वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्राकृतिक स्रोत व्यवस्थापन कलेजको स्थलगत निरीक्षण र अवलोकन : अध्ययनको वातावरण निर्माणमा भएको ढिलाइले विद्यार्थीहरूको शैक्षिक भविष्यमा असर पर्न नहुने - मुख्यमन्त्री थापा

सिन्धुली, ३० असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिन्धुली जिल्लाको मरिण गाउँपालिका–७, कपिलाकोटस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (Agriculture and Forestry University–AFU) अन्तर्गत सञ्चालित प्राकृतिक स्रोत व्यवस्थापन कलेज (College of Natural Resource Management–CNRM)  को स्थलगत निरीक्षण र अवलोकन गर्नु भएको छ ।

उहाँले कलेजको अबस्थाकाबारेमा अन्तरक्रिया समेत गर्नभयो । वि.सं. २०७४ सालमा स्थापना भएको यस कलेजले कृषि क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक कृषि प्रणालीको विकास, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, अनुसन्धान तथा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उहाँले बताउनुभयो ।

त्यस कलेजमा मुख्य रूपमा चारवर्षे, आठ सेमेस्टरको कृषि विज्ञान स्नातक (Bachelor of Science in Agriculture–B.Sc. Ag.) कार्यक्रम सञ्चालन हुँदै आएको बताउदै उहाँले यसअन्तर्गत बाली विज्ञान, बागवानी तथा फलफूल खेती, माटो विज्ञान, कृषि अर्थशास्त्र, बाली संरक्षण तथा रोग व्यवस्थापन, कीट विज्ञान, आनुवंशिकी तथा बाली प्रजनन, पशु विज्ञान, मत्स्यपालन, कृषि प्रविधि, कृषि अनुसन्धान तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनजस्ता महत्वपूर्ण विषयमा सैद्धान्तिक र प्रयोगात्मक शिक्षा प्रदान गरिएको बताउनुभयो ।

देशको कृषि क्षेत्रलाई आत्मनिर्भर, व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउन आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको यस कलेजमा हाल २०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताउदै उहाँले निरीक्षणका क्रममा करिब ८ करोड रुपैयाँको लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको कलेजको नयाँ भवन निर्माण कार्य थप एक वर्ष म्याद थपिँदासमेत सम्पन्न हुन नसकेको पाईएको बताउनुभयो । करिब तीन वर्षअघि सुरु गरिएको निर्माण प्रक्रियाले अझै पूर्णता पाउन नसक्नु चिन्ताजनक भएको बताउदै उहाँले यसको निर्माण छिटो सम्पन्न गर्नु आवश्इक रहेको बताउनुभयो ।

उच्च शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधार, सुविधासम्पन्न कक्षाकोठा, प्रयोगशाला तथा प्रयोगात्मक अध्ययनको वातावरण निर्माणमा भएको ढिलाइले विद्यार्थीहरूको शैक्षिक भविष्यमा असर पर्न नहुने मुख्यमन्त्री थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस  एमाले सचिवालय बैठकमा पार्टी र निर्वाचनको समिक्षा, बैठक भोली पुनः बस्ने

यस विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी अधुरो भवन निर्माण कार्यलाई तत्काल अगाडि बढाउन तथा यथाशीघ्र सम्पन्न गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । विद्यार्थीहरूको उज्ज्वल भविष्य, गुणस्तरीय प्राविधिक शिक्षा र कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि बागमती प्रदेश सरकार आवश्यक सहकार्य र समन्वय गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  लुकेर सुनका गरगहना चोरी गर्ने गिरोहका पक्राउ