाले भन्नुभयो, “नौ वर्ष मेरो नेतृत्वमा नगरपालिकाको विकासमा समय व्यतित भयो, अब ११ महिना मेरो कार्यकाल बाँकी छ, त्यो कार्यकालमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणालाई दिगोपना दिन लाग्नेछौं, हामी भन्दा माथि उठेर कुनै काम गर्दैनौ, संविधान भित्र रहेर नगरपालिकाको विकास र नगरवासीका समृद्धका लागि काम गर्नेछौं ।”
सम्पूर्ण रुपमा बाल अधिकारको संरक्षण गर्दै बालमैत्री शासन सूर्यविनायकमा व्यबहारिक रुपमा लागू भएको भन्दै उहाँले जेष्ठ नागरिक मैत्री नगरपालिका समेत व्यबहारिक रुपमा लागू भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सूर्यविनायक अब बालमैत्री मात्रै नभई जेष्ठ नागरिक मैत्री नगरपालिका पनि हो, यस नगरपालिकामा कोही पनि जेष्ठ नागरिकलाई परिवारबाट अपहेलना भएमा त्यस्ता परिवारलाई नगरपालिकाबाट दिने सेवा रोक्ने र कानूनी कारबाहीलाई अगाडि बढाउने नीति लिएका छौ, यस नगरपालिकामा कोही पनि जेष्ठ नागरिक अधिकारबाट बञ्चित हुनु पर्दैन ।”
नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा सम्पन्न भएसंगै यसलाई दिगोपनाका लागि नगरपालिकाले आगामी आथिएक वर्षका लागि पनि बजेटको ब्यबस्था गरेको बताउनुभयो ।
उहाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कुनै सहज नभएको बताउँदै यसमा धेरैको सहयोग र अथक प्रयासले सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मानवीय विकासको सुरुवात बालबालिकाको जन्मदेखि नै हुन्छ, उनीहरुको अधिकार सुरक्षित गर्नु घर, परिवार र सरकारको जिम्मवारी हो, सरकारका जिम्मेवारी हामी पुरा गरिरहेका छौं ।”
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेसंगै यसलाई दिगोपना दिने जिम्मेवारी सबैको काँधमा आएको बताउदै उहाँले यसका लागि सबैले साझ प्रतिबद्धता गरेर जिम्मेवारी निर्वाह गर्नु पर्ने बताउनुभयो ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पुरा गरेसंगै नगरपालिकाले यहाँका प्रत्येक वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सञ्चालन गरिरहेको नगर प्रमुख थापाले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बालमैत्री स्थानीय शासनयुक्त वडा तथा पालिका घोषणा गर्ने नगर प्रमुखको सपना साकार भएको र नगरपालिकाको घोषणाको तयारीमा पुगेको बताउनु भयो । उहाँले एउटा हिन्दी फिल्मको उदाहरण दिदै बालबालिकाको अधिकार घरबाटै सुनिश्चित हुनु पर्ने औल्याउनु भयो ।
आचार्यले भन्नुभयो, “औलामा गन्न सकिने स्थानीय तह मात्रै बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । हाम्रो नगरपालिकाले घोषणाको चरण पार गरेको छ । मेयसको सपना साकार भएको छ, बालबालिकाको भविश्य र जिम्मेवारीलाई उहाँले महत्व दिनुभयो र यो अभियान सञ्चालन भयो । यो अभियान यही सकिएको छैन, यसको दिगोपन भयो कि भएन, घरघरमा बालअधिकारको सुनिश्चितता छ कि छैन, हामी दिगोपनाको लाग अनुगमनदेखि कार्यक्रमलाई निरन्तरता दिन्छौं ।”
नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले नगर प्रमुख वासुदेव थापाको २०७४ बाट सुरु भएको पहिलो कार्यकाल भौतिक पूर्वाधार निर्माण तथा विकासमा लगाएको र दोश्रो कार्यकाल त्यसका साथै मानवीय विकासमा सक्रिय भएर लागेको बताउनुभयो ।  मानवीय विकासको नमूनाको रुपमा बालमैत्री, महिलामैत्री, जेष्ठ नागरिक मैत्री नगरपालिका र सेवा प्रवाह अगाडि बढिरहेको बताउदै उहाँले तीन वर्ष भित्र नगरपालिकालाई बालमैत्री स्थानीइ शासन युक्त घोषणा अभियान अन्नतः सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भोलीको भविश्यको रुपमा रहेको बालबालिकालाई सक्षम राष्ट्रप्रेमी नागरिक बनाउन बालबालिका माथि सरकारको पनि लगानी लगाउनु पर्छ भनेर तीन वर्षदेखि कार्य योजना बनाएर वडा वडामा बिज्ञ समूहबाट प्रत्येक घरघरमा अनुगमन गरि ५२ वटा सूचक पुरा गरि जिल्ला समन्वय समितिले समेत प्रक्रिया पुरा गरि अनुमति प्राप्त गरेपछि मात्रै घोषणा अभियान सुरु गरेका हौं ।”
