भक्तपुरका मतदाता भन्छन् : ‘हाम्रालाई होइन राम्रालाई भोट’

भक्तपुर, २७ बैशाख : गहुँ भित्रयाउने चटारोमा परेका भक्तपुरका किसान, व्यापारी, महिला, पहिलो पटक मतदान गर्न लागेका युवा युवती ३० गतेको स्थानीय तहको निर्वाचनमा हाम्रालाई नभई राम्रालाई भोट दिने बताउन थालेका छन् । गहुँ काट्दै गरेको खेतमा होस कि, चिया पसलमा, कलेज गएर फर्कदै गरेका विद्यार्थीलाई होस कि, घरमा काम गर्ने महिला, जेष्ठ नागरिक अचेल सबैको उस्तै भावना सुनिन्छ, ‘हाम्रालाई होइन राम्रालाई भोट ।’

सूर्यविनायक नगरपालिका–१ सिरुटारकी १९ वर्षीया सम्झना खड्का पहिलो पटक मतदान गर्ने प्रतिक्षामा हुनुहुन्छ । उहाँ उत्साहित हुदै भन्नुहुन्छ, “म त पहिलो पटक मतदान गर्न लागेकी हुँ, आफ्नो गाउँको बिकास गर्न सक्ने, क्षमतावान र पुरा गर्न सक्ने विकासको योजना ल्याउने, युवा वर्गको हित गर्ने उम्मेदवारलाई भोट हाल्ने छु । मेरो पहिलो मत खेर नजाओस्, झूटा आश्वासन दिने आफन्त दिने हाम्रानै भए पनि काम गर्न सक्ने राम्रालाई भोट दिन्छु ।”

कसलाई भोट दिने भनेर परिवारमा छलफल हुने गरेको भन्दै उहाँले परिवारलाई पनि राम्रो काम गर्न सक्नेलाई भोट दिन सुझाब दिएको बताउदै भोटको सवालमा कसैले दबाब नदिएको बताउनु हुन्छ । सूर्यविनायक–४ दधिकोटकी पूजा न्यौपाने कतिपय दलले चित्तै नबुझ्ने र जनतासँग नभिजेका मानिसलाई उम्मेदवार बनाएको भन्दै गाउँका उम्मेदवार कसले गाउँको बिसका गर्न सक्छ भन्ने सही आँकलन गरेर राम्रा नेतालाई भोट दिने बताउनु हुन्छ ।

आफ्नो नगरमा आफ्नो वडामा को र कस्तो व्यक्ति कुन दल वा स्वतन्त्रबाट उठेका छन्, अधिकांशलाई चिन्ने भएकाले मतदान गर्न समस्या नहुने मतदाताहरुको भनाइ छ । विगत पाँच वर्षमा जितेर जाने पार्टीले गरेको बिकासलाई पनि मूल्यांकन गर्ने बताउनु हुन्छ सूर्यविनायक–५ कि अनिता पाण्डे ।

उहाँले भन्नुभयो, “मतदातालाई यस पटक मत दिन सजिलो छ, विगतमा जितेर जाने नेताले कति बिकास गरे, बिकासका सवालमा हार्ने दलहरुले पहल गरे कि गरेनन्, भ्रष्टाचार भयो कि भएन, सडक, खानेपानी, ढल टोल टोलमा पुग्यो कि पुगेन, चुनाब पछि जितेका र हारेका पार्टीका नेताहरु आफ्नो गाउँमा आए कि आएनन्, जनताको सुख दुखमा नेताहरु साथ दिन आए कि आएनन्, कोरोना महामारीमा नेताहरु जनताको समस्या समाधान गरे कि गरेनन् यी सबै मूल्यांकन गरेर मतदान गर्ने बिचार गरेको छु ।”

यो पनि पढ्नुहोस  गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्ष

सबै दलका घोषणा पत्रमा आर्दशता कोरिएको भए पनि कति गर्नै नसक्ने योजनाको आश्वासन दिने गरेको पाइएको बताउनु हुन्छ चाँगुनारायण नगरपालिका–९ की ३१ वर्षीया रेणुका बस्नेत । उहाँले भन्नुभयो, “दल धेरै छन्, उम्मेदवार पनि धेरै छन्, तर गाउँको बिकास गर्न सक्ने नेता हामी चुन्न सक्छौँ, हिजोका काम, भोली हुने कामको लेखाजोखा हामी गर्न सक्छौँ, हामी महिलाको हक, अधिकार सुनिश्चित गर्ने र महिलालाई रोजगारसँग जोडेर लैजान सक्ने नेतालाई भोट हाल्ने निधो मैले गरेको छु, म हाम्रालाई भन्दा पनि राम्रालाई भोट हाल्छु ।”

चाँगुनारायण नगरपालिका–७ वागेश्वरीका ७६ वर्षीय रामशरण काफ्लेले जेष्ठ नागरिकको समस्या बुझ्नेलाई भोट हाल्ने बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “हामी बुढाबुढी यसो बिहान बेलुका साथीभाई भेटघाट गर्ने मिलन चौतारी, पाटी पौवा बनाइदिने, बृद्ध भत्ता, पेन्सन घरमै ल्याउने व्यबस्था गरिदिने, भजन किर्तन गर्ने ठाउँ बनाइदिने नेतालाई भोट हाल्न पाए हुन्थ्यो भन्ने लागेको छ ।”

चाँगुनारायण नगरपालिका–६ नगरकोटका सुवास लामा गरिबका लागि शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, युवा बेरोजगारलाई रोजगार दिने, गाउँमै उद्यमी हुने कार्यक्रम ल्याउने, युवाहरुलाई व्यवसायमा प्रोत्साहन दिने, निव्र्याजी ऋणको व्यबस्था गर्ने, भ्रष्टाचार गर्दिन भनेर संकल्प गर्ने नेतालाई भोट दिने बताउनु हुन्छ । चाँगुनारायणमा पर्याप्त कृषि, पर्यटनको सम्भावना रहेकाले त्यसबाट पनि रोजगारीको सृजना गर्न सक्ने मतदाताहरु बताउँछन् ।

स्थानीय तहमा अहिलेसम्म नेमकिपाले एकछत्र राज गर्दै आएको भक्तपुर नगरपालिकाका बासिन्दा गरिब जनताको पक्षमा, किसानको पक्षमा आवाज उठाउने र किसानलाई मलको व्यबस्था गर्न सक्ने नेतालाई भोट दिने बताउछन् । “कृषि प्रधान देश, मल कारखाना छैन, भक्तपुर जिल्लाभरीका किसानले सधै मल अभाव खेप्नु परेको छ, केन्द्रीय सरकारसम्म मल कारखाना नेपालमै खोल्न र किसानलाई मलको सहजै व्यबस्था गर्न सक्ने नेता हामीलाई चाहिएको छ” भन्नुहुन्छ, भक्तपुर नगरपालिका–९ का किसान सानुकान्छा प्रजापति ।

यो पनि पढ्नुहोस  प्रतिनिधि सभामा के के भए आज दिनभर

भक्तपुर नगरपालिका व्यासीका सन्देश सुवाल सानो, सुन्दर सम्पदाको शहर भक्तपुरमा कोर क्षेत्र भन्दा बाहिर पनि बिकासको योजना नेताहरुले बनाउनु पर्ने बताउनु हुन्छ । भक्तपुरको पुरानो बस्ती भन्दा बाहिर पनि भक्तपुर छ, सिंगो भक्तपुर क्षेत्रलाई विभेद रहित रुपमा बिकास गर्ने एजेण्डा बोक्ने नेताको पहिचान गरेर मतदान गर्ने सुवाल बताउनु हुन्छ ।

मध्यपुरथिमिका बासिन्दा सम्पदाको बिकासले मख्ख छन् । यहाँका बासिन्दा सडक, ढल, खानेपानी र नगरपालिकाले प्रवाह गर्ने सेवामा सहजता गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने बताउँछन् । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी शान्ता मैनाली बताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ, “मध्यपुरका सम्पदा बिकास भएर हामी खुसी छौँ, कौशी खेती बढेर पनि खुसी छौँ, तर यहाँको सम्पदा मात्रै होइन, यहाँ रहेको खानेपानी, ढल, भित्री सडक, नयाँ बस्ती बिकासको योजना ल्याएर जनतासँग प्रतक्ष्य रुपमा सधै हुलमिल हुने, चुनाबमा मात्रै नभइ अरु बेलामा पनि जनताको घरदैलोमा समस्या बुझ्न जाने नेतालाई भोट दिने बताउनु हुन्छ । उहाँ हाम्रालाई होइन राम्रालाई रोजौँ भन्ने भावना सबैमा हुनु पर्ने बताउनु हुन्छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

यो पनि पढ्नुहोस  गणेश जन्मोत्सवको अवसरमा मंगलबार सिन्दुर खेल्दै मनाईने सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा