विश्व पर्यटनको आकर्षण बनाउन ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ
भक्तपुर, २८ चैत ः आन्तरिक र बाह्य पर्यटकको आगमनको केन्द्र बनाउने मुख्य उदेश्यले मध्यपुरथिमि नगरपालिकाले आजबाट ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ ।
बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको आज वागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आज उद्घाटन गर्नुभयो । प्रत्येकवर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लाई लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रमहरूका साथ गन्तव्य मध्यपुरको शुभारम्भ गरिएको हो ।
मध्यपुरथिमिका ऐतिहासिक, साँस्कृतिक तथा परम्परागत सम्पदा देखाएर स्थानीय जात्रा, परम्परागत बाजागाजा, स्थानीय संस्कृति, हस्तकला तथा मौलिक परिकारको प्रवद्र्धन गर्दै पयएटकलाई आकर्षित गरि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने मुख्य लक्ष्यसहित गन्तव्य मध्यपुर आयोजना गरिएको हो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले वागमपति प्रदेशले यहाँको मौीलक कला, संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गर्ने कार्यक्रमहरु ल्याएको बताउदै पहिलो पटक मध्यपुरथिमिको जिब्रो छेड्ने जात्रालाई वार्षिक रु दुई लाखको दरले रकम विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख विजय श्रेष्ठले मध्यपुरथिमि नगरलाई पर्यटकीय हवको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो । नगरपालिकाले आयोजना गरेको मध्यपुर महात्सवले थिमि घुम्ने आन्तरिक तथा बाह्यक पर्यटकको आगमन बढेको बताउदै गन्तव्य मध्यपुरले पनि भक्तपुर आउने पर्यटकलाई एकदिन मध्यपुर घुम्ने गरि पर्यटनको विकास गर्न सफल हुने बताउनुभयो ।
उहाँले नगरपालिकाले मध्यपुरथिमिको बोडे, नगदेश र आदर्शको लायकूमा दरबार निर्माण सम्पन्न हुने क्रम रहेको बताउदै यहाँको पुराना बस्तीलाई साँस्कृतिक शहर, राधेराधेलाई आधुनिक शहरको व्यापारिक हव, सानोथिमीलाई रेष्टुराको हव, निलबाराहीलाई पिकनिकको हव र होमस्टेसम्मको अबधारण बनाएर नगरपालिकाले ५० लाखको बजेट विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले संस्कृति, परम्परा जोगाउदै नगरपालिकाले शिक्षा र स्वास्थ्यमासमेत जनमैत्री काम गरेको बताउनुभयो ।
दुईदिने घरेलु मेलादेखि धिमे बाजा प्रतियागिता सुरु :
नगरपालिकाले आजबाट शंखधरचोक थिमिमा स्थानीय उत्पादन तथा हस्तकला प्रवद्र्धन तथा विक्री केन्द्रको उदघाटन गरि सञ्चालनमा ल्याएको छ । यहाँ स्थानीय हस्तकला, काष्ठकला, धातुकला, लत्ताकपडा र स्थानीय उत्पादनको व्यापारिक केन्द्र बनाउन सातवटा स्टल सञ्चालनमा ल्याएको छ ।
त्यसैगरि आजै निगु पुखु अर्थात ऐतिहासिक दुई पोखरीमा खुल्ला धिमेबाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताको मन्त्री श्रेष्ठले उद्घाटन गर्नुभयो । भक्तपुर, काठमाडौं, ललितपुर, किर्तिपुर र काभ्रेपलाञ्चोकका ३७ वटा धिमे समूहको प्रतियोगितामा सहभागिता रहेको नगरपालिकाका नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । अभियान अन्तर्गत आजै दुई पोखरीमा दुई दिने स्थानीय रैथाने घरेलु उत्पादन मेला आयोजना गरेको छ । मेलामा २८ वटा स्टलमा घरेलु उत्पादन, स्थानीय परिकारका प्रर्दशनी गरिएको छ ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
