मनोहरा खोला पसे पछि सुकुम्वासी बस्तीको बिजोग

भक्तपुर, २५ साउन : गएराती परेको अविरल बर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छभने जिल्लाका बिभिन्न क्षेत्रमा पशु चौपायाहरु बगाएर क्षति पुर्याएको छ ।

मध्यराती १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको ८८० घरमध्ये करिब ८०० घर डुबानमा परेको रातीदेखिनै उद्धारमा खटिनु भएका वाग्मति प्रदेश खेलकुद विकास परिषदका सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विसका समितिका पूर्व अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “राती १२ बजे वाग्मति प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले सुकुम्वासी बस्ती डुबानमा परेको जानकारी दिए पछि उहाँ सहित हाम्रो टोली रातीदेखिनै बस्तीमा पसेर उद्धारमा खटियौ, दुईवटा डोजर ल्याएर पर्खाल भत्काएर पानी बाहिर पठाउने र बस्तीको बासिन्दाको बिहानसम्म हामी उद्धारमै खटिएका छौ ।”

चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका कासिछ्वाले मध्यराती बस्तीमा ज्यान जोगाउन भागाभाग मच्चिएको बताउदै कोही अरनिको राजमार्गको सडकमा आइपुगेका र कोही घरको छतमा बसिरहेको पाइएको बताउनु भयो । राती नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको उहाँले जानकारी दिनु भयो ।

सुकुम्वासी बस्ती डुबानमा पर्दा घर भित्रका लत्ता कपडा, खाद्यान्न र अन्य सामानहरु नष्ट भएको, यहाँका कुखुरा र बंगुरहरु बगाएको तथा अहिले बिहान खानेकुरा समेत नभएकाले राहतको व्यबस्था गर्नु जरुरी रहेको उहाँले बताउनु भयो । बस्ती भित्रका बालबालिका र जेष्ठ नागरिक बढी मारमा परेको बताउदै उहाँले भन्नुभयो, “यहाँको अबस्था बिजोग छ, पानी पर्ने बित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नु पर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनु पर्ने अत्यावश्यक देखियो ।”

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजू पाण्डेले मध्यपुरथिमि नगरपालिका वडा नं. १ र २ का मनहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन कार्य भइरहेको बताउनु भयो । उहाँले बस्तीमा लत्ता कपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपायाहरु बगाएको तर मानवीय क्षति भने नभएको बताउनु भयो ।

यो पनि पढ्नुहोस  भक्तपुरका मसाज सेन्टरबाट ६४ जना र अन्य गरि ७९ जना पक्राउ

उहाँले मनोहरा नदी किनारामा दिब्यश्वरी प्लानिङमा बस्ने अम्मर लामाको बंगुर फर्मबाट प्रहरीले ५०० वटा हाँ, २०० वटा बंगुर र २ वटा गाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको जानकारी दिनु भयो । त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० वटा घर टहरामा पानी पसेको जानकारी दिनु भयो ।

सानोठिमी तर्फको मनोहरा नदी किनारमा सिन्धुली कमलामाई नगरपालिका–७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङ स्थित टहरामा बस्ने पेमा तामाङको टहरामा रहेको २६ बोरा चामलमा क्षति भएको गिरीराज कुखुराको ४५ वटा चल्ला बगाएको जानकारी दिनु भयो । सुकुम्पासी बस्तीको क्षतिको बिवरण संकलन कार्य प्रहरीले गरिरहेको उहाँले बताउनु भयो ।

यता चाँगुनारायण नगरपालिका –४ मा मनोहरा खोला निलोपुल नजिक सुनसरी घरभई सोही स्थानमाा बंगुर फर्म सञ्चालन गरेका हरि राईको बंगुर फर्मबाट चार वटा बंगुर बगाएको प्रनाउ पाण्डेले जानकारी दिनु भयो । चांगुनारायण–१ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको र एक टहरामा बस्ने चार जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको उहाँले जानकारी दिनु भयो । बाढी र पहिरोको जोखिम बढेकोले सचेत रहनु उहाँले आग्रह गर्नु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  सूर्यविनायकको हाट बजार : स्थानीय उत्पादनदेखि परिकारसम्म एसईई सम्मानदेखि सांगीतिक कार्यक्रमसम्ममा भीड