राष्ट्रपतिले सैनिक शासन लागू गरेर भए पनि देश बचाउनु पर्छ : बिजुक्छें

भक्तपुर, १८ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले नागरिकता विधेयक देशघाती भएको रहेको बताउनु भएको छ ।

नेमकिपाको केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले यो विधेयकको कारण देश नै नरहने परिस्थिति आउने हुँदा राष्ट्रपतिले सैनिक शासन लागू गरेर भए पनि देश बचाउनुपर्ने बताउनु भएको हो । उहाँले आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने तर पुँजीवादी सरकारमा भने नजाने बताउनु भयो ।

आगामी निर्वाचनमा पनि नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार संसद्को क्रान्तिकारी उपयोग गर्ने बताउदै उहाँले देशघाती नागरिकता विधेयक, एमसीसी सम्झौता र एसपीपी समझदारीका पक्षधरहरूको आगामी निर्वाचनमा जनताले मत नदिएर हराउनु पर्ने उहाँले धारणा राख्नु भयो ।

शासक दलहरूको अकर्मण्यताको कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा पनि सिद्धान्तहीन गठबन्धन गर्नेहरूविरुद्ध नेमकिपाले सैद्धान्तिक संघर्ष गर्ने बताउनु भयो ।

सत्तामा बस्दै आएका नेपालका कम्युनिस्ट पार्टीहरूले समाजवादबारे भ्रम छरेको टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले समाजवादमा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्कको व्यवस्था, व्यक्तित्व विकासमा समान अवसर, धनी र गरिबको दूरी कम गर्ने, गाउँ र सहरबीचको भेद कम गर्नेजस्ता बन्दोबस्त लागू हुनुपर्नेमा जोड दिनु भयो ।

बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पार्टीको केन्द्रीय परिषद् बैठक आज र भोली १९ चल्ने बताइएको छ । केन्द्रीय परिषद्को बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, जिल्लाका अध्यक्षहरू, जनवर्गीय संगठन तथा पेशागत संगठनका पदाधिकारीहरूको सहभागिता रहेको नेमकिपाले जानकारी दिएको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा तीन लाखको अवलोकन

यो पनि पढ्नुहोस  ट्याङकरले ठक्करबाट स्कुटर चालकको मृत्यु