विश्व पर्यटनको आकर्षण बनाउन ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ
भक्तपुर, २८ चैत ः आन्तरिक र बाह्य पर्यटकको आगमनको केन्द्र बनाउने मुख्य उदेश्यले मध्यपुरथिमि नगरपालिकाले आजबाट ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ ।
बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको आज वागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आज उद्घाटन गर्नुभयो । प्रत्येकवर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लाई लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रमहरूका साथ गन्तव्य मध्यपुरको शुभारम्भ गरिएको हो ।
मध्यपुरथिमिका ऐतिहासिक, साँस्कृतिक तथा परम्परागत सम्पदा देखाएर स्थानीय जात्रा, परम्परागत बाजागाजा, स्थानीय संस्कृति, हस्तकला तथा मौलिक परिकारको प्रवद्र्धन गर्दै पयएटकलाई आकर्षित गरि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने मुख्य लक्ष्यसहित गन्तव्य मध्यपुर आयोजना गरिएको हो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले वागमपति प्रदेशले यहाँको मौीलक कला, संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गर्ने कार्यक्रमहरु ल्याएको बताउदै पहिलो पटक मध्यपुरथिमिको जिब्रो छेड्ने जात्रालाई वार्षिक रु दुई लाखको दरले रकम विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख विजय श्रेष्ठले मध्यपुरथिमि नगरलाई पर्यटकीय हवको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो । नगरपालिकाले आयोजना गरेको मध्यपुर महात्सवले थिमि घुम्ने आन्तरिक तथा बाह्यक पर्यटकको आगमन बढेको बताउदै गन्तव्य मध्यपुरले पनि भक्तपुर आउने पर्यटकलाई एकदिन मध्यपुर घुम्ने गरि पर्यटनको विकास गर्न सफल हुने बताउनुभयो ।
उहाँले नगरपालिकाले मध्यपुरथिमिको बोडे, नगदेश र आदर्शको लायकूमा दरबार निर्माण सम्पन्न हुने क्रम रहेको बताउदै यहाँको पुराना बस्तीलाई साँस्कृतिक शहर, राधेराधेलाई आधुनिक शहरको व्यापारिक हव, सानोथिमीलाई रेष्टुराको हव, निलबाराहीलाई पिकनिकको हव र होमस्टेसम्मको अबधारण बनाएर नगरपालिकाले ५० लाखको बजेट विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले संस्कृति, परम्परा जोगाउदै नगरपालिकाले शिक्षा र स्वास्थ्यमासमेत जनमैत्री काम गरेको बताउनुभयो ।

दुईदिने घरेलु मेलादेखि धिमे बाजा प्रतियागिता सुरु :

नगरपालिकाले आजबाट शंखधरचोक थिमिमा स्थानीय उत्पादन तथा हस्तकला प्रवद्र्धन तथा विक्री केन्द्रको उदघाटन गरि सञ्चालनमा ल्याएको छ । यहाँ स्थानीय हस्तकला, काष्ठकला, धातुकला, लत्ताकपडा र स्थानीय उत्पादनको व्यापारिक केन्द्र बनाउन सातवटा स्टल सञ्चालनमा ल्याएको छ ।
त्यसैगरि आजै निगु पुखु अर्थात ऐतिहासिक दुई पोखरीमा खुल्ला धिमेबाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताको मन्त्री श्रेष्ठले उद्घाटन गर्नुभयो ।  भक्तपुर, काठमाडौं, ललितपुर, किर्तिपुर र काभ्रेपलाञ्चोकका ३७ वटा धिमे समूहको प्रतियोगितामा सहभागिता रहेको नगरपालिकाका नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।  अभियान अन्तर्गत आजै दुई पोखरीमा दुई दिने स्थानीय रैथाने घरेलु उत्पादन मेला आयोजना गरेको छ । मेलामा २८ वटा स्टलमा घरेलु उत्पादन, स्थानीय परिकारका प्रर्दशनी गरिएको छ ।
स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ बाट वागमति स्वास्थ्य मन्त्रालय सम्मानित
भक्तपुर, २८ चैत : ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरि वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले विद्यालयहरुमा स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्याए वापत ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ प्रदान गरिएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.ले आज आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री सुधा गौतम शर्माले वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको अवार्ड स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले ग्रहण गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री थापाले मन्त्रालयले गरेको ‘एक विद्यालय एक नर्स’ अभियानको सही मूल्यांकन भएको बताउदै विद्यालयस्तरमा स्वास्थ्य सेवा विस्तार गर्दै विद्यार्थीहरूको स्वास्थ्य सुधारमा थप टेवा दिन प्रेरणा मिलेको बताउनुभयो ।
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले मन्त्रालयले सम्मान प्राप्त गर्न पाउँदा खुशी लागेको बताउदै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर सुधार र विद्यालयस्तरमा स्वास्थ्य पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहने बताउनुभयो ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले वागमति प्रदेश मन्त्रालयले समग्र स्वास्थ्य सुधार र विद्यालय नर्सको प्रभावकारी कार्यान्वयनले विद्यार्थीहरुमा स्वाथ्य जनचेतना र सेवा प्रभावकारी भएकाले अवार्ड प्रदान गरिएको बताउनुभयो ।
संघीय सांसद खत्रीद्धारा कमेरोटारवासीको समस्या समाधान गर्ने प्रतिबद्धता
भक्तपुर, २८ चैत ः विगत २२ वर्षदेखि समस्याग्रस्त बन्दै आएको मध्यपुरथिमि नगरपालिकाको कमेरोटार जग्गा एकीकरण आयोजनालाई तत्काल सम्पन्न गर्न आवश्यक कदम चालिने भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद राजीब खत्रीले बताउनु भएको छ ।
कमेरोटारस्थित संगम कोलोनीमा आडाम्स थिमिले आज आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रममा स्थानीयवासीले आयोजना अलपत्र पारेर जनतालाई दुःख दिएकाले आयोजना छिटो सम्पन्न गराउन माग गरेका थिए ।
सांसद थापाले स्थानीयसंगको छलफलमा भन्नुभयो, “आयोजनाकोबारेमा मैले धेरै कुरा थाहा पाईसके, अझै बिस्तृत बुझेदैछु, अब विगतमा जस्तो यो वा त्यो बाहनाले कुनै पनि काम रोकिनु हुदैन, रोक्न पाईदैन पनि । यो आयोजना छिटो सम्पन्न गराउन तपाईहरुसंग म पनि साथमा छु ।”
स्थानीयले ५ वर्षमा सम्पन्न गर्ने गरि सुरु भएका आयाजना २२ वर्ष बितिसक्दा पनि अझै सडक कालोपत्र नहुदाँ, खानेपानीको व्यबस्था नहँुदा र ढलको उचित व्यबस्थापन नुहँदा जनताले निकै सास्ती व्यहोर्नु परेको गुनासो गरेका थिए ।
कार्यक्रममा आडाम्स थिमिका अध्यक्ष एकराज भण्डारीले जनताको सुझाब, गुनासो सुनेर समस्या समाधानमा सांसदले केन्द्रीयस्तरमै महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।
कपास इन्डस्ट्रिजमा आज आगोलागी हुँदा लाखौको क्षति
भक्तपुर, २७ चैत : सूर्यविनायक नगरपालिका–७ गुण्डु कर्मीटोल स्थित बलराम उप्रेतीले सञ्चालन गरेको कटन कपास इन्डस्ट्रिजमा आज आगोलागी हुँदा लाखौको क्षति भएको छ ।
आज अचानक विद्युत सर्ट भई आगलागी हुँदा कटिङ कपास मेशिन ६ वटा, चाइनिज कटिङ मेशिन १ वटा, प्रेस मेसिन ३ वटा, कम्प्रेसर मेसिन १ वटा, स्टाटर ७ वटा, एमसिबि ७ वटा मेसिनरी सामाग्री र तयारी सेतो र कालो कपाससंगै उद्योगको कच्चा पदार्थहरु जलेर क्षति भएको आगलागी नियन्त्रणमा खटिएका जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले जानकारी दिनुभयो ।
आगलगी भएका जानकारी पाउँने बित्तिकै जुद्ध बारुण यन्त्र भक्तपुरका चार वटै दमकलहरु तथा कार्यालय प्रमुख विजयप्रसाद धौभडेलको कमाण्डमा अग्निनियन्त्रकहरुले उद्योगमा पुगेर आगलागी नियन्त्रण गरिएको थियो ।
आगलागी भएपछि जुद्ध बारुण यन्त्रको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको टोलीले संयुक्त रुपमा तीन घण्टाका अथक प्रयासमा आगलागी नियन्त्रण भएका कार्यालयका सूचना अधिकारी हिमाल घर्तीमगरले जानकारी दिनुभयो ।
आगलागीबाट ३० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक विवरणबाट खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
हजारौको भीडमा भैरबको रथ तानेर आजबाट बिस्काः जात्रा सुरु, पहिलो दिन दत्तात्रय पुग्यो रथ
भक्तपुर, २७ चैत : आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको बिस्काः अर्थात बिस्केट जात्रा भैरबको रथ तानेर आज अपरान्हबाट सुरु भएको छ ।  तान्त्रिक बिधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरबको रथमा भैरबनाथ र बेताल बिराजमान गराई खड्ग र निशान राखेपछि बिधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो ।
बिहानैदेखि गुठी सस्थान, स्थानीयवासी र स्थानीय संस्थाहरुको भैरब पुजा सम्पन्न गरेपछि आज अपरन्हबाट हजारौको भीडमा पाँचतले मन्दिर प्राङ्गनमा तान्त्रिक बिधि अनुसार पूजा गरी बेताललाई रथमा बिराज गराए पछि भैरब मन्दिरबाट भैरबको मूर्तिलाई रथमा विराजमान गराई रथको अगाडि र पछाडिबाट रथ तानेर जात्रा सुरु भएको हो ।
टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्याउने प्रचलन भएअनुसार रथ तानिएको हो । भैरबको रथलाई टौमढीबाट माथि तान्नेले बुलुबुलु हिटी, सुकुलढोका हुदै दत्तात्रयसम्म र तलतर्फ नासमनाहुदै बंशगोपालसम्म रथ लैजादै गरिन्छ । माथिल्लो टोल र तल्लो टोलका बासिन्दाले रथ तान्ने क्रममा जता सक्यो त्यतै लाने प्रचलन रहेको छ ।
पहिलो दिन साँझ ७ बजे रथलाई तानेर दत्तात्रय पुर्याईएको छ । दत्तात्रयबाट रथलाई फर्काउने राती १० बजेसम्म प्रयास जारी छ ।
त्यसैगरी चैत ३० गते भेलुखेलमा गुठी पुजासहित सबै प्रक्रिया पुरा गरी अपरान्ह ५ बजेसम्म लिङ्गो उठाईसक्ने गरी व्यबस्थापन गरेको, बैशाख १ गते अपरान्ह ५ बजेभित्र लिङ्गो ढाल्ने र बैशाख ५ गते अपरान्ह ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने परम्परा रहको छ
आजको जात्रामा झडप हुन नदिन र ढुङ्गा हानाहान हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई हजार प्रहरी जात्रास्थलमा परिचालन गरेको छ । जालामा झडप हुन नदिन र तल्लो टोल तथा माथिल्लो टोलका बासिन्दाबीच ढुङ्गा हानाहान हुन नदिन प्रहरी परिचलान गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
जात्रामा ३५ भन्दा बढी सिसि क्यामरा र चार वटा ड्रोन क्यामराबाट जात्राको सुरक्षा निकायले निगरानी गरिरहेको बताउदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । सिसि क्यामरा प्रहरी कन्ट्रोल रुमबाट २४ सै घण्टा निगरानी गरिने जानकारी दिदै उहाँले गलत गतिबिधि गर्नेलाई तत्काल पक्राउ गरिने उहाँले जानकारी दिनुभयो ।
प्रशासनले जात्रा अवधिभर भक्तपुरमा मादक पदार्थ बिक्री वितरण एवं ओसारपसारमा रोक लगाएको, मादक पदार्थ बिक्री वितरण एवं ओसार पसार गर्ने, खुल्लमखुल्ला मदिरा सेवन गर्नेलाई कारबाही गर्ने उहाँले बताउनुभयो ।
जात्रा अबधीभर शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, सादा पोशाकका प्रहरी परिचालन गरिएको, भक्तपुरका अस्पतालहरुलाई आपतकालिन उपचारका लागि तयारी अबस्थामा राखिएको, जिल्लाका एम्बुलेन्सहरुलाई जात्रास्थल आसपसमा समेत तयारी अबस्थामा राखिएको, दमकल तयारी अवस्थामा राखिएको छ ।
वैदेशिक रोजगारीका पिडितलाई ठग्ने इन्द्रलाल गोले पक्राउ

