डोलेश्वरमा कला कार्यशाला, १७ कलाकारले बनाए धार्मिक सम्पदाको आकृति

भक्तपुर, १४ साउन : सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध डोलेश्र महादेव मन्दिर परिसरमा साउनको मेला भर्न शनिवारको दिन भक्तजनको ओइरो उत्तिकै थियो ।

त्यहीँ मन्दिर परिसर भित्र छरिएर १७ जना कलाकारहरु भने आफ्नै धुनमा कागजमा चित्र कोर्न व्यकस्त देखिन्थे । बिहान ८ बजे मन्दिर परिसर पुगेको कलाकारहरु दिनभरी नै मन्दिर क्षेत्रमा रहेर यहाँका बिभिन्न कलाकृतिहरु, आकृतिहरु, गतिबिधिहरु ब्रशमा रंग चोप्दै वाटर कलर पेपरमा दुरुस्तै चित्र उतार्न व्यबस्त देखिन्थे ।

राष्ट्रिय ललित कला संघले आज डोलेश्वर मन्दिर परिसरमा आयोजना गरेको चित्रकला कार्यशालामा कलाकारहरु दिनभरीको चित्र कोर्नै व्यस्त रहेको यो दृश्य मन्दिर पुग्नेहरुका लागि नौलो भने पक्कै थियो ।

बिहान कला यात्रासहित सुरु भएको कार्यशालामा दिनभर कलाकारहरुले कला सृजना गरेर अन्तमा सृजनाको प्रस्तुती एवं छलफल गरेर सम्पन्न गरिएको राष्ट्रिय ललितकला संघका अध्यक्ष एवं कार्यशालाका संयोजक दिपेन्द्रमान बनेपालीले जानकारी दिनु भयो ।

ऐतिहासिक, धार्मिक एवं पुरातात्विक सम्पदा क्षेत्रको प्रचार प्रसार गर्ने, त्यहाँको बिकासमा टेवा पुर्याउने र त्यस्ता क्षेत्रको पहिचानको प्रबर्दन गर्दै पर्यटनको विकास गर्ने अभियानका साथ सञ्चालन भएको कला कार्यशाला डोलेश्वरमा आयोजना गरिएको उहाँले जानकारी दिनु भयो ।

कार्यशालामा कलाकारहरु बनेपाली, एन.बि. गुरुङ्, चन्द्रा श्रेष्ठ, कान्छाकाजी भासिमा, विपना महर्जन, रुविना बाँडे, राजेन्द्र याकामी, गौरी कोजू, रुपा श्रेष्ठ, अर्जुन न्यौपाने, सौगात याकामी, मनरा प्रजापति, रमिला महर्जन, लिओन बादे, ल्यूजिना बादे, लिआ वादे, बिज्ञन राईसहितको १७ जना कलाकारले यहाँको कलालाई आफ्नो ब्रश मार्फत वाटर कलर पेपरमा उतारेका थिए ।

अन्तमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, वडा नं. ८ का पूर्ववडाध्यक्ष एवं डोलेश्वर महादेव मन्दिर संरक्षण समितिका पर्व वरिष्ट उपाध्यक्ष किरण थापा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले कलाकारहरुको कलाकृतिले धार्मिक पर्यटनको विकासमा टेवा पुगेको भन्दै कलाकारहरुलाई सम्मान गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस  अध्यक्ष ली झान्शुले भदौ २७ गतेदेखि नेपालको भ्रमण गर्नुहुने

External comments notice: You may need to sign in to the external service to view or post comments.