भक्तपुरमा राष्ट्रको लागि दुई घण्टे अभियान सञ्चालन

भक्तपुर, ४ चैत : भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उदेश्यले हनुमन्ते सफाई अभियानले राष्ट्रको लागि दुई घण्टे अभियान सुरु गरेको छ । अभियान हरेक शनिवार सञ्चालन हुने भएको छ ।

अभियान अन्तर्गत आज अरनिको राजमार्ग खण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली क्षेत्रको सडक सरसफाइ गरेको हनुमन्ते सफाई अभियानका अभियन्ता नरेश रञ्जितले जानकारी दिनुभयो । अभियानका प्रमुख सल्लाकार पुर्व उधोग मन्त्री महेश बस्नेत, मध्यपुरथिमि नगरपालिका–१ का वडा अध्यक्ष बाबुकाजी डंगोल, बागमती सफाई अभियानका डा.राजु अधिकारीलगायतको सहभागितामा सफाई गरिएको हो ।

अभियानमा नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, स्वच्छ वातावरण सञ्जाल, पातञ्जल योग समिति, वेभ ग्रेप नेपाल, दक्षिणकाली सहकारी, आस्था महिला विद्यालय, गैरसरकारी संस्था महासंघलगायत विभिन्न संघसस्था र व्यक्तित्वहरुको सहभागिता रहेको थियो । आगामी हस्ताको शनिवार कौशलटार चोकमा सरसफाई गरिने अभियन्ता रंजितले बताउनुभयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  भक्तपुरमा पहिलो शनिवार भक्तपुर वाइल्ड फायर नाइट हुदै

यो पनि पढ्नुहोस  भक्तपुर उद्योग वाणिज्य संघका महासचिवबाहेक सबै पद सर्वसम्मत चयन, महासचिवमा प्रजापति र रंजितको भिडन्त