काठमाडौ.२७ चैत : वैदेशिक श्रमिकका पिडितलाई न्याय दिने भन्दै खोलिएको संस्था वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोले पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत, स्वयम्भुबाट खटिएको टोलीले काठमाडौं स्थित अन्नपुर्ण चोकबाट हिरासतमा लिएको हो ।

अनाधिकृतरुपमा मेनपावर व्यवसायी, पीडित र एजेण्टहरुलाई प्रभावमा पारी पैसा असुलेको भन्ने साथै कार्यालयमा पाखुरावालहरु जम्मा पारी मेनपावरसँग चन्दा आतंक चलाएको आरोप लागेको छ ।

वितग केही वर्षदेखि यही पेशामा लागेका गोलेले काठमाडौंमा घर गाडि समेत जोडेको पाइएको छ ।

केश अनुशन्धानमै रहेकाले थप विवरण आउन बाँकी छ ।

गोरखामा राजविद्या शक्तिपीठ बन्दै : नमुना गुरुकुल र अन्तराष्ट्रिय योग केन्द्र पनि बनाईने

गोरखामा राजविद्या शक्तिपीठ बन्दै : नमुना गुरुकुल र अन्तराष्ट्रिय योग केन्द्र पनि बनाईने

गोरखा ।
ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा अब पुनः एकपटक राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा अघि बढ्दैछ। गोरखनाथ कल्याण केन्द्र नेपाल ले आगामी आर्थिक वर्षको सुरुवातसँगै एक महत्वाकांक्षी “धर्म नीति आधारित महाअभियान” सुरु गर्ने घोषणा गरेको छ।

केन्द्रका अनुसार, यो अभियान केवल धार्मिक अभ्यासमा सीमित रहने छैन, बरु राष्ट्र निर्माणका लागि आवश्यक नैतिकता, अनुशासन र चेतनालाई पुनर्स्थापित गर्ने रणनीतिक प्रयास हुनेछ। अभियानको मूल लक्ष्य धर्मलाई कर्मकाण्डबाट मुक्त गर्दै जीवन, समाज र राज्य सञ्चालनको आधार बनाउनु हो।

यसका निम्ती केन्द्रले यसअघि नै देशका विभिन्न भूभागमा शक्तिपीठ स्थापना गर्दै आध्यात्मिक ऊर्जा सन्तुलनको आधार निर्माण गरिसकेको छ।  हालसम्म कुशेश्वरमा सौर्यमण्डलीय शक्तिपीठ, पालुङमा वायुमण्डलीय शक्तिपीठ, विजयपुरमा घर्तीमण्डलीय शक्तिपीठ, भकुण्डेबेशीमा ॐकारेश्वर शक्तिपीठ, राम्चेवेशीमा आदिश्वरनाथ शक्तिपीठ स्थापना सम्पन्न भईसकेको केन्द्रका संरक्षक अनन्त प्रसादले जानकारी दिए ।