दिगो विकास, व्यबस्थित सहरको नाराका साथ अगाडि बढेको नगरपालिकाले दिगो विकासमा महत्वपूर्ण काम गरेको चर्चा गर्दै उहाँले बाल बचाउँका १४ वटा सेक्टर पार गर्दै अभियान सञ्चालन गरेको बताउनुभयो ।  उहाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा चिया पसलमा बसेर नकारात्मक टिप्पणी गर्ने र सामाजिक सञ्जालबाट भ्रम छर्न खोज्नेले नगरपालिका भित्र रहेका ३५ हजार बालबालिकाको बचाउ र अधिकारमाथि अपमान गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक सभापति सुजाता बाडे बैधले बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेर नगरपालिकाले बालअधिकारको सुनिश्चित गरेको बताउनुभयो ।  कार्यक्रममा कार्यपालिका सदस्य सावित्रा मिश्रले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका क्रममा पार गरेका बिभिन्न चरणहरुको प्रस्तुती दिनु भएको थियो ।
कार्यक्रमका सभापति एवं वडा अध्यक्ष पुष्पराज बस्नेतले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले बालबालिकाको भविश्य र बाल अधिकार सुनिश्चित भएको बताउदै यसलाई दिगोपनाको लागि नगरपालिकासंगै सबै जुट्नु पर्ने औल्याउनुभयो ।
घोषणालाई दिगोपना दिन नगरपालिकामा बाल अधिकार संरषण गर्ने, बालबालिकालाई बस्न लायक र बाल मत्री बनाउनका लागि सबैबाट आएको एक्यबद्धता सकारात्मक भएको भन्दै यसको दिगोपनाका लागि सबैले हस्ताक्षर र प्रतिबद्धता जनाउनु पर्ने बताउनुभयो ।
वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “आजका बालबालिका हाम्रो भविश्य हो, नगरपालिकाको भविश्य हो, यो देशको भविश्य हो, नगरपालिकाको लगानी १०० वर्षसम्म पनि देखिने गरि गरेका छौं ।” कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पुर्याउने बिभिन्न संघ संस्थाहरुलाई सम्मान गर्नुका साथै बालबालिकाहरुले बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु राखेका थिए ।
इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
भक्तपुर, १२ असार : ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक जीवनका विविध आयामलाई समेटिएको अनुसन्धानमूलक कृति ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ को आज लोकार्पण गरिएको छ ।
चाँगुनारायण नगरपालिका–९ ताथली वडा कार्यालयको प्रकाशन तथा पत्रकार हरिसुन्दर छुँकाको लेखन, अनुसन्धानकर्ता एवं सम्पादनमा प्रकाशित उक्त कृतिको आज ताथलीमा आयोजित कृति विमोचन एवं परिचर्चा कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले कृति विमोचन गर्नु भएको हो ।
स्थानीय इतिहास, भूगोल, लोकसंस्कृति, जात्रा–पर्व, मूर्त तथा अमूर्त सम्पदा, परम्परा, जनजीवन र मौलिक पहिचानलाई समेटेर तयार पारिएको उक्त पुस्तकलाई ताथलीको समग्र परिचय दिने महत्वपूर्ण दस्तावेजका रूपमा तयार पारिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले इतिहास र संस्कृतिविनाको समाजको पहिचान कमजोर हुने भएकाले स्थानीय इतिहासको खोज, अध्ययन र अभिलेखीकरणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले आफ्नै इतिहास, संस्कृति र सम्पदालाई पुस्तकका रूपमा प्रकाशन गर्नु अत्यन्तै सकारात्मक र अनुकरणीय कार्य भएको उल्लेख गर्दै यस्ता कृतिले नयाँ पुस्तामा आफ्नो गाउँप्रतिको अपनत्व र गौरवबोध विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कला संस्कृतिका साथै देशको सार्वभौम सत्ता नै देशको प्राण भएको उल्लेख गर्दै कला, संस्कृति र सभ्यतामाथि आक्रमण गर्ने तत्वहरूको पहिचान गरि नयाँ पुस्तालाई सङ्घर्षशील बनाउनुपर्नेमा जोड दिनुभयो ।
विशेष अतिथि साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजुले ताथली ऐतिहासिक र सांस्कृतिक दृष्टिले निकै समृद्ध क्षेत्र भए पनि यससम्बन्धी सामग्री छरिएर रहेको अवस्थामा यस पुस्तकले ती विषयलाई एकीकृत रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले मौखिक परम्परामा सीमित हुँदै आएका धेरै विषयलाई पुस्तकले स्थायी अभिलेखका रूपमा सुरक्षित गरेको उल्लेख गर्नुभयो । उहाँले भक्तपुरको इतिहास लेखनमा ताथलीमा भेटिएका अभिलेखहरू अत्यन्तै महत्त्वपूर्ण भएको चर्चा गर्दै त्यसको संरक्षण र प्रवद्र्धनका लागि लेखकले खेलेको भूमिका उदाहरणीय भएको बताउनुभयो ।
