प्रधानमन्त्री साहको महादेव खोला खानेपानी बहुउद्देश्यीय परियोजनामा निर्माणमा चासो, सांसदसहित प्रधानमन्त्रीको कार्यालयको टोलीद्धारा अनुगमन
भक्तपुर, २५ भदौ । चाँगुनारायण नगरपालिका वडा नं. ६ र वडा नं.७ को सिमानामा रहेको महादेव खोला खानेपानी बहुउद्देश्यीय परियोजनामा निर्माणका लागि प्रधानमन्त्री बालेन्द्र साहले चासो दिनु भएको छ ।
आज प्रधानमन्त्री कार्ययालयको निर्देशनमा पुर्वाधार विकासमन्त्री सुनिल लम्सालको निजी सचिव राजेन्द्रबहादुर बम, सल्लाकार संजिव बिक्रम राणा, भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद रूकेश रंजित, क्षेत्र नं. २ का सांसद राजिव खत्री, सांसद प्रमिला कुलुजु, खानेपानी विभागका सिनियर डिभिजन इन्जिनिय राजु महतलगायत स्थानीय जनप्रतिनिधिको टोलीले परियोजना क्षेत्रको अनुगमन गरेको छ ।
अनुगमन पछि सांसद रुकेश रजितले उपत्यकामै खानेपानीको अभाव भइरहेको अबस्थामा यस परियोजना पुरा गर्न नेपाल सरकार एवं प्रधानमन्त्रीले नै चासो दिएकाले अब यसको निर्माण सम्पन्न हुन्छ भन्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारको तर्फबाट हामीले पनि विशष् पहल गरिरहेका छौं, यो परियोजना धेरै पटक अध्ययन भएको छ, यसको डिपिआर बनिसकेको छ, तर काम नभएर झुण्डिरहेको अबस्थामा छ, उपत्यकाकै लागि खानेपानीको प्रमुख श्रोत बन्न सक्ने र उपत्यकाको पूर्वी क्षेत्रलाई खानेपानीको श्रोत पूर्ति गर्न सक्ने यो योजना पुरा हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।”
अनुगमन पछि अर्का सांसद राजिब खत्रीले प्रधानमन्त्री कार्यालयमा यस परियोजनााबारेमा छलफल भएर नै आज प्रधानमन्त्री कार्यालयसहितको टोली अनुगमनमा आएको बताउनुभयो । उहाँले यस आयोजना सम्पन्न भयो भने भक्तपुरको दुबै क्षेत्र अर्थात समग्र भक्तपुर नै लाभान्वित हुने भएकाले पहिला नै डिपिआर तयार भएर अडेकिएकोे गाँठो फुकाएर परियोजना सम्पन्न गराउँने बताउनुभयो ।
अर्का सांसद प्रमिला कुलुजुले भक्तपुरमा साताको एक दिन मात्रै पानी आउने गरेको बताउदै अहिलेका सरकारले यो आयोजनालाई सम्पन्न गर्ने बताउनुभयो । खानेपानी विभागका सिनियर डिभिजन इन्जिनिय राजु महतले यस आयोजनाको चार वर्ष अगाडि नै अध्ययन गरेर इआईएको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेर अडकिएको बताउदै मन्त्रायबाट स्वीकृत भएर आए लगत्तै थप काम अगाडि बढाउन सकिने बताउनुभयो ।
उहाँले ४८ मिटरका लामो डयाम, १३ हेक्टरमा पानी सुरक्षित रहने गरि डिपिआर तयार भएको बताउदै यो निर्माण सम्पन्न भएमा प्रति व्यक्ति प्रत्येक दिन १०० लिटरको दरले पानीको खपत गर्दा पनि ४० हजार नागरिकलाई पानी पुग्ने बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष श्यामकृष्ण नायजुले विगतको सरकारले आयोजना निर्माण सुरु गर्ने गरि नगरपालिकाले बहुआयामिक खानेपानीका श्रोत भण्डारण गर्ने गरि डिपिआर गरि  अधिकतम प्रयास गर्दा पनि काम रोकिएको बताउदै अहिलेको स्थिर सरकारले यो परियोजना निर्माण सम्पन्न गरे भक्तपुरका लागि खानेपानीका दीर्घकालिन समस्या समाधान हुने बताउनुभयो ।
सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्यमै भक्तपुरको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन लगायत पूर्वतयारीको कार्य सम्पन्न गरी योजना अगाडि बढाउने घोषणा गरेको थियो  । जलाशय निर्माणका लागि तत्कालिन सरकारले २०७३ सालमै अध्ययन र डिपिआर निर्माणका लागि मात्रै रु एक करोड ३५ लाख बजेट विनियोजन गरेको थियो ।
यो आयोजना सम्पन्न भएमा भक्तपुरका २० हजार घरधुरीका एक लाख जनतालाई दैनिक प्रतिव्यक्ति १०० लिटरका दरले पानी वितरण गर्न सक्ने र आयोजना सम्पन्न भएपछि दैनिक एक करोड लिटर पानी वितरण गर्न सकिने अध्ययनमा उल्लेख छ ।
यस क्षेत्रमा रहेका विभिन्न मूल, वर्षात् र मुहानपोखरीको पानी संकलन गरी शुद्धीकरण गरेर वितरण गर्ने योजना रहेकोे उहाँको भनाइ छ । अध्ययन र डिजाइन प्रतिवेदनमा पहिलो चरणमा काठमाडाँै उपत्यका खानेपानी लिमिटेडले सञ्चालन गरेको मुहानपोखरीकै संरचना प्रयोग र पुनःनिर्माण तथा प्रशोधन केन्द्र, पाइप लाइन र मर्मत गर्ने र पानीपोखरी थप गर्दै लैजाने उल्लेख छ ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0