भक्तपुर जिल्ला सूर्यविनायक चेस प्रतियोगिता–२०८३ सूर्यविनायकमा सुरु , ६६ जना खेलाडीहरूबीच प्रतिस्पर्धा
भक्तपुर, १६ जेठ : भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता–२०८३ आजदेखि सूर्यविनायकमा सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना एवं सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा सुरु भएको प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास महाशाखाका संयोजक रविन्द्र सापकोटाले उद्घाटन गर्नुभयो ।

नगरपालिकाले स्थानीय तहबाटै खेलकुदलाई प्रोत्साहन गर्ने र दीर्घकालीन रूपमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्र्ने गरि वार्षिक कार्यक्रम नै तयार पारी प्रत्येक महिनामा एक वटा खेल प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । उहाँले ग्रासरुढ फुटबल प्रशिक्षणदेखि बिभिन्न खेल प्रतियोसगताहरु आयोजना गरेर नगरपालिकाले खेलकुदको बिकास र खेलाडीलाई प्रोत्साहन दिएको बताउदै उहाँले बुद्धिचालले मानसिक र बौद्धिक विकासमा टेवा दिने बताउनुभयो ।

स्थानीयस्तरमा बुद्धिचाल खेलको विकास, प्रतिभा पहिचान र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा समितिका सदस्य–सचिव दीपक थापाले प्रतियोगितामा जिल्लाभरिका ६६ जना खेलाडीहरूबीच प्रतिस्पर्धा रहेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद रु. १५ हजार, दोश्रो हुनेलाई रु. १० हजार, तेश्रो हुनेलाई रु. ५ हजार, चौथो हुनेलाई रु. ३ हजार र पाँचौ हुनेलाई रु. ३ हजार नगद, सहित महिला तथा पुरुष गरि कूल ६७ हजार ५०० रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

सदस्य सचिव थापाले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो ।
कर्यक्रममा कार्यपालिका सदस्य कमला पोखरेल, जिल्ला खेलकुद विकास समिति सदस्य अनन्त वैद्य, नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य निराजन प्रजापति र भक्तपुर जिल्ला चेस संघका अध्यक्ष बद्री दुवाल लगायतको सहभागिता रहेको थियो ।