गोरखामा  पनि राजविद्या शक्तिपीठ स्थापना हुँदैछ ।
सबै उर्जा एकीकृत गर्दै गोरखाको राजशक्ति पीठलाई केन्द्रबिन्दु बनाउने रणनीति केन्द्रको छ, जसले देशभर दैविक ऊर्जा सन्तुलन र आध्यात्मिक जागरण विस्तार गर्ने अपेक्षा गरिएको छ।

गोरखा नगरपालिका-९ स्थित शिखरडाँडामा निर्माणाधीन पीठको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ र अबको केही महिनाभित्र पूर्णता दिने लक्ष्य राखिएको छ। यो पीठलाई केवल धार्मिक संरचना होइन, दैविक ऊर्जा, नैतिकता र राष्ट्रशक्ति बीच सन्तुलन कायम गर्ने केन्द्र का रूपमा विकास गरिने उनले बताए ।

शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरण ले धर्म-नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन “दैविक ऊर्जा” को अनिवार्यता औंल्याउँदै “राजविद्या शक्तिपीठ” स्थापना भईरहेको  बताए । उनका अनुसार जबसम्म आध्यात्मिक ऊर्जा र राज्य शक्ति बीच समन्वय हुँदैन, तबसम्म विश्वभर स्थायी शान्ति र समृद्धि सम्भव हुँदैन ।

`धर्म-नीतिलाई प्रभावकारी र सन्तुलित बनाउन दैविक ऊर्जा अनिवार्य हुन्छ । दैविक उर्जाकै बलको प्रयोगले नेपाल एकिकरण भयो । अंङ्ग्रेजहरुलाई परास्त गर्दै देवभुमी नेपाल कसैको अधिनमा बस्नु परेन´, गोरखाको शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरणले भने, `आज पनि पुनः नेपालले आफ्नो राष्ट्रको सनातन धर्मको मर्म र त्यो गौरवशाली ईतिहास जोगाउने समय नजिक आउँदैछ । यसका निम्ती हाम्रो केन्द्रले निरन्तर काम गरिरहनेछ ।´

अहिले केन्द्रको उदेश्य सुन्दा अनौठो र अप्रत्याशित लागेपनि निकट भविष्यमा यसको प्रभाव पुष्टि हुने पीठाधीश अच्युतकृष्ण शरण बताउँछन् ।

गोरखामा पीठको निर्माण सम्पन्न भएपछि यहाँ सतगुरु गोरक्षनाथ बाबा, माँ गोरखकाली लगायत विभिन्न             देवी-देवताहरूको मूर्ति स्थापना गरिनेछ । जसले यस स्थानलाई शक्तिशाली साधना, श्रद्धा र आध्यात्मिक अनुभूतिको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

नमुना गुरुकुल निर्माण : कर्मकाण्डभन्दा माथि धर्म नीति

राजशक्ति पीठ निर्माण सम्पन्न भए लगत्तै “नमुना गुरुकुल” निर्माणको काम सुरु गर्ने केन्द्रले जनाएको छ । गुरुकुल परम्परागत कर्मकाण्डमा सीमित नरही धर्मलाई जीवन नीति, चेतना र चरित्र निर्माणको आधार का रूपमा स्थापित गर्ने आधुनिक आध्यात्मिक शिक्षाकेन्द्र बनाउने केन्द्रको रणनीति    छ ।

यहाँ विद्यार्थीहरूले वेद, उपनिषद्, योग, ध्यानसँगै नेतृत्व विकास, नैतिक शिक्षा, अनुशासन, सामाजिक उत्तरदायित्व र राष्ट्रचेतनामा आधारित समग्र शिक्षा प्राप्त गर्नेछन् ।
यसको मुख्य लक्ष्य चरित्रवान्, जिम्मेवार र राष्ट्रप्रेमी नागरिक र नेतृत्व उत्पादन गर्नु हो । सुरुमा गोरखाबाट सुरु गर्ने नमुना गुरुकल क्रमश सम्पुर्ण प्रदेश हुँदै नेपालभरका जिल्लामा पुर्याउने केन्द्रको दिर्घकालिन लक्ष्य रहेको उनले बताए ।

