कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपतिद्वारा पौडेलद्धारा नवदुर्गाको विशेष पुजा तथा प्रसाद ग्रहण
भक्तपुर, ८ कात्तिक : बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरि टीका प्रसाद ग्रहण गर्नुभएको छ ।
प्रथम महिला सविता पौडेलसहित राष्ट्रप्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो ३ बजेर ७ मिनेटमा पुग्नु भएका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पुजा गरि ३ः३० बजे फर्कनु भएको हो ।
राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको संकल्प पूजा गराउनु भएको थियो । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । नवदुर्गाका मूल नाइके ईन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद स्वरुप प्रदान गर्नु भएको नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो उहाँले ग्रहण गर्नु भएको थियो । नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलले दक्षिणा प्रदान गर्नुभयो ।
राष्ट्रपति पौडेललेलाई वागमति प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद रुकेश रंजित, गंगालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोद बहादुर खड्कालगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख लगायत विभिन्न व्यक्तिहरुले स्वागत गर्नु भएको थियो ।
एक लाख नगद सहित सम्मान :
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यबस्थापन संस्थालाई वागमती प्रदेश सरकारको तर्फबाट रु. एक लाख नगद प्रदा गर्नु भयो । सम्मान पत्र राष्ट्रपति पौडेलले समितिलाई हस्तान्तरण गर्नुभयो ।
नवदुर्गा जात्रा सञ्चालनका लागि हरेक वर्ष आर्थिक कठिनाई हुदै आएको अबस्थामा अब प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालय अन्तर्गत एक लाख रुपैयाँ सहित सम्मान गरेको मुख्यमन्त्री थापा मगरले बताउनुभयो । नवदुर्गा जात्रा संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।
२०४५ सालमा भूकम्प आएपछि दैवीप्रकोपको घट्नाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालिन राष्ट्रप्रमुख यो पूजा अर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यबस्थापन समितिका सल्लाहकार नारायणप्रसाद बनमालाले जानकारी दिनुभयो । नवदुर्गा अन्तर्गत ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।
यो पनि पढ्नुहोस  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण