नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला

बैतडी, १९ साउन : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो । उक्त प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

सहभागी हुन चाहने खेलाडीले उक्त प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ को अनुसूची १ बमोजिम दर्ता फारम भर्नुपर्नेे छ । फारम भरेर यही साउन २९ गतेभित्र जिल्ला खेलकुद समितिमा दर्ता गराउनुपर्नेछ । उक्त प्रतियोगिताका लागि विभिन्न १२ खेलमा खेलाडी छनोट गरिनेछ ।

जसमा भलिबल, क्रिक्रेट, कवड्डी, एथ्लेटिक्स, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र फुटबल रहेका छन् । जिल्लास्तरीय छनोट प्रतियोगिता आगामी भदौमा हुने जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  नगर प्रमुख वासुदेव थापाद्धारा सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा,

बैतडी, १९ साउन : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो । उक्त प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

सहभागी हुन चाहने खेलाडीले उक्त प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ को अनुसूची १ बमोजिम दर्ता फारम भर्नुपर्नेे छ । फारम भरेर यही साउन २९ गतेभित्र जिल्ला खेलकुद समितिमा दर्ता गराउनुपर्नेछ । उक्त प्रतियोगिताका लागि विभिन्न १२ खेलमा खेलाडी छनोट गरिनेछ ।

जसमा भलिबल, क्रिक्रेट, कवड्डी, एथ्लेटिक्स, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र फुटबल रहेका छन् । जिल्लास्तरीय छनोट प्रतियोगिता आगामी भदौमा हुने जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  यातायात कार्यालय भक्तपुरद्धारा दुई लाख ३८ हजार सवारी अनुमति पत्र आएकोमा ९० हजार सवारी चालक अनुमति पत्र बितरण