अन्तर विद्यालय एकल गायन प्रतियोगिता माध्यमिक तहतर्फ ईडेन गार्डेन स्कुलको श्रीजय महत र आधारभूत तहतर्फ ऋतम्भरा पाठशालाकी नितु तामाङ्ग प्रथम
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरु बीच माध्यमिक र आधारभूत तह गरी २ चरणमा सम्पन्न अन्तर विद्यालय एकल गायन प्रतियोगिता माध्यमिक तहतर्फ ईडेन गार्डेन स्कुलको श्रीजय महत र आधारभूत तहतर्फ ऋतम्भरा पाठशालाकी नितु तामाङ्ग प्रथम भएका छन् ।
नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता(२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा रहेको आरक्षण नेसनल स्कुलको आयोजनामा सम्पन्न प्रतियोगितामा माध्यमिक तह तर्फको प्रतिस्पर्धामा द्धितीय मदरल्याण्ड स्कुलकी रोहिणी वस्नेत, तृतीय डेमोस स्कुलकी वर्षा जिम्बा तामाङ र सान्त्वना पाथीभरा एकेडेमीको कृस्तफ थापा मगर विजेता हुन सफल भएका छन्।
त्यसै गरी आधारभूत तहतर्फको प्रतियोगितामा द्धितीय संस्कार गुरूकूलकी विदुशि ढकाल, तृतीय मदरल्याण्ड स्कुलको न्यूरोन लोहोला र सान्त्वना नगरकोट सनराइज स्कुलको दिवस नगरकोटीले पुरस्कार जित्न सफल भएका छन्।
आयोजक विद्यालयकी कार्यकारी निर्देशक शर्मिला खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि चानपा वडा नं ८ का अध्यक्ष एवं नगर प्रवक्ता जनक खत्रीले नेसनल प्याव्सनले यसरी अन्तर विद्यालय प्रतियोगिताहरु गरेकाले विद्यार्थीहरुको प्रतिभा बाहिर आउने बताउनु भयो ।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आयोजक विद्यालय आरक्षण नेसनल स्कुलले संस्थाको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा आभार प्रकट गर्दै विजेता विद्यार्थीहरुलाई बधाई एवं शुभेच्छा प्रदान गर्नु भयो ।
प्रतियोगिताले विद्यालय तहमा विद्यार्थीको गायन प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास विकासमा टेवा पुर्याउनुका साथै कला तथा संगीतप्रतिको रुचिलाई प्रोत्साहन गर्ने उदेश्य रहेको जानकारी कार्यक्रम संयोजक सरोज केसीले दिनु भयो ।