गोरखालाई विश्व आध्यात्मिक योग केन्द्र बनाउने योजना

केन्द्रले गोरखालाई पुनः विश्वकै आध्यात्मिक योग केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन योजना पनि बनाएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने गोरखभूमिलाई अन्तर्राष्ट्रिय स्तरको साधना, अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित केन्द्रले काम गरिरहेको छ ।

अभियानअन्तर्गत गोरखामा योग, ध्यान, दर्शन, संस्कृत तथा वेद अध्ययनका लागि अत्याधुनिक तथा परम्परागत ज्ञानलाई समेट्ने गरि गुरुयोजना बनाईएको केन्द्रका संरक्षक अनन्त प्रसादले बताए ।  यसमार्फत विश्वका विभिन्न देशबाट साधक, चिन्तक तथा अनुसन्धानकर्तालाई आकर्षित गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

`नेपाल गोरखभूमि भएको र यही भूमिबाट महान योगी गुरु गोरखनाथ ले योग साधनाको मार्ग विश्वसामु प्रस्तुत गर्नुभएको ऐतिहासिक आधारले पनि गोरखालाई विश्व आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ´,  उनले भने ।

यो योजना सफल भएमा धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय वृद्धि हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने तथा हराउँदै गएको संस्कृत भाषा, गुरुकुल शिक्षा प्रणाली र वैदिक परम्पराको पुनर्जीवन हुने अपेक्षा गरिएको छ।

`यो पहल केवल भौतिक संरचना निर्माणमा सीमित नभई चेतना, संस्कार र मूल्यमा आधारित समाज निर्माणतर्फ उन्मुख हुनेछ। गोरखाबाट सुरु हुने यो अभियानले नेपाललाई आफ्नो मौलिक पहिचान र मार्गतर्फ पुनः उन्मुख गराउने तथा विश्वसमक्ष शान्ति, योग र आत्मज्ञानको सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्य छ´, उनले   भने ।

 

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

काठमाडौं, २७ र्चैत । साहित्यकार संगीतकार महेश्वर पन्तको “सुनको धारो चाँदीको पँधेरो” गीत सार्वजनिक भएको छ । स्रष्टा महेश्वर पन्तले लेख्नुभएको गीतको संगीत संकलक गीतकार स्वयं हुन् भने गीतमा चर्चित लोक गायक खेम सेन्चुरी र समीक्षा अधिकारीले स्वर दिएका छन् ।

यस गीतको भिडियोलाई निर्देशक शिव विकले निर्देशन गरेका हुन् । भिडियोमा मोडलका रुपमा अञ्जलि अधिकारी र प्रभातपल ठकुरी रहेका छन् भने कलाकार साहित्यकार रमेश दाहाल, गीतकार महेश्वर पन्तलाई अतिथिको रुपमा भिडियोमा देख्न सकिन्छ ।

उक्त गीत तथा म्युजिक भिडियो नेपाली लोक संस्कृतिका अग्र पुरुष कालीभक्त पन्तका नाममा स्थापित कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले उत्पादन गरेको हो ।

नेपाली डाँडाँ पाखामा गुन्जने नेपाली लोकभाका गीत संगीतको प्रवर्द्धन तथा उत्थानका लागि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले “आमा सानिमा, फूलको थुँगा खस्यो पानीमा”, ‘सुनको धारो चाँदीको पँधेरो” गीत बजारमा ल्याएको हो ।

प्रस्तुत गीतले नेपाली लोक गीतसंगीतको क्षेत्रमा नयाँ उचाइ थप्ने कुरा म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका सभापति धर्मराज स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले बताए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.ले प्रस्तुत सुनको धारो चाँदीको पँधेरो गीत बजारमा आएका गीतमध्ये उत्कृष्ट लोकगीत भएको कुरा बताए भने यसले लोप हुँदै गएको गाउँघरका रोधी घरलाई ब्युँताउ ने कुरामा विश्वास व्यक्त गरे ।

