जठामंगल पर्व टोलटोलमा घुमाएर मारियो, राक्षसको प्रतिक घण्टाकर्ण

भक्तपुर, १० साउन : प्रत्येक साउन कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाईने घण्टा कर्ण अर्थात गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य र उपत्यकामै पृथक शैलीमा मनाएका छन् ।

नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउदै दोबाटो र चौबाटोमा पुर्याई जलाएर पर्व मनाएको हो ।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा रहेको छ । निगालोको चोयाबाट पूर्ण राक्षर रुपी गठांमंगल बनाई बाहिर कपडाले मोडेर बिभिन्न रंग लगाई राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर बिसर्जन गर्ने परम्परा छ । यस प्रकारको राक्षस रुपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानिय बाबुरत्न द्यौलाले बताउनुभयो ।

भक्तपुरका ईतिहासविद् एवं संस्कृतविद डा. पुरुषोत्तमलोचन श्रेष्ठ सातौ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसंग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मन पराउने राक्षसको रुपमा गठामङ्गल वीर शैव सम्प्रदाय अन्तर्गत रहेको बताउनुभयो ।

उहाँका अनुसार आजको दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने गरिन्छ । आजदेखि रोपाई सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरु हुने दिनका रुपमा पनि मानिने डा. श्रेष्ठले बताउनु हुन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर बैद्य बताउनु हुन्छ ।

भक्तपुरमा यौनसंग पनि यसलाई दाज्ने गरिन्छ । राक्षस रुपी गठामङ्गललाई शरीरको रुप दिएर परालबको लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर अश्लिल गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौदेखि चल्दै आएको उहाँ बताउनु हुन्छ ।

यो पनि पढ्नुहोस  थप ३९१ जनामा सङ्क्रमण पुष्टि

यहाँका बासिन्दाले राँको बालेर भूत भगाउँने भन्दै पुत्लाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याईन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखी नै यो पर्व मनाउँदा अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको उहाँ बताउनु हुन्छ ।

घण्टाकर्णको दाहसंस्कार गरि फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाले घर सेक्ने प्रचलन पनि छ भने घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ ।

आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायतका बिभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैबाट गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरु गरिन्छ ।

शक्तिपिठमा घुईचो

त्यसैगरि भक्तपुरका विभिन्न शक्ति पिठहरुमा आज विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात गठेमंगल पर्वको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो ।

नेवार समुदायले आज बिहानै स्नान गरि शुद्ध भएर घरघरमा लिपपोत गरि विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाई सकिएको पर्वको रुपमा पनि गठेमंगललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा पनि यो पर्व मनाउने प्रचलन रहेको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण