ताप्लेजुङ–तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प, काठमाडौंसहित पूर्वी नेपालमा धक्का महसुस

काठमाडौं । ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमावर्ती क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला आसपास, तिब्बतको सीमाक्षेत्रमा रहेको केन्द्रले जनाएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.६ म्याग्निच्युड मापन गरिएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो।

भूकम्पका कारण आसपासका क्षेत्रमा कम्पन महसुस भए पनि हालसम्म कुनै भौतिक क्षति वा मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। क्षतिको विवरणबारे थप जानकारी आउन बाँकी छ।

यो पनि पढ्नुहोस  सर्वनाम शिक्षालयको यौन दुर्व्यवहार घटना : प्रिन्सिपलसहित दुई शिक्षक पक्राउ
प्रकाशित मितिः