चाँगुनारायण उज्यालो अभियान सफल पार्न प्राधिकरणका प्रमुख घिसिङसँग नगर प्रमुख खत्रीको भेट

भक्तपुर, २६ भदौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उज्यालो चाँगुनारायण अभियानमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

आज प्राधिकरणका प्रमुख घिसिङ र नगर प्रमुख खत्रीबीच भएको भेटवार्तामा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकालाई नमूना र उत्कृष्ट बनाउने योजना रहेको भन्दै नगर भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरु जाने सडकहरुमा बत्तिको व्यबस्था गरि नगरपालिकाको अभियानलाई सघाउन आग्रह गर्नु भएको हो ।

उहाँले सडकमा जथाभावी लत्रिएका र अब्यवस्थित तारहरुले दुर्घटना निम्त्याई रहेको भन्दै त्यस्ता तारलाई ब्यबस्थित गर्न र तारलाई जमिनमुनि राख्ने अर्थात अण्डरग्राउण्ड गर्ने कार्य अगाडि बढाउन माग गर्नु भयो ।

नगर प्रमुख खत्रीले नगरपालिकाले आगामी २०८२ सालमा पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको भन्दै त्यसलाई सफल बनाउन पनि बिद्युत सम्बन्धी सबै व्यबस्थापनमा सहयोग गरिदिन आग्रह गर्नु भएको हो ।

भेटमा प्राधिकरणका प्रमुख घिसिङले नगर प्रमुख खत्रीलाई नगरपालिकाको अभियानलाई आवश्यक सहयोग र तारको व्यबस्थापनका लागि निर्देशन दिने बताउनु भएको प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिनु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  सात राजदूतको सपथ

यो पनि पढ्नुहोस  देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजनाले मनोमानीपूर्ण ढंगले जग्गा बाँडफाँट गरेको भन्दै आयोजनाको कार्यालय घेराउ