त्यस्तै भिडियोका अतिथका रुपमा अभिनय गर्ने कलाकार रमेश दाहालले प्रस्तुत गीतले स्रोतालाई नाँचूनाँचू बनाउने उत्कृष्ट लोक गीत रहेको बताए । त्यसैगरी अनेसास सिक्किम च्याप्टरकी सदस्य विष्णुमाया कट्टेलले स्रष्टा महेश्वर पन्तको प्रस्तुत गीत नेपाली लोक गीत संगीतको क्षेत्र नमूनाको रुपमा रहने कुरा बताइन् ।

राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले संचालन गरेको  कार्यक्रममा गीतकार महेश्वर पन्तले म्युजिक भिडियो बजारमा ल्याउनका लागि परोक्ष अपरोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफूले लोकगीत-संगीत तथा साहित्यलाई विश्वव्यापी बनाउनका लागि एक दशकअघि नै कालीभक्त पन्त नेपाली लोक साहित्य अन्र्तष्ट्रिय पुरस्कारको स्थापना गरेको कुरा बताए । त्यस्तै अनेसास, नेपाल च्याप्टरका सदस्य साहितयकार डिआर राई, इन्दिरा ढकाल, हरिबोल ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आज नयाँ दुई मन्त्रीले सपथ खादै

काठमाडौं, २७ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दुई नयाँ मन्त्री नियुक्ती गर्ने भएका छन् ।
नयाँ नियुक्त हुने मन्त्रीहरुमा श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादव रहेका छन् ।

यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए भने बिहिबार मात्रै श्रममन्त्री दिपक साहलाईे पदमुक्त गरि उक्त मन्त्रालय पनि शाहले आफै मातहत राख्दै आएका थिए ।

सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामजी र महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित गौरीलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरि सपथ ग्रहण गराउने तयारी भएको बताईएको छ ।

दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२/०८३ उद्घाटन
भक्तपुर, २६ चैत : वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटनको हवको रुपमा विकास गर्दै आर्थिक रुपमा सबल बनाउन मेला र महोत्सवले टेवा पुग्ने बताउनु भएको छ ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा सल्लाघारीको चौरमा सुरु भएको भक्तपुरमा दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२/०८३ आज साँझ उद्घाटन गर्दै उहाँले भक्तपुरलाई पर्यटनको हवसंगै स्वास्थ्य हव बनाउन आफू लागिरहेको बताउनुभयो ।
भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास गर्न मन्त्रालयले भक्तपुर अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा सुबिधा सम्पन्न बनाएको बताउदै भवन र प्रबिधि मैत्री बनाउन लागिरहेको उहाँले बताउनुभयो ।
सूर्यविनायक नगर अस्पताललाई ट्रमा अस्पतालको रुपमा विकास गर्न लागेको बताउदै उहाँले उपचार नपाएर ज्यान जाने अबस्थाको अब अन्त्य हुने बताउनुभयो । महोत्सवका संयोजक दिपक थापाले महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ रहेको बताउदै यसको लण्डनको अनुभूति गराउने बताउनुभयो ।
भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यले विगत १० वर्षदेखि भक्तपुरमा नयाँ वर्षके अवसरमा आयोजना हुदै आएको महोत्सवमा उपभोक्तालाई एउटै छानोमुनि स्वदेशी तथा विदेशी ब्राण्डाका सामानहरु पाउँने बताउनुभयो ।
औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले १८० भन्दा बढी स्टल रहेको महोत्सवमा दैनिक उपभोग्य सामानहरु, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्री, स्थानीइ घरेलु उत्पादन, औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल, विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यंग्य, राष्ट्रियस्तरका कलाकारहरुको साँगीतिक प्रस्तुती, नृत्यु प्रतियोगितालगायत रहने बताउनुभयो ।
महोत्सव अबिधीभर करिब पाँच लाख उपभोक्ताको आगमन हुने बताउदै उहाँले महोत्सव हेर्न काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रापेछाप, सिन्धुलीलगायतका जिल्लाबाट स्थानियहरु आउने महोत्सवको निर्देशक सुनिल बज्राचार्यले जानकारी दिनुभयो ।