अनुसन्धाता तथा लेखक केदारबहादुर थापाले स्थानीय इतिहास लेखन अत्यन्तै कठिन र धैर्यपूर्ण अनुसन्धानको विषय भएको बताउँदै लेखकले पुराना अभिलेख, स्थानीय जनश्रुति, धार्मिक परम्परा, पुरातात्त्विक प्रमाण तथा समुदायका अग्रज व्यक्तिहरूसँगको संवादका आधारमा सामग्री सङ्कलन गरेको चर्चा गर्नुभयो । उहाँले यस्ता पुस्तक भविष्यका अनुसन्धानकर्ता, विद्यार्थी तथा इतिहास अध्ययन गर्नेहरूका लागि भरपर्दो सन्दर्भ सामग्री बन्नेछन् ।
आर्किटेक्ट एवं लेखिका तथा शोधार्थी सिर्जना प्रजापतिले ताथलीमा रहेका मठमन्दिर, पाटीपौवा, शिलालेख, मूर्तिकला, परम्परागत बस्ती र सांस्कृतिक सम्पदाको संरक्षणका लागि यस्ता अनुसन्धानमूलक प्रकाशन अपरिहार्य भएको बताइन्। उनले विकास निर्माणका क्रममा सम्पदाको मौलिकता जोगाउन पनि यस्ता दस्तावेजले मार्गदर्शन गर्ने धारणा राख्दै भक्तपुर र ताथलीबीचको सम्बन्धलाई ऐतिहासिक तथ्यका आधारमा पुस्तकले प्रष्ट्याएको बताउनुभयो ।
ताथली साकोसका अध्यक्ष एकबहादुर खत्रीले ताथलीको समग्र इतिहास समेटिएको पुस्तक प्रकाशन हुनु स्थानीय समुदायका लागि गर्वको विषय भएको चर्चा गर्दै इतिहास र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउने प्रभावकारी माध्यम पुस्तक नै भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी ताथलीका राजाराम छुकांले ताथलीको मौलिक पहिचान संरक्षणका लागि स्थानीय समुदाय स्वयं जागरुक हुनुपर्ने बताउँदै पुस्तकले त्यस अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुस्तक हरेक घरमा पुग्नुपर्ने, सबैले पढ्नुपर्ने र आफ्ना छोराछोरीलाई पनि पढ्न दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रकाशित पुस्तक वर्तमान पुस्तालाई आफ्नो मौलिकता चिनाउनुका साथै भावी पुस्ताका लागि पनि महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा काम गर्ने विश्वास लिएको भनाई राख्नु भयो ।
पुस्तकका लेखक तथा अनुसन्धानकर्ता हरिसुन्दर छुकांले आफ्नो लेखकीय मन्तव्यमा ताथली ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिले अत्यन्तै महत्वपूर्ण बस्ती भए पनि यसका विविध पक्ष समेटिएको समग्र दस्तावेजको अभाव रहेको बताए। यही आवश्यकता महसुस गर्दै भूगोलदेखि लोकसंस्कृतिसम्मका विषयलाई एउटै कृतिमा समेट्ने प्रयास गरिएको उनले बताउनुभयो ।
लेखक छुकांले पुस्तक तयार पार्ने क्रममा स्थानीय अग्रजहरूसँगको संवाद, पुराना दस्तावेज, अभिलेख, शिलालेख, धार्मिक स्थल, पुरातात्त्विक अवशेष, जनश्रुति तथा विभिन्न प्रकाशित–अप्रकाशित सामग्रीको अध्ययन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य चाँगुनारायण नगरपालिकाकी कार्यपालिका सदस्य कमला गिरीले व्यक्त गर्दै स्थानीय सरकारको दायित्व सडक, भवन र पूर्वाधार निर्माणमा मात्र सीमित नरही इतिहास, भाषा, संस्कृति र सम्पदाको संरक्षणमा पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले वडा कार्यालयले स्थानीय सम्पदाको अभिलेखीकरण र संरक्षणलाई प्राथमिकतामा राखेर पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो ।
वडा सदस्य रविन बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन वडा सचिव सपना श्रेष्ठले गर्नु भयएको थियो ।  कार्यक्रममा जनप्रतिनिधि, अनुसन्धानकर्ता, साहित्यकार, संस्कृतिकर्मी, शिक्षक, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वक्ताहरूले ताथलीको इतिहास, पुरातात्त्विक सम्पदा, धार्मिक आस्था, जात्रा–पर्व, लोकविश्वास, भाषा, कला, परम्परा र जीवनशैलीलाई संरक्षण गर्न यस्ता अनुसन्धानमूलक प्रकाशनलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै पुस्तकलाई विद्यालय, पुस्तकालय, अध्ययन केन्द्र तथा प्रत्येक घर–घरमा पुर्याएर अध्ययनको संस्कृति विकास गर्नुपर्ने धारणा पनि राखेका थिए ।
स्थानीय तहको पहलमा प्रकाशित ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक ताथलीको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई अभिलेखीकरण गर्ने महत्वपूर्ण कृतिका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । स्थानीय समुदायको स्मृति, सभ्यता र सांस्कृतिक सम्पदालाई पुस्तान्तरण गर्दै भविष्यका अनुसन्धानका लागि आधार तयार पार्ने दृष्टिले पनि यो पुस्तकलाई कोशेढुङ्गाका रूपमा हेरिएको छ ।
नगर प्रमुख वासुदेव थापाद्धारा सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा,

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु भएको छ । आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरि प्रमाणपत्र प्रदान गर्नुभयो ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पुरा गरेसंगै नगरपालिकाले यहाँका प्रत्येक वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान आजबाट सुरु गरेको नगर प्रमुख थापाले बताउनुभयो ।

यही साताभित्र नगरपालिकाको १० वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान पुरा गर्ने बताउदै उहाँले नगरपालिकाले प्रत्येक वडामा बाल सञ्जाल गठन गरि ५१  सूचक पुरा गर्न सफल भएको बताउनुभयो । उहाँले सूर्यविनायकका सबै वडा घोषणा सम्पन्न गरि वामती प्रदेशको अनुगमन एवं निरिक्षण सम्पन्न गरेपछि आउँदो भदौ भित्र नगरपालिकालाई पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाले बालबालिकादेखि महिला मैत्री, युवा मैत्री रुपमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र अब बालमैत्री स्थानीय शासनयुक्त वडा र नगरपालिका घोषणा कार्यक्रममा आइपुगेको बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता एवं नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले आज वडा नं. ७ गुण्डुलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेको बताउदै बालबालिकाको बिभिन्न प्रस्तुतीहरु समेत सम्पन्न भएको बताउनुभयो ।

घोषणा गर्नका लागि पुरा गर्नुपर्ने सूचकहरुमध्ये बालविवाह, बालश्रम, हिंसा पूर्ण रूपमा निषेधित हुनुपर्ने, सबै बालबालिकाको जन्मदर्ता, विद्यालय भर्ना र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुपर्ने प्राबधान सबै वडाले पुरा गरेको उहाँले बताउनुभयो ।

बाल बचाउ शिर्षकमा पुरा गर्नु पर्ने १४ वटा सूचकहरु जस्तै गर्भवती महिलाले सातपटक स्वास्थ्य जाँच गराएको हुनुपर्ने, टिटानस विरुद्धको खोप र आइरन चक्की खाएको हुनुपर्ने.दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी गराएको हुनुपर्ने, बालबालिकालाइ पर्ण खाप लगाको हुनुपर्ने सूचक समेत पुरा गरेको उहाँले बताउनुभयो ।

बाल संरक्षणका १० वटा सूचकहरु बालविवाह पूर्ण रूपमा निषेध हुनुपर्ने, बालश्रम मुक्त वडा हुनुपर्ने.बालबालिका विरुद्ध हुने शारीरिक, मानसिक वा यौनजन्य हिंसा र दुव्र्यवहार पूर्ण रूपमा रोकिएको हुनुपर्ने, सडक बालबालिका वा बेवारिसे अवस्थामा रहेका बालबालिकाको संरक्षण र पुनःस्थापना भएको हुनुपर्ने व्यबस्था पुरा गरेको प्रवक्ता समेत रहेको सापकोटाले बताउनुभयो ।

बाल विकासकाबारेमा ६ वटा सूचकहरु जन्मिएका सबै बालबालिकाको जन्मदर्ता हुनुपर्ने, विद्यालय जाने उमेरका सबै बालबालिको विद्यालय भर्ना हुनुपर्ने, विद्यालय र समुदायमा बालमैत्री तथा लैङ्गिक मैत्री (छात्राका लागि छुट्टै) शौचालय र स्वच्छ खानेपानीको व्यबस्था हुनुपर्ने, टोल, विद्यालय र वडा स्तरमा बाल क्लब तथा बाल सञ्जालहरू गठन भई सक्रिय हुनुपर्ने .स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता हुनुपर्ने व्यबस्था समेत सबै वडाले पुरा गरेको उहाँले बताउनुभयो ।

