आजको राशिफल मंसिर १०, २०८३ बिहिबार | सम्पूर्ण १२ राशिको विस्तृत भविष्यफल

मेष राशि
मेष राशिका जातकहरूका लागि आजको दिन मिश्रित रहनेछ। स्वास्थ्यमा सानातिना समस्या देखिन सक्छन् त्यसैले खानपानमा विशेष ध्यान दिनुहोस् र अत्यधिक थकानबाट बच्नुहोस्। घरपरिवारप्रति आफ्नो कर्तव्य सम्झेर काम गर्नुभयो भने मन स्वच्छ र शान्त रहनेछ। कार्यक्षेत्रमा अरूको करकाप वा दबाबमा कुनै महत्वपूर्ण निर्णय नगर्नुहोस्। पारिवारिक सहयोग मिल्नेछ र समय तथा कामको तालमेल मिलाउन सके दिन सहज बन्नेछ। प्रयास गर्दा लक्ष्यमा पुग्न सजिलो हुनेछ र प्रतीक्षा गरिएको काम पनि सम्पन्न हुन सक्छ। शुभ रंग खैरो र शुभ अंक २ हो। आज धैर्य राख्नुहोस्।

वृष राशि
वृष राशिका जातकहरूका लागि आज राम्रो दिन रहनेछ। कार्यक्षेत्रमा तपाईंको पराक्रम बढ्नेछ र गरेको कामको प्रशंसा हुनेछ। सन्तानको प्रगति देखेर मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायमा आयस्रोत बढ्ने सम्भावना छ। कतै जाने काम आइलाग्न सक्छ तर समय विचार गरेर आफूलाई प्रस्तुत गर्नुहोस्। किनमेल गर्नुपर्ने अवस्था पनि आउन सक्छ। शुभ रंग सेतो र शुभ अंक ८ रहेको छ। आज मेहनतको फल पाउने दिन हो।

मिथुन राशि
मिथुन राशिका जातकहरूका लागि आज नोकरी वा पेशामा अधिकारी वर्गहरूसँग राम्रो तालमेल बन्नेछ। तपाईंको रचनात्मक र बौद्धिक कुशलताबाट लाभ मिल्नेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर अलिकति चिन्ता रहन सक्छ त्यसैले ध्यान दिनुहोस्। आर्थिक कारोबार सबल रहनेछ। बिहानको समयमा केही हतार हुन सक्छ त्यसैले धैर्य र संयम राखेर काम गर्नुहोस्। विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ। शुभ रंग रातो र शुभ अंक ७ हो। आज बौद्धिक क्षमताको प्रयोग गर्नुहोस्।

कर्कट राशि
कर्कट राशिका जातकहरूका लागि पैतृक सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिने सम्भावना छ। कार्यक्षेत्रमा पिताको सल्लाह लिनु लाभदायक हुनेछ। आर्थिक कारोबारमा भविष्यलाई ध्यान दिएर नयाँ योजना बन्न सक्छ। भौतिक सुख सुविधामा केही धन खर्च हुनेछ। दिनको सुरुवात राम्रो हुनेछ तर ११ बजेपछिको समय अलि अनुकूल नहुन सक्छ। अनाहकमा टाउको दुख्ने अवस्था आउन सक्छ त्यसैले संयम अपनाउनुहोस्। शुभ रंग सुन्तला र शुभ अंक ४ रहेको छ।

यो पनि पढ्नुहोस  आजको राशिफल | २०८३ कार्तिक ११ गते बुधबार | मेषदेखि मीनसम्म विस्तृत राशिफल

सिंह राशि
सिंह राशिका जातकहरूका लागि आज समाजमा मान-प्रतिष्ठामा केही कमी आउन सक्छ। कार्यक्षेत्रमा श्रम अनुसारको फल नमिले पनि वैदेशिक रोजगारबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक कारोबारमा सामान्य लाभ रहनेछ। कामका लागि यात्रा नगर्नु राम्रो हुन्छ। मित्रवर्गसँग भेटघाट हुन सक्छ र कुनै नयाँ कामको जिम्मेवारी आइलाग्न सक्छ। आर्थिक पक्ष सुदृढ रहनेछ। शुभ रंग हल्का निलो र शुभ अंक २ हो। आज संयमित रहनुहोस्।

कन्या राशि
कन्या राशिका विद्यार्थीहरूलाई उच्च शिक्षामा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा वादविवादको स्थिति रहन सक्छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू बन्नेछन् र नोकरी वा पेशामा अधिकारीहरूबाट प्रशंसा पाइनेछ। मनमा भएको तुष हटेर जानेछ र समय अनुकूल बन्दै जाँदा काममा सहजता आउनेछ। मनपर्दो काममा समय दिन पाइनेछ। शुभ रंग पहेँलो र शुभ अंक ४ रहेको छ। आज अवसरहरूको सदुपयोग गर्नुहोस्।

तुला राशि
तुला राशिका जातकहरूका लागि प्रयास गर्दा रोकिएका कामहरू प्रारम्भ हुनेछन्। लामो दूरीको यात्रा गर्दा स्वास्थ्यको विशेष ध्यान राख्नुहोस्। आम्दानी बढ्नाले कार्यक्षेत्रमा उत्साह बढ्नेछ। भाग्यले राम्रो अवसर दिलाउनेछ र सफलताले पछ्याउनेछ। कुनै कुराका लागि योजना बन्न सक्छ। समय विचार गरेर आफूलाई व्यक्त गर्नुहोस्। शुभ रंग हल्का पहेँलो र शुभ अंक २ हो। आज सकारात्मक सोच राख्नुहोस्।

वृश्चिक राशि
वृश्चिक राशिका जातकहरूका लागि कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ। सेयर बजारबाट लाभ प्राप्त हुने सम्भावना छ। नोकरी वा पेशामा लगनशीलताले अधिकारी वर्गलाई प्रभावित पार्न सकिन्छ। टाढिएका मित्रगण नजिक आउँदा प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। मनमनै रिस उठ्न सक्छ तर संयमित भई काममा खटिनुहोस्। शुभ रंग सेतो र शुभ अंक ३ रहेको छ।

धनु राशि
धनु राशिका जातकहरूलाई सामाजिक कार्यक्रममा नेतृत्वको भूमिका निर्वाह गर्नुपर्ला। महत्वाकांक्षी कार्यहरू योजनाबद्ध तरिकाले गर्नुभयो भने सफलता मिल्नेछ। यात्रा सुखमय रहनेछ। व्यवहारले अरूलाई आकर्षित गर्ने समय छ र मेहनत गर्दा राम्रो उपलब्धि हुनेछ। कतै जाने प्रबन्ध मिल्न सक्छ र आर्थिक कामकाजमा संलग्न हुनुपर्ला। शुभ रंग निलो र शुभ अंक ५ हो। आज सक्रिय रहनुहोस्।

यो पनि पढ्नुहोस  २७ कार्तिक २०८३, शुक्रबारको राशिफल | मेष देखि मीन सम्म विस्तृत भविष्यवाणी

मकर राशि
मकर राशिका जातकहरूका लागि कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूको सहयोग मिल्नेछ। विद्यार्थी वर्गलाई पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। समय अनुकूल बन्दै जानेछ र कामहरू क्रमशः सकिँदै जानेछन्। शुभ रंग सेतो र शुभ अंक ३ रहेको छ।

कुम्भ राशि
कुम्भ राशिका जातकहरूले मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्नुहुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। कार्यक्षेत्रमा कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। लेखन तथा अभिव्यक्ति कलामा निखार आउनेछ र बुद्धिको उपयोगले धन आर्जन हुनेछ। बिहानको समयले व्यस्त बनाउनेछ र घरमा कसैको आगमन हुन सक्छ। शुभ रंग रातो र शुभ अंक ५ हो।

मीन राशि
मीन राशिका जातकहरूका लागि व्यापार व्यवसायमा मनग्ये लाभ आर्जन गर्न सकिनेछ। गुमाएको स्थान प्राप्त गर्नाले आफ्नो बर्चस्व बढ्नेछ। आँटेको कार्यसम्पादन गर्न सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ र रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्न सक्छ। काम गर्ने उत्साह बढ्नेछ तर नयाँ काम गर्दा अलमल हुन सक्छ त्यसैले आफ्नै सुझबुझले अघि बढ्नुहोस्। शुभ रंग हरियो र शुभ अंक ४ रहेको छ।

प्रकाशित मितिः