मानव बेचविखनका अभियुक्तलाई मकाउबाट झिकाइयो, ब्युरोबाट अनुसन्धान हुँदै

काठमाडौँ, १४ भदौ  : इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका–१ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा नेपाल ल्याइएको हो ।

आज नेपाल भिकाइएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीको इन्टरपोल शाखाको टोलीले नियन्त्रणमा लिई थप कारबाहीका लागि ब्युरोमा पठाएको छ । अधिकारीले सुरुमा मासिक रु एक लाख ५० हजार तलब हुने गरी क्यानेडाली कम्पनीमा रोजगारी मिलाइदिने बहानामा पीडितको २५/२५ सय डलर र पासपोर्टसमेत लिएका खुलेको छ ।

त्यसपछि उनले संयुक्त अरब इमिरेट्समा राखेकोमा त्यहाँबाट लिबिया हुँदै इटाली लाने भनी पुनः रु तीन लाख आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाई पीडितलाई लिबियाको शरणार्थी क्याम्पमा पु¥याएका थिए । क्याम्पमै रहेको अवस्थामा लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितलाई नेपाल फिर्ता ल्याइएको थियो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  वर्तमान् सरकार जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको हो : मुख्यमन्त्री किरण थापा मगर

काठमाडौँ, १४ भदौ  : इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका–१ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा नेपाल ल्याइएको हो ।

आज नेपाल भिकाइएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीको इन्टरपोल शाखाको टोलीले नियन्त्रणमा लिई थप कारबाहीका लागि ब्युरोमा पठाएको छ । अधिकारीले सुरुमा मासिक रु एक लाख ५० हजार तलब हुने गरी क्यानेडाली कम्पनीमा रोजगारी मिलाइदिने बहानामा पीडितको २५/२५ सय डलर र पासपोर्टसमेत लिएका खुलेको छ ।

त्यसपछि उनले संयुक्त अरब इमिरेट्समा राखेकोमा त्यहाँबाट लिबिया हुँदै इटाली लाने भनी पुनः रु तीन लाख आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाई पीडितलाई लिबियाको शरणार्थी क्याम्पमा पु¥याएका थिए । क्याम्पमै रहेको अवस्थामा लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितलाई नेपाल फिर्ता ल्याइएको थियो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  आफूलाई लोकतान्त्रिक भन्ने नेपाली कांग्रेस प्रदेशसभा बैठकमा अनुपस्थित हुनु दुर्भाग्य : नेता शालिकराम जम्कट्टेल