बालबालिकाका क्षेत्रमा लक्षित बजेट व्यबस्था हुनुपर्ने, सबै कार्यालय बालमैत्री र अपाङ्गतामैत्री हुनुपर्ने, विपद् व्यवस्थापन योजनामा बालबालिकाको सुरक्षा र आवश्यकतालाई प्राथमिकता दिइएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक सभापति सुजाता बाडे, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीलगायतले नगरपालिकाले सरकारको अभियानलाई पुरा गरेको बताउनुभयो ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा अभियानमा सहयोग पुर्याउने वडा बाल सन्जाल नगर बाल सन्जाल, बिद्यालयहरु, स्वास्थ संस्था स्वयंसेबिकाहरु, खानेपानी समिति, रेडक्रस, सहकारी संस्थाहरु, साँस्कृतिक समुहहरुहरुलाई कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बालबालिकाले आफ्ना रचनाहरु प्रस्तुत गर्नुका साथै बाल नाटक र बिभिन्न साँस्कृतिक प्रस्तुतीले कार्यक्रमहरुलाई रोचक बनाएको थियो । कार्यक्रम उद्घाटन अगाडि गुण्डुको बिभिन्न चोकबाट सुरु भएको बाजागाजा, झाकीसहितको करिब एक हजार जना सहभागि र्याली कार्यक्रम स्थल पुगेको थियो ।

सूचकहरुमध्ये अधिकांशमा ९५ देखि १०० प्रतिशतसम्मको प्रगति हासिल गरेकाले सूर्यवनायकका १० वटा वडालाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन युक्त वडा’ घोषणा गरेको हो । सूर्यविनायक नगरपालिकाले विगत वर्षदेखि हालसम्म प्रत्येक वडालाई १० लाखका दरले एक करोड र नगरपालिका रु. ७० लाख गरि कूल एक करोड ७० लाख बजेटको व्यबस्था गरि घोषणा अभियान सुरु गरेको हो ।

सिरुटार वडा कार्यालय कलात्मक रुपमा नयाँ भवन निर्माण हुदै
भक्तपुर, ३ असार : सूर्यविनायक नगरपालिकाले आफ्ना नौ वटा वडाको कलात्मक रुपमा कार्यालय भवन निर्माण सम्पन्न गरिसके पनि जग्गा अभावले रोकिएको वडा नं. १ सिरुटारको कार्यालय अब आफ्नै भवन निर्माण हुने भएको छ ।
स्थानीयवासी स्व. नरबहादुर राउतको नाममा रहेको करिब एक करोड भन्दा बढी मूल्य बराबरको जग्गा वडा कार्यालय भवन निर्माणका लागि कार्यालयको नाममा नामसारी गरेर दान दिएपछि सोही जग्गामा भवन निर्माण हुने भएको हो ।
सूर्यविनायक नगरपालिका वडा न. १ का वडाध्यक्ष सानुकाजी कायस्थले राउत नरबहादुरका चार छोराबाट दान प्राप्त भएको चार आना जग्गामा अण्डरग्राउण्ड सहितको अत्याधुनिक भवन निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । नगरपालिकाले रु. तीन करोड ४० लाखको बजेटमा ठेक्का आव्हान गरेसंगै भवन निर्माण सुरु हुन लागेको उहाँले जानकारी दिनुभयो ।
वडाध्यक्ष कायस्थले भन्नुभयो, ‘वडा कार्यालय भवन निर्माणको लागि स्व. नगरबहादुर राउतको परिवारबाट चार आना जग्गा प्राप्त गरिसक्यौ, भवन निर्माणका लागि नगरपालिकाले व्यबस्था गरेको तीन करोड ४० लाखको बजेटमा अण्डरग्राउण्ड पार्किङ्गसहितको चारतले अत्याधुनिक भवन निर्माण गर्दैछौं, असारबाट जग राखेर निर्माण काम सुरु गर्ने गरि प्रक्रिया अगाडि बढेको छ ।’
उहाँले कलात्मकता झल्किने गरि भवन निर्माण हुने र भवनमा वडा कार्यालयको प्रशासनीक कार्यसंगै बिभिन्न शाखा, स्तनपान कक्ष, अपाङ्गमैत्री, सुविधा युक्त हलसहितको भवन निर्माण हुने उहाँले बताउनुभयो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनयक नगरपालिकाले वडा नं. २ देखि वडा नं. १० सम्म आफ््नै भवन निर्माण गरिसकेको बताउदै अब बाँकी रहेको वडा नं. १ को भवन पनि २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले वडा नं. १ को भवन कलात्मक हुने बताउदै नयाँ बनेका भवनहरु मध्ये वडा नं. ५, वडा नं. ६, वडा नं. ९ र वडा नं. १० को भवनहरु कलात्मक शैलमा निर्माण गरेको र वडाका पुराना भवनहरुलाई पनि नयाँ स्वरुपमा कलात्मकता दिएको बताउनुभयो ।
वडा नं. १ सिरुटारको भवन निर्माणसंगै नगरपालिकाको आफ्नो प्रशासनिक भवन र नगरका १० वटै वडाको आफ्नै भवनमा रहेर सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो ।
बकुलहर रत्ननगर अस्पताल चितवनदेखि बिभिन्न जिल्लाका विरामीको भरोसा र बरदान बन्दै
-रमेश गिरी
भक्तपुर २ असार । बागमती प्रदेश अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ स्थित टाँडी बजारको उत्तरतर्फ अवस्थित बकुलहर रत्ननगर अस्पताल यतिखेर स्थानीयवासीका लागि मात्रै नभई मध्यम र निम्न वर्गका माझी समुदायदेखि राउटे बस्तीका विरामीसमेतका लागि स्वास्थ्य उपचारमा बरदान बनेको छ ।
पूर्ब पश्चिम राजमार्गबाट करिब ५० मिटरको दुरीमा पूर्वी चितवनको टाँडी बजारमा स्थानीयको मन र विश्वास जित्दै अगाडि बढिरहेको अस्पताल हो बकुलहर रत्ननगर अस्पताल । भरतपुरबाट ११ कि. मी. दुरीमा रहेको यस अस्पताल पूर्वी चितवनको एकमात्र प्रदेश अन्तर्गतको जिल्ला अस्पताल हो ।
विक्रम सम्वत २०२४ सालमा बकुलहर स्वास्थ्य चौकीको नाममा सरकारले स्थापना गरेका स्वास्थ्य चौकीलाई नेपाल सरकारले २०६५ सालमा सेवा बिस्तार गरि १५ शय्याको जिल्ला अस्पतालको रुपमा  सञ्चालनमा ल्याएको थियो ।
देशमा संंघीयता कार्यान्वयनसँगै २०७७ मङसिर १८ को नेपाल सरकारको निर्णय अनसार यस अस्पताललाई बागमती प्रदेश अन्तर्गंत राखेपछि प्रदेश सरकारको मातहतमा अस्पताल सञ्चलन हुदै आएको छ । प्रदेश सरकारको २०७७ फागुन १३ को निर्णय अनुसार यस अस्पताललाई १५ शय्या बढाएर ५० शय्यामा स्तरवृद्धसंगै अस्पतालले सेवा पनि बिस्तार गदै गयो ।
२०८० सालमा प्रदेश सरकारले अस्पतालको पुन स्तरवृद्धि गर्दै १०० शय्या पुर्याए पछि सेवा बिस्तार गरि गुणस्तरीय सेवा प्रवाहमा अब्बल बन्दै माडीको मात्रै नभई पूर्व चितवनवासीको विश्वास जित्दै आएको छ ।  छाला रोगको नेपालकै उत्कष्ठ प्रबिधिबाट जाच गरि उपचार गर्ने भएपछि यहाँ भरतपुरदेखि काठमाडौंसम्मका विरामीहरु छालाकै उपचारका लागि आउने गरेका छन् ।  मध्यम वर्ग र न्यून वर्गका व्यक्तिहरुको निःशुल्क उपचार हुदै आएको छ ।
स्वास्थ मन्त्री किरण थापा  :
वागमति प्रदेशका स्वास्थ मन्त्री किरण थापा मगरले रत्न नगरको बकुलहर अस्पताललाई गुास्तरीय सेवा बिस्तारसंगै नमूनाको अस्पतालको रुपमा विकास गर्ने लक्ष्य अनुसार अगाडि बढेको बताउनु हुन्छ । दैनिक विरामीको चाप बढ्दै गएको यस अस्पतालमा उपचारका लागि आउने विरामीले गुणस्तरीय स्वास्थ्य सेवाको अनभूति र विश्वास जितेर जानसक्ने गरि विकास गर्दै २०० शय्यामा विस्तार गर्ने गरि सरकार निरन्तर लागिरहेको उहाँ बताउनुहुन्छ ।
मन्त्री थापा मगरले भन्नुभयो, ‘अस्पतालमा विरामीको चाप निकै बढ्दै गएको छ, अस्पतालको भौतिक संरचना, जनशक्ति व्यबस्थापनदेखि उपकरण युक्त एवं प्रबिधि मैत्री बनाउन प्रदेश स्वास्थ्य मन्त्रालय लागिरहेको छ । अस्पतालले नर्सिङ्ग कलेज सञ्चालनका लागि तयारी गरेकाले स्वीकृतीको तयारीमा छौ । यहाँ आउने कोही पनि विरामी पैसा नभएकै कारण ज्यान गमाउनु पर्ने अबस्थाको अन्त्य गर्ने गरि सेवा प्रवाह भइरहेको छ ।’
अस्पतालमा मात्रै नभई विरामीको सेवा गर्न दुर्गम गाउँमा उपकरण समेत लिएर गई स्वास्थ्य शिविर सञ्चालन गरि स्वास्थ्य परीक्षणदेखि निःशुल्क उपचारसम्मको व्यबस्था गरेको उहाँ बताउनुहुन्छ । उहाँले प्रदेशबाट सञ्चालित सबै अस्पताल, आर्युवेद अस्पतालहरुलाई प्रबिधि मैत्री बनाउँदै औषधि उत्पादनसमेत सुरु गरेको बताउनुभयो ।
सचिव डा. सुमित्रा गौतम : वागमति प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले वागमति प्रदेशको १३ वटै जिल्ला अस्पतालको स्तरोन्नती, बिशेषज्ञ सेवाहरु बिस्तार, प्रबिधि मैत्री, उपकरण मैत्री बनाउनेदेखि शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने गरि व्यबस्थापनको तयारी गरेको बताउनु हुन्छ ।
प्रदेश सरकारले औषधि उत्पादनलाई समेत विस्तार गर्दै लागेको बताउदै सबै अस्पतालमा डायलासिस मेशिन सञ्चालन गर्ने, मेमोग्राम मेशिन सञ्चालन गर्ने, मुटु सेवाको उपचार विस्तार गर्ने, प्रत्येक नागकरिलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने गरि मन्त्रालयले सेवा बिस्तार गरिरहेको उहाँले बताउनुभयो ।
बकुलहर रत्न नगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अंकुर पौडेलले २०२४ मा स्वास्थ्य चौकीको रुपमा स्थापना भई २०६५ सालमा नेपाल सरकारबाट जिल्ला अस्पतालको मान्यता प्राप्त गरि १५ शय्यामा बिस्तार भएको बताउनु हुन्छ । २०७७ मा प्रदेश सरकारले ५० शय्याको प्रादेशिक अस्पतालको रुपमा बिस्तार गरेसंगै सेवा बिस्तार गर्दै लगेको बताउदै उहाँले २०८० सालमा १०० शैयाको सकेण्डरी बि लेबलको अस्पतालको रुपमा स्तरोन्नती गरि निरन्तर सेवा प्रवाह गरिरहेको बताउनु हुन्छ ।
मेसु डा. पौडेल भन्नुहुन्छ, ‘अस्पतालले ओपिडीतर्फ १० वटा विशेषज्ञ सेवाहरु सञ्चालन गरिरहको छ, १० शय्याको हेमो डायलासिस सेवा तीन सिफ्टमा दैनिक ७५ जनासम्म विरामीलाई सेवा दिइरहेका छौं, ६ शय्या थप गर्ने तयारी भइरहेको छ । पाँच शय्याको आईसियू, सेवालगायत २४ घण्टा आकस्मिक सेवा, अर्थोपेडिक सर्जरी, नेपालका ठूला अस्पतालका भन्दा राम्रा र अत्याधुनिक ल्याब यहाँ रहेको छ ।’
प्रत्येक ओपिडीमा टोकन र बिलिङ्गको व्यबस्था रहेको बताउदै उहाँले अस्पतालमा दैनिक १५ सयसम्म विरामीहरु आउने गरेको, जनरल फिजिसियनमा ५० प्रतिशत विरामी आउने गरेको बताउदै उहाँले दरबन्दी र भौतिक संरचना भने अपुग रहेको बताउनुभयो । हाल अस्पतालको ब्लक ए र सिबाट सेवा सञ्चालन भइरहेको र ब्लक बि निर्माणको अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
अस्पतालले सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता रहेको भन्दै उहाँले सिटी स्क्यान, मुटुको विरामीलाई क्याथ ल्याबको आवश्यकता पर्दा मात्रै विरामी रिफर गर्ने गरेको र त्यसबाहेक सबै स्पेशलिस्ट सेवाहरु प्रवाह गर्दै आएको मेसु डा. पौडेल बताउनुहुन्छ ।  रोग निको पार्ने मात्र नभई कसरी विरामीको मन जित्न सकिन्छ भनेर लागिरहेको अस्पतलले सबै डिजिटलाईज गर्ने गरि अगाडि बढाएको छ । अस्पतालले रिफरको लागि छुट्टै ओपिडि सेवा सञ्चालन गरेको छ भने अटोमेटिक ल्याब मेशिन सञ्चालनमा छ ।
अस्पतालले सुपरस्पेशिलिस्ट सेवा थप गर्दै जाने क्रममा स्वस्थ्य सेवा मात्रै नभई शैक्षिक सेन्टरको रुपमा समेत अस्पताललाई विकास गर्ने लक्ष्य लिएको र अस्पतालले नर्सिङ्ग कलेज सञ्चालनको तयारी गरेको छ । अस्पतालमा दुई वटा ओटी बिस्तार गर्ने, २४ सै घण्टा यूरोलोजीदेखि आँखाको सर्जरी सेवा विस्तारको तयारी गरेको उहाँ बताउनुहुन्छ ।
अस्पताल सञ्चालन तथा व्यबस्थापन समितिका अध्यक्ष गोपाल राज कर्माचार्य अस्पताल स्थापना अगाडिको अबस्था सम्झदै स्वास्थ्य चौकीमा सिटामोल लिन मात्रै विरामी आउने गरेको सम्झानु हुन्छ । स्वास्थ्य चौकीमा सेवा लिन चितवन नै पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्न ‘हामीले नगरे कसले गर्ने’ भन्ने नाराका साथ अस्पताल निर्माणमा जुटेको उहाँ स्मरण गर्नुहुन्छ ।
उहाँले भन्नुभयो, ‘उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा उद्योग वाणिज्य संघ र रत्ननगर अस्पतालको साझेदारीमा स्वास्थ्य चौकीलाई अस्पताल बनाउने अभियान सुरु गरेका हौं, त्यसपछि भने धान्याञ्चल महायज्ञ लगाएर एक करोड ६८ लाख रकम संकलन गरि नयाँ भवन निर्माण गरि अस्पतालमा सेवा बिस्तार गर्यौ, अस्पताललाई आजको अबस्थासम्म पुर्याउन स्वीजरल्याण्डको दातृ निकाय शान्ति मेड नेपालको योगदानलाई बिर्सन सकिदैन ।’
शान्ति मेड नेपालले नयाँ भवन निर्माण, सम्पूर्ण फनिचर, प्रबिधि र आधुनिक उपकरणका व्यबस्था गरि देशकै उत्कृष्ट छाला रोगको उपचार सुरु गरेपछि धादिङ्ग र गोरखादेखि विरामी आउँने गरेको उहाँ बताउनुहुन्छ ।  अस्पतालमा मातृ शिशु कक्ष विस्तारका लागि भवन निर्माण भइरहेको छ । उच्चस्तरीय प्रबिधि जडित ल्याब सेवा सञ्चालन गरेपनि सिटी स्क्यान नुहँदा त्यसका लागि विरामी रिफर गर्नु पर्ने बाध्यता रहेको बताउनुहुन्छ।
विपन्न, अति विपन्न, सिमान्तकृत व्यक्ति माझी, चेपाङ्ग, चमार, थारु समुदायका विरामीलाई उपचार खर्च नभएर फर्कनु पर्ने अबस्था नभएको भन्दै उहाँले नगरपालिकाका कोष, स्वास्थ्य बिमा र अन्य श्रोतबाट पैसा नभएका विरामीको निःशुल्क उचार सेवा प्रदान गर्दै आएको अस्पतालका अध्यक्ष कर्माचार्य बताउनुहुन्छ ।
यहाँको सेवाले पूर्व चितवन मात्रै नभई पश्चिम चिवनवासीका मन र विश्वास जित्न सफल भएको बताउदै मिर्गौलाको विरामीले राम्रो सेवा पाएको बताउनुहुन्छ अस्पतालका पूर्व अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ ।  अस्पतललाई अझै प्रबिधि मैत्री बनाउन केन्द्रीय, सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोग लिने प्रयास भइरहेको उहाँ बताउनुहुन्छ । नेपालमै पहिलो पब्लिक प्राईभेट पार्टनरसिपको अबधारणा यही अस्पतालको निर्माणको क्रममा सुरु भएको दाबी गर्नुहुन्छ, अस्पतालका संस्थापक अध्यक्ष एवं रत्ननगर नगरपालिकाका पूर्व मेयर नारायण वन 
तत्कालिन समयमा पूर्व चितवनमा कुनै अस्पताल नभएको अबस्थामा राजमार्गमा हुने ठूला दुर्घटनामा परेकाहरुको ज्यान बचाउन पनि अस्पताल चाहिन्छ भनेर २०५८ मंसिर ४ गते धान्यचल महायज्ञ गरि संकलित रकमबाट भूकम्पीय जोखिम रहित प्रबिधिको प्रयोग गरेर २२ हजार स्क्वायरमा भवन निर्माण गरि स्वास्थय चौकीलाई अस्पतालको रुपमा विस्तार गरेकाबताउनुहुन्छ ।
२०७४ मा नगर प्रमुख भएपछि अस्पतालमा जनशक्ति र उपकरण थप गरेको बताउदै उहाँले अहिले छालाका लागि मेचीदखि महाकालीसम्मका विरामी यस अस्पतालमा आउने गरेको बताउनुहुन्छ ।  उच्च गुणस्तरीय उपकरण रहेको यस अस्पतालको ल्याब १० ठाउँमा राखिएको र फरक फरक रोगको फरक ठाउँबाट ल्याब टेष्ट गर्ने र रिर्पोट प्रवाह गर्ने व्यबस्था गरिएको ल्याब टेक्निसियन सुरज अधिकारी बताउनुहुन्छ ।
एकै पटकमा १२० जनाको र एक घण्टामा ४०० जनाको रिपोर्ट दिन सक्ने यहाँको ल्याबमा २५ जना जनशक्तिले विश्वसनीय रिपोर्ट प्रवाह गर्दै आएको बताउदै उहाँले क्यान्सर जन्य रोगदेखि शरीरका ट्युमर पत्ता लगाउन यहाँको ल्याब सक्षम रहेको दाबी गर्नुहुन्छ ।  विगतको अबस्थालाई फर्केदा हेर्दा दैनिक १५ जना विरामी पनि नआउने यस अस्पताल आजको अबस्थासम्म आईपुग्दा कालिका, राप्ती, खैरेनी, धादिङ्ग, गोरखा, तनहुका दैनिक १५ सयसम्म विरामी आउने गरेको उहाँ बताउनुहुन्छ ।
अस्पतालको गुणस्तरीय सेवामा विरामी सन्तुष्ट रहेको स्थानीयवासी एवं  रत्ननगर खानेपानी उपभोक्ता समितिका सचिव प्रताप डल्लाकोटी बताउनुहुन्छ । यहाँ आउने विरामीको उपचारमा खर्च कम लाग्ने र गणस्तरीय सेवा प्रभावकारी भएकै कारण विरामीका चाप बढेको उहाँ बताउनुहुन्छ । यस अस्पताललाई सिटीस्क्यान, एमआरआईलगायत सबै प्रबिधि र उपकरण युक्त बनाउन संघीय सरकारले चासो दिनु पर्ने बताउदै उहाँले वर्तमान् सरकारका सभामुखदेखि सांसद र मन्त्रीको नजर आफ्नो क्षेत्रमा परेमा देशकै उत्कृष्ठ अस्पताल बन्न धेरै समय नलाग्ने उहाँ बताउनुहुन्छ ।
कक्षा ६ पढ्दै गरेकी १६ वर्षीया छोरी सविनाको उपचारका लागि सात दिनदेखि अस्पतालमा बस्दै आउनु भएका कदम चेपाङ्ग छोरीको उपचार अस्पतालले पूर्ण रुपमा निःशूुल्क गरिदिएको निकै खुसी हुनुभयो । आफ्नो उपचारका लागि आउनु भएका कुमार लामा, फोक्सोका उपचारका लागि आउनु भएका राप्तीकाा कलाकार रुद्रराज कडेँल यहाँको उपचारबाट सन्तुष्ठ र खुसी रहेको बताउनुहुन्छ ।
आफ्नो देशमा भन्दा बढी नेपालमा बसेर नेपाल र नेपाली जनतामा समर्पित यस अस्पतालका लागि बिर्सनै नसकिने नाम हो शान्ति मेड नेपालकी अध्यक्ष एवं स्वीट्जरल्याण्डकी पूर्व सांसद ८२ वर्षीय छाला रोग विशेषज्ञ डा. रुथ गोन्सेथ (च्गतज न्यलकबतज) ।
यस अस्पतालको विकासका स्वीस सरकारको एक अर्ब लगानी भइसकेको बताउनुु हुन्छ शान्ति मेड नेपालकी कर्मचारी रंजिता पौडेल । अस्पताललाई छाला रोग विषेशज्ञ सेवा प्रदान गर्न मात्र नभई डा. रुथले नेपालमै पहिलो पटक २१ दशमलव ६ किलावाटको सौर्य उर्जा उत्पादन गरि सोलारबाट हेमोलायलासिस सेवा सञ्चालन गर्नेदेखि हालसम्म यस रत्ननगर बकुलहर अस्पतालको भौतिक संरचना, उपकरण खरिद, सौर्य उर्जा, फर्निचर एवं फर्निसिङ्ग, ल्याब, बिभिन्न उपकरण खरिद लगायतमा खर्च गरिसकेको छ । हाल पनि यहाँका स्वास्थ्यकर्मीहरुलाई मासिक सात लाख ५० हजार तलब दिएर सात जना विशेषज्ञसहितको २७ जना कर्मचारीको व्यबस्था गरि अनवरत सेवा सञ्चालन गरिरहेको पौडेल बताउनुहुन्छ ।
छाला रोग, यौन रोग, हाडजोर्नी, प्रसुति रोगलगायतमा सहयोग गर्नुका साथ विभिन्न मंहगाा उपकरण जडानमा समेत ठूलो सहयोग पुर्याएको छ । छाला रोगका लागि छालाको फोटो थेरापी मेशिन समेत यही छ ।
यस अस्पतालमा गुणस्तरीय सेवा र विरामीको उपचार विपन्न वर्गको निःशुल्क उपचारले विरामीको चाप बढेसंगै वागमति प्रदेशको उत्कृष्ठ अस्पताल बनाउन प्रदेश सरकारसंगै रत्न नगरलाई जन्मथलो बनाएर केन्द्रीय राजधानी काठमाडौंलाई कर्मथलो बनाउँदै आएका रत्न नगरका रत्नहरु अर्थात नेता, राजनीतिज्ञ, व्यापारीलगायतको सहयोग खेजी रहेको छ बकुलहर रत्न नगर अस्पताल ।