निर्वाचन सकिएको चार महिनासम्म पनि स्थानीय जनप्रतिनिधीको अनुभूति जनताले गर्न पाएनन् : एमाले युुवा नेता महेब बस्नेत

भक्तपुर, ८ भदौ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य, भक्तपुर क्षेत्र नं. २ का युवा नेता, प्रतिनिधी सभाको सांसद एवं पूर्व मन्त्री महेश बस्नेत निर्वाचन सकिएको चार महिनासम्म पनि स्थानीय जनप्रतिनिधीको अनुभूति जनताले गर्न नपाएको बताउनु भएको छ ।

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज भक्तपुर र काठमाडौंको सिमानामा रहेको मनोहरा खोलाको पुलबाट सुरु गरि भक्तपुरको गठ्ठाघरसम्मको अरनिको राजमार्गको सफाई अभियानको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

युवा संघका इन्चार्ज समेत रहनु भएका सांसद महेश बस्नेतले स्थानीय तहको निर्वाचन भएको चार महिना बितिसक्दा पनि स्थानीय तहका जनप्रतिनिधिहरु सुतेर बसेका छन् कि के गरेर बसेका छन् भन्ने अनुभूति जनताले गर्न नपाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचन सकिएको चार महिना भइसक्यो तर हामीले त्यो अनुभूति गरेका छैनौ, शहरमा फोहोरको थुप्रो देख्दा, काठमाडौंको फोहोरको बिजोक भएको अबस्थालाई ध्यानमा दिएर युवा संघले दबाब मूलक फोहोर उठाउने काम सुरु गर्यो र त्यसको आज १० औ दिन पार गरेको छ ।”

तीजको अवसर भएकाले सफाई अभियानमा महिलाको सहभागिता बढी गराएको भन्दै उहाँले सडकमा यातायातका साधनलाई कुनै समस्या नपर्ने गरि दुबै तर्फको सडकमा सफाई गर्न चार वटा समूह भएर लाग्न निर्देशन दिनु भएको थियो ।

उहाँले सफाई अभियान फोटो खिचेर फेसबुकमा राख्नका लागि मात्रै हाइन भन्दै साच्चिकै सफाई गर्ने उदेश्यले आयोजना भएकाले त्यही अनुरुप सडक सफाई गर्न सहभागि सबैलाई निर्देशन दिनु भएको थियो । सफाई अभियानमा १० टन फोहोर संकलन भएको थियो । अभियान गठ्ठाघरमा पुगेर तीज बिशेष कार्यक्रममा परिणत भएको थियो ।

जडीवुटी पुलबाट गठ्ठाघरसम्मको अरनीको राजमार्गमा सरसफार्ई तीज विशेष कार्यक्रम गरेको थियो । सफाई अभियानमासंकलित फोहोरलाई नेप्सेम्याक, फुलवारीलगायतका संस्थाहरुले व्यवस्थापन गरेका थिए ।

यो पनि पढ्नुहोस  नेमकिपाका प्रेम सुवाललाई पाँच हजार २८९ मतान्तरले पछाडि पार्दै विजयी भए रास्वपाका रुकेश रंजित, भक्तपुरमा रचेँ पहिलो ईतिहास

संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा युवा संघकधा पदाधिकारीहरु, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायत एमालेका बिभिन्न भातृसंगठाका पदाधिकारी, एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

काठमाडौं उपत्यका फोहोरको डंगुरले सरकारलाई गिज्याई रहेको थियो । फोहोर उठाउन सरकारले चासो दिएर समस्या मसाधानमा नलागे पछि युवा संघले सुरु गरेको फोहोर उठाउन सफाई अभियानको आज १० औँ दिन भक्तपुरमा सफाई अभियान सञ्चालन गरेको हो ।
यही सहरमा थुप्रिएको फोहोरले गठबन्धन सरकारलाई गिज्याए पनि खासै असर परेन । बरु प्रमुख प्रतिपक्ष दल एमालेलाई फोहोरको डंगुरले असह्य बनायो ।  त्यसपछि देशको राजनीतिलाई सफाई गर्न लागिपरेका एमालेका युवाहरुले राजधानीको फोहोर पनि सफाई गर्ने अभियान सुरु गरे । बानेश्वरबाट सुरु भएको त्यो अभियान आज भक्तपुरमा सम्म आइपुगेको छ ।

जब जब देशमा संकट आएँछ, जबदेशमा विपत्ति आउँछ, जब जब देशमा परिवर्तनको आवश्यकता पर्छ तब तब देशका युवाहरु एक भएर अगाडि बढ्छन् भन्ने यथाथएता देख्दै र भोग्दै आएको हो । अहिले फोहोर थप्रिएर राधधानीवासीलाई कठिन भइरहदा सत्ताधारी दल र तिनका नेता कार्यकर्ताहरु सेल्फी खिच्न तल्लिन रहदाँ एमालेको युवा जमातको रुपमा रहेको राष्ट्रिय युवा संघ नेपालले राजधानीको फोहोर सफाई अभियान सुरु गरेको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने