प्रधानमन्त्री देउवाको दूत बनेर एमाले अध्यक्ष ओली भेटन बालकोट पुगे गृह र कानूनमन्त्री

भक्तपुर, ३ असार । देशमा सत्ता पक्ष र प्रतिपक्षको वाक युद्ध चलिरहेकै बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन आज दुई मन्त्री बालकोट स्थित उहाँकै निवासमा पुगेका छन् ।

संसदमा समेत सत्ता पक्ष र प्रतिपक्षबीच बिभिन्न विषयमा जुहारी चलिरहेकै बेलामा एमाले अध्यक्ष ओली भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला साँझ बालकोटस्थित ओली निवासमा पुग्नुो हो ।

बालकोटस्थित ओली निवासमा ४ बजेर १७ मिनेटमा कानून मन्त्री कोइराला पुग्नु भएपछि सुरुमा एमाले अध्यक्ष ओली र मन्त्री कोइरालाबीच भेटवार्ता भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

उहाँहरुको भेटको बीचमा साँझ ५ बजेर १७ मिनेटमा गृहमन्त्री खाँण ओली निवास बालकोट पुग्नु भएको थियो । भेटवार्ता सकेर दुई मन्त्री ओली निवासबाट साँझ ६ बजेर ४५ मिनेटमा बाहिरिनु भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट संसदमा विचाराधीन विधेयकहरूकोबारेमा ओलीसँग छलफल गर्न दुई मन्त्री बालकोट पुग्नु भएको बताइएको छ ।

भेटमा मुख्य गरि संसदमा रहेको नागरिकता विधेयकबारे छलफल भएको बताइएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । नागरिकता विधेयश संसदबाट पारित गर्न एमालेको सहयोग गर्नेबारे छलफल भएको बताइएको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  गुण्डुमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीयवासीले खोजे चुनाबमा मात्रै मुख देखिएको संघीय सांसद खोई................

भक्तपुर, ३ असार । देशमा सत्ता पक्ष र प्रतिपक्षको वाक युद्ध चलिरहेकै बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन आज दुई मन्त्री बालकोट स्थित उहाँकै निवासमा पुगेका छन् ।

संसदमा समेत सत्ता पक्ष र प्रतिपक्षबीच बिभिन्न विषयमा जुहारी चलिरहेकै बेलामा एमाले अध्यक्ष ओली भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला साँझ बालकोटस्थित ओली निवासमा पुग्नुो हो ।

बालकोटस्थित ओली निवासमा ४ बजेर १७ मिनेटमा कानून मन्त्री कोइराला पुग्नु भएपछि सुरुमा एमाले अध्यक्ष ओली र मन्त्री कोइरालाबीच भेटवार्ता भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

उहाँहरुको भेटको बीचमा साँझ ५ बजेर १७ मिनेटमा गृहमन्त्री खाँण ओली निवास बालकोट पुग्नु भएको थियो । भेटवार्ता सकेर दुई मन्त्री ओली निवासबाट साँझ ६ बजेर ४५ मिनेटमा बाहिरिनु भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट संसदमा विचाराधीन विधेयकहरूकोबारेमा ओलीसँग छलफल गर्न दुई मन्त्री बालकोट पुग्नु भएको बताइएको छ ।

भेटमा मुख्य गरि संसदमा रहेको नागरिकता विधेयकबारे छलफल भएको बताइएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । नागरिकता विधेयश संसदबाट पारित गर्न एमालेको सहयोग गर्नेबारे छलफल भएको बताइएको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  प्रतिनिभि सभामा आसन परिवर्तन, प्रतिपक्षमा बस्यो